
बलात्कार प्रयासकाे आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ ।
आजको अन्तिम सुनुवाइपछि जिल्ला अदालत काठमाडौंबाट महरालाई थुनामा राखेर मुद्दा चलाउन आदेश दिएको हो ।
थुनछेक बहस सकिलगत्तै महरालाई डिल्लीबजार कारागार चलान गर्न अदालतले आदेश दिएको छ । आइतबारदेखि महराको पक्षका वकिलहरुले बहस गरेका थिए । सोमबार महराको पक्षमा वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा, सविता भण्डारी बराल, शेरबहादुर केसी र रमनकुमार श्रेष्ठले बहस गरेका थिए ।
महराको पक्षका ६ जना वकिलले बहस गरिसकेपछि सरकारी वकिलले पनि प्रत्युत्तर दिइसकेका थिए । बहस भइरहँदा पीडित भनिएकी रोशनी शाही पनि इजलासमा पुगेकी थिइन् । आफ्ना कुरा राख्न भन्दै इजलासमा प्रवेश गरेकी उनलाई न्यायाधीशले बोल्ने अनुमति भने दिएनन् । अब जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासबाट यो मुद्दामा आदेशको हो ।
महराको पक्षमा करिब ३० जना वकिलले वकालतनामा पेश गरेकोमा आइतबार र सोमबार ६ जना वकिलले बहस गरेका थिए। महराको पक्षका ६ जना वकिलले बहस गरिसकेपछि सरकारी वकिलले पनि प्रत्युत्तर दिएपछि आदेश आएको हो।
सोमबार बहस भइरहँदा पीडित भनिएकी रोशनी शाही पनि इजलासमा पुगेकी थिइन्। आफ्ना कुरा राख्न भन्दै इजलासमा प्रवेश गरेकी उनलाई न्यायाधीशले बोल्ने अनुमति भने दिएनन्। महराविरुद्ध बलात्कार आरोप लगाएर प्रहरीमा जाहेरी दिएकी रोशनी शाहीले अदालतमा भने कुरा फेरेकी थिइन्।
उनले आफूमाथि महराले बलात्कार प्रयास नगरेको तर्क गरेकी थिइन्। गत असोज १२ गते रोशनीलाई बलात्कार प्रयासको आरोपमा महरा असोज १९ गते सभामुख निवास बालुवाटारबाट पक्राउ परेका थिए ।