त्रिभुवन विश्वविद्यालयले विभिन्न पदमा विज्ञापन खुलाएको छ ।त्रिभुवन विश्वविद्यालय सेवा आयोगले खुल्ला तथा समावेदी प्रतियोगिताबाट स्थायी पदपूर्तिका लागि ७ सयभन्दा बढी पदमा आइतबार विज्ञापन प्रकाशित गरेको छ
उपप्रशासक ,शाखा अधिकृत ,स्टाफ नर्स ,लेखा अधिकृतदेखि बुक बाइन्डरको पदमा विज्ञापन गरेको छ ।७७ जना स्टाफ नर्स , ५१ जना कार्यालय सहायक, ४३ जना मुख्य कार्यालय सहायक, ४० जना शाखा अधिकृत, २६ जना पुस्तकालय अधिकृत, २१ जना मुख्य लेखा सहायक र १५ जना लेखा अधिकृत पदमा विज्ञापन प्रकाशित भएको हो ।













































































































































































































