धवलागिरि बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा युक्तप्रसाद शाक्य चयन भएका छन् ।संस्थाको बीसौं साधारण सभाले अध्यक्ष शाक्यसहित ९ सदस्य कार्यसमितिमा चयन गरेको हो । जसको उपाध्यक्षमा आनन्द प्रकाश श्रेष्ठ, सचिव विमलबहादुर श्रेष्ठ कोषाध्यक्ष अनन्तबहादुर छन्त्याल सदस्य भरतकुमार शाक्य, शोभा शाक्य, बिजया लक्ष्मी राजभण्डारी, अम्बिका गौतम, बसन्त किशोर श्रेष्ठ रहेका छन् ।
यसैगरी सर्जला नेमकूल राजभण्डारी संयोजकत्वमा तीन सदस्य लेखासमिति चयन गरिएको छ । जस्को सदस्यमा प्रेमेन्द्र श्रेष्ठ र आशिष श्रेष्ठ रहेका छन् ।बागलुङ जन्मघर भइ काठमाडौंमा बसोबास गर्दै अाएका बागलुङबासी मिलेर स्थापना गरेको सहकारी मूलतः बागलुङवासीहरुकै लगानीमा सञ्चालित छ ।
संस्थाको बीसौं साधारण सभामा प्रस्तुत कार्यप्रगति प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७५/०७६ मा संस्थाको कुल कारोबार २६ करोड ६९ लाख ४७ हजार रूपैयाँ भएको छ । यसैगरी शेयर पूँजी २ करोड ६७ लाख ६७ हजार पुगेको छ । संस्थाका तत्कालिन अध्यक्ष राधेश्याम कमारोद्वारा प्रस्तुत प्रगति प्रतिवेदनअनुसार निक्षेप तथा बचततर्फ २१ करोड ३७ लाख ७३ हजार रकम पुगेको हाे ।
यसैगरी कर्जा सापटी तर्फ आर्थिक वर्ष २०७५/ ०७६ मा २० करोड ३७ लाख ६६ हजार कायम भएको छ । संस्थाको कुल आम्दानी ३ करोड ८३ लाख ५४ हजार रुपैयाँ रहेकाे छ ।
यसैगरी संस्थाद्वारा सार्वजनिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७५/०७६ सम्मको खर्च २ करोड ६२ हजार ८३ हजार पुगेको संस्थाले जनाएकाे छ ।



















































































































































































































