
विमल खड्का ,कोरोनाको महामारीमा सांसद पौडेल निर्वाचन क्षेत्रमानोबोल कोरोना भाइरस संक्रमण फैलिरहेका बेला सांसद देवेन्द्र पौडेल निर्वाचन क्षेत्रमा पुगेका छन् ।डाक्टर र जनतामा थप मनोबल बढाउने र आवश्यक सामग्री अभाव हुन नदिने उदेश्यले निर्वाचन क्षेत्रका स्वास्थ्यचौकी र पालिकाहरूमा पुगेर निरीक्षण गरेका हुन् ।
शनिबार गलकोट, खर्वाङ, भीमगिठे, दर्लिङ स्वास्थ्यचौकी र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर त्यहाँको अवस्थाको विषयमा जानकारी लिएका छन् ।
विश्वभरि फैलिएको कोरोना भाइरसबाट नेपाल पनि अछुतो नरहेको भन्दै यस्तो विषम परिस्थितिमा डाक्टर, सुरक्षाकर्मीको भूमिका उल्लेखनीय रहेको भन्दै थप मनोबलका साथ काम गर्न उनले आग्रह गरे । सांसद पौडेलले डाक्टरहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै पालिकाहरूमा पीईईसमेत हस्तान्तरण गरेका छन् ।
स्वास्थ्यचौकीका प्रमुखसँग भेटघाटका क्रममा सांसद पौडेलले बिरामीको उपचारमा यो वा त्यो बहाना गर्न नहुने भन्दै आफू पनि सुरक्षित रहि बिरामीको उपचार गर्नुपर्ने बताए ।जिल्लामा आवश्यक जनशक्ति र थप उपकरणका लागि केन्द्र र प्रदेश सरकारसँग समन्वय गरिरहेकाले केही दिनमा थप सामग्री उपलब्ध हुनेमा विश्वास व्यक्त गरे ।
अहिले बागलुङसहित सिंगो देश संक्रमण अवस्थामा रहेकाले सरकारले जारी गरेको लकडानको पूर्ण पालना गर्नुको विकल्प नरहेको दोहोराएका छन् ।अहिलेसम्म बागलुङसहित ९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । एक जनाको उपचारपछि निको भएर घर फिर्ता भइसकेका छने भने, अन्य आठ जनाको उपचार भइरहेको छ ।