१ जेष्ठ २०८२, बिहीबार

 

विप्लवका केन्द्रीय सदस्यसहित सिंगो गाउँ नै नेकपा प्रवेश

विप्लव निकट युवा संगठनका केन्द्रीय सदस्य एवम् धौलागिरि इन्चार्ज सुमित घर्तीसहित १ सय ५० जनाभन्दा बढी सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । बागलुङको ढोरपाटन नगरकमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनीहरू नेकपा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेमा देशभक्त जनगणतान्त्रिक मोर्चा गण्डकी प्रदेशका कोषाध्यक्ष एवम् जिल्ला सदस्य गुन्जबहादुर भण्डारी, ढोरपाटन नगरपालिका–३ का निर्वाचित वडाध्यक्ष हेमेन्द्र घर्तीलगयात रहेकाे नेकपा ढोरपाटन कमिटीले जनाएको छ ।

पार्टी प्रवेशीलाई नेकपाकी केन्द्रीय सदस्य बलावती शर्मा, प्रदेश सांसद चन्द्रबहादुर बुढा सागर, नेकपा जिल्ला सचिव ज्ञामनाथ गैरे, ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली, तुलसीराम अर्याल, चन्द्रलाल अर्याललगायतले टीका लगाइदिएका थिए ।

पार्टी प्रवेश गर्नेहरूमा बुर्तिबाङकाे साबिक ४  पुर्कोट गाउँ नै रहेको बताइएको छ ।

सोही क्षेत्रमा मंसिर १४ गते उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चालाई सहयोग गर्ने भनिए पनि त्यसको स्थानीयबाट विरोध हुँदै आएको छ । केही दिनअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई  बागलुङका नेताहरूले भेटेर त्यस ठाउँमा जित्ने उम्मेदवार छान्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung