३ श्रावण २०८३, आईतवार

 

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा श्रेष्ठ

युनाइटेड इन्स्योरेन्स कम्पनी नेपालको अध्यक्षमा उद्योगी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। यसअघि उनी कम्पनीका संस्थापक सेयरधनी थिए। उनी एनई ग्रुपका अध्यक्ष हुन् ।

बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईबाट बिहीबार श्रेष्ठले शपथ र पदभार ग्रहण गरेका हुन् । श्रेष्ठले कम्पनीलाई आधुनिक व्यवस्थापनका साथ माथि लैजाने प्रतिबद्धता जनाएका छन् । उद्योगी श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा पूर्व पर्यटन सहायक मन्त्रीसमेत हुन्  ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung