१९ बैशाख २०८१, बुधबार

 

एनआरएनए कोषाध्यक्ष श्रेष्ठले सार्वजनिक गरे आर्थिक प्रतिवेदन

 

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमितिले आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ । संस्थाका कोषाध्यक्ष महेश श्रेष्ठले तीनमहिने अवधिको प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

प्रतिवेदनमा लाप्राक नमुना बस्ती, एनआरएनएको भवन निर्माण, शंखमूल पार्कको निर्माणजस्ता विषय समेटिएका छन् ।नमुना बस्तीका लागि चन्दादाता र ब्याजबाट ४५ करोड ७ लाख रकम संकलन भए पनि खर्च ४९ करोड भइसकेको र  बाँकी काम सक्न अझै १० करोड लाग्ने उल्लेख छ ।

संस्थाको भवन बनाउन चन्दादाता र ब्याजबाट २२ करोड ३४ लाख संकलन भएकाेमा अहिलेसम्म २८ करोड २६ लाख खर्च भएको छ । अझै १३ करोड ९ लाख रुपैयाँ  आवश्यक रहेकाे प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै संस्थाले शंखमूल पार्क बनाउन अझै ३७ लाख रकम आवश्यक पर्ने जनाएकाे छ । पार्क बनाउन  चन्दाबाट १ करोड ३२ लाख उठे पनि २ करोड ५१ लाख खर्च भएको छ । कोषाध्यक्ष श्रेष्ठका अनुसार १४ करोड ५८ लाख रकम बचत छ ।

विगतका वर्ष संघलाई आर्थिक पारदर्शिता नभएको आरोप लाग्दै आएको थियो । कोषाध्यक्ष श्रेष्ठले विगतका कमीकमजोरी सच्याउँदै अहिलेको समितिले सबैको मन जित्ने गरी काम गरिरहेकाे दाबी गरे ।

 

यस्ताे छ प्रतिवेदनकाे हरहिसाब 

लाप्राक नमुना वस्ती
चन्दादाता र ब्याजबाट : ४५ करोड, ७ लाख
खर्च : ४९ करोड
बाँकी कामका लागि अनुमानित खर्च : ६ करोड ८ लाख
नपुग रकम :  १० करोड

एनआरएनए भवन
चन्दादाता र ब्याजबाट : २२ करोड ३४ लाख
अहिलेसम्म खर्च : २८ करोड २६ लाख
बाँकी कामका लागि अनुमानित खर्च : ७ करोड १८ लाख
अगुग रकम : १३ करोड ९ लाख

शंखमूल पार्क
चन्दादाताबाट प्राप्त  : १ करोड ३२ लाख
खर्च : २ करोड ५१ लाख
बाँकी कामको लागि : ३७ लाख

नवौं एनआरएन विश्व सम्मेलन

प्रतिनिधि दर्ता शुल्क : ५ करोड ४९ लाख
खर्च : ३ करोड ९४ लाख
बचत रकम : १ करोड ५४ लाख

सचिवालय
सदस्यता शुल्क, निर्वाचन मनोयन खर्च, आईसीसी सदस्य शुल्कबाट प्राप्त ८ करोड ६० लाख
खर्च : ९७ लाख
बचत : ७ करोड ६३ लाख

बैंकमा बचत : १४ करोड ५८ लाख रकम

प्रतिक्रिया दिनुहोस्