३१ बैशाख २०८२, बुधबार

 

लायन्स क्लव अफ बागलुङ कालिगण्डकीको अध्यक्षमा शर्मा

लायन्स क्लव अफ बागलुङ कालिगण्डकीले लायन्स वर्ष २०२०,२०२१ को अध्यक्षमा श्याम प्रसाद शर्मा सर्वसम्मत चयन भएका छन ।क्लवका सदस्यहरुविच भिडियो कन्फरेन्स मार्फत भएको चुनावमा शर्माका नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो।

क्लवको प्रथम उपाध्यक्षमा गणेश दत्त शर्मा , दितिय उपउपाध्यक्षमा नारायण प्रसाद आचार्य , तृतिय उपाध्यक्षमा विप्लब शर्मा ,सचिवमा बलराम गौतम र कोषाध्यक्षमा शेखर खडका छनौट भएको लायन्स कलब बागलुङ कालीगण्डकी सस्थापक अध्यक्ष अनुप रिजालले नयाँ बिश्वलाई जानकारी दिएका छन।

क्लवले आफूलाई सर्वसम्मत अध्यक्षमा चयन गरेकोमा अध्यक्ष श्याम प्रसाद शर्माले सबैलाई धन्यवाद दिएका छन । क्लवले सामाजिक कामलाई तीब्रता दिनुका साथै क्लवको सदस्यहरुको व्यक्तित्व विकासमा विशेष कार्यक्रम ल्याउने अध्यक्ष श्याम प्रसाद शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung