३ श्रावण २०८३, आईतवार

 

कोरोना प्रभावित मजदुरलाई अमिताभको खाद्यान्न सहयोग

भारतिय सिने जगतका महानायक अमिताभ बच्चनले कोरोना भाइरसको कारण भारतमा जारी लकडाउनको कारण अति प्रभावित विपन्न मजदुरहरुलाई खाद्यान्न सहयोग गर्ने भएका छन । उनले दैनिक ज्याला मजदुरी गर्ने एक लाख मजदुरलाई खाद्यान्न दिने घोषणा गरेका हुन ।

अमिताभ बच्चनले सोनी पिक्चर नेटवर्क र कल्याण ज्वेलर्ससँग मिलेर ठूलो परिमाणमा सहयोग गर्ने जानकारी ट्वीटरमार्फत दिएका छन्। बच्चनको अभियान वी आर वान अर्थात हामी सबै एकुलाई सोनी पिक्चर नेटवर्क र कल्याण ज्वेलर्स समर्थन गरेको छ ।

उनले यो अभियान सफल बनाउन भारतको कैयौ हाइपर मार्केट र ग्रासरी स्टोरसँग सहकार्य गरेका छन्। यस अभियानमा अल इण्डिया फिल्म इम्प्लोइज कन्फेडेरेसनका सदस्यहरुलाई समेत सामेल गरेर उनीहरुलाई डिजिटल कुपन वितरण गरी खान नपाएका मजदुरसम्म खाद्यान्न पुर्याउने योजना रहेको छ ।अभिनेता अमिताभ बच्चनले देशमा समस्या परेका नागरिकहरुलाई आर्थिक भौतिक सहयोग गर्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung