२१ बैशाख २०८१, शुक्रबार

 

जन्मदिनमा चन्द्रागिरि केबलकार निःशुल्क


अब चन्द्रागिरिमा जन्मदिन मनाउन आउनेलाई चन्द्रागिरि हिल्स लिमिटेडले केबुलकार निःशुल्क चढाउने भएको छ । यो सुविधा आन्तरिक र बाह्य दुवै पर्यटकले पाउनेछन् ।

चन्द्रागिरि भ्रमण गर्ने पर्यटकको जन्मदिन विशेष बनाउने उद्देश्यले यस्तो योजना अघि सारिएको कम्पनीले जनाएको छ । यो योजनाअन्तर्गतको सेवा लिन चाहने पर्यटकले आफ्नो जन्मदिन खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनुपर्नेछ ।

कम्पनीले चन्द्रागिरि डाँडामा भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यु टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायत पूर्वाधार निर्माण गरेर उक्त स्थानलाई एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गरेको छ ।

प्रतिक्रिया दिनुहोस्