
कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणमा सहयोग पुगोस भनेर धौलागिरी अंचल अस्पताललाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको छ ।
महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिट १९ बाट सुरक्षित रूपमा स्वास्थ सेवा दिन सहज होस भन्ने उदेश्यले लायन्स क्लबस इक्टरनेसनल डिष्ट्रीक ३२५ बि १ नेपालका डिष्ट्रीक गर्भनर पिएमजेफ इन्दु लम्सालको सक्रियतामा अस्पताललाई स्वास्थ सामाग्री उपलब्ध गराईएको पिआरओ एमजेएफ पार्वती अधिकारीले नयाँ विश्वलाई बताए ।
लायन्स क्लबका सिनियर एडभाइजर एमजेएफ काजिमान गुरुड , एओजि एमजेएफ भरत शर्मा र पिआरओ पिएमजेफ दुर्गा कुँवरले
धौलागिरि अन्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शैलेन्द्र बि पोखरेल र अस्पताल विकास समितिका अध्यक्ष केबी रानामगरलाई स्वस्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।
८ पिस पीपीई , माक्स तथा फेससिल्ड लगायतका स्वास्थ सामाग्री अस्पताललाई उपलब्ध गराइएको हो । पा्रप्त स्वास्थ्य सामाग्रीले उपचार गर्न सहज हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शैलेन्द्र बिक पोखरेलले बताए ।
स्वास्थ्यकर्मीहरुलाई सुरक्षित रूपमा सेवा दिन सहज होस भनेर स्वस्थ्य सामग्री पठाएको लायन्स क्लबका कोचिफ एड्भाइजर एमजेएफ चन्द्र कुमार केसीले बताए । कार्यक्रममा बानपा वडा नं २ को जनप्रतिनिधि अर्जुन घिमिरे र डिष्ट्रीकका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । लकडाउनको समयमा प्रशासनले धेरै मानिसहरुको जमघटलाई रोकेको कारण कार्यक्रममा सबै क्लवको अध्यक्षहरु र सदस्यहरुको उपस्थिति हुन पाएको थिएन ।