१ जेष्ठ २०८२, बिहीबार

 

लकडाउन नटेर्ने ३० जनालाई सम्झाएर छाडियो

जिल्ला प्रहरी कार्यालय बागलुङले लकडाउन उल्लंघन गर्ने ३० जनालाई पक्राउपछि सम्झाइ–बुझाइ गरी छाडिदिएको छ । लकडाउन उल्लंघन गर्दै हिँडेका २२ पुरुष र ८ महिलालाई पक्राउपछि चेतावनी दिएर छाडिएको जिल्ला प्रहरी प्रमुख नवराज भट्टले बताए ।

उनीहरूलाई प्रहरीले बजारका विभिन्न चोक र सडकबाट पक्राउ गरेको हो । स्थानीय प्रशासनले लकडाउनका बेला अत्यावश्यक कामबाहेक बाहिर नजान आग्रह गरे पनि अटेर गर्नेलाई प्रहरीले कडाइ गरेको हो । आइतबार ४० जनालाई पक्राउ गरिएको थियो । लकडाउन अवधिसम्म बाहिर ननिस्कन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

फोटो: मन्जुल शाक्य

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung