६ श्रावण २०८३, बुधबार

 

बैंक जागिरपछि कृषि पेसामा शर्मा

- भन्छन्– अनुदान पाएको छैन

सरकारी जागिरे जीवनबाट अवकाश भएपछि बागलुङका एक व्यक्तिले व्यावसायिक पशुपालन थालेका छन । २७ वर्ष कृषि विकास बैंकमा काम गरी अवकाश पाएका बानपा ३ का शिव शर्मा सापकोटाले कृषि पेसा अँगालेका हुन् । ५ वटा भैंसीबाट व्यवसाय सुरु गरेको शर्माले अहिले १५ वटा गाई र भैंसी पालन गरेका छन् । स्थानीय जातका पाराकोटे भैसी, गाई भैंसीबाट दैनिक ९० लिटर दुध उत्पादन गरि बिक्री गर्दै आएका छन् । उत्पादन भएको दुध घरबाटनै बिक्री हुने गरेको र बजारको कुनै समस्या नभएका उनको भनाइ छ ।
अहिले बागलुङका अधिकांश किसानले पशुपालनलाई आफनो प्रमुख पेशाको रुपमा अगाल्दै आएका छन् । लगानी अनुसारको उत्पादन हुने भएपछि यस पेशा प्रति किसानहरु आर्कषित हुन थालेका छन् । तत्कालिन समयमा जिल्ला पशु सेवा कार्यालयमा बाट ५० हजार रुपैयाँ भकारो सुधारको लागि अनुदान लिएर थप व्यवसायलाई अगाडि बढाएका शर्माले अहिले कुनै निकायबाट सहयोग पाएका छैनन् ।

अनुदानको लागि जिल्लादेखि प्रदेशसम्म माग गरेपनि उपलब्ध हुन नसकेको उनको भनाइ छ । शर्माले १५ लाख लगानी गरी शिवशक्ति गाई भैंसी दुग्घ उत्पादन फर्म सञ्चालन गर्दै आएका छन् ।

शर्मालाई आफ्नै परिवारका ४ जनाको सहयोग छ । अमेरिका जान हिँडेका आफ्ना छोरासमेत बिचबाटोबाट नै फर्किएर पशुपालनमा सहयोग गर्दै आएका छन् । सबै परिवार चौविसै घण्टा गाई र भंैसीको सुसारमा खटिएपनि प्रयाप्त आम्दानी भने लिन नसकेको शर्माको भनाइ छ । पशुहरुलाई खुवाउनको लागि प्रयाप्त घास नहुनु, दाना महंगो पर्नु र अन्यबाट खोजेर ल्याउन आम्दानी भए अनुसार खर्च पनि बढि हुने गरेको शर्माको बताउँछन् ।

सबै खर्च कटाएर मासिक ४० हजार आम्दानी लिने गरेको उनको भनाइ छ । पहिला सहज रुपमा पशुपालन गरी दुध उत्पादन गर्ने किसानको लागि सरकारी स्तरबाट सहज रुपमा अनुदान दिने गरेपनि अहिले अनुदान पाउनको साट्टो झन्झट बेर्होनुपर्ने किसानको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung