२ जेष्ठ २०८२, शुक्रबार

 

इन्जिनियरहरूको पहलमा नगरपालिका परिसरमा प्रविधियुक्त धारो

कोरोना भाइरसविरुद्वको लडाइँमा सहयोग पुगोस् भन्ने उद्देश्यले बागलुङ नगरपालिकाका इन्जिनियरहरूको सहयोगमा बागलुङ नगरपालिकालाई खुट्टाको प्रयोग गरी हात धुन मिल्ने फुट अपरेटिङ ह्यान्ड वासिङ टुल हस्तान्तरण गरियो ।

कोरोना भाइरस कोभिड १९ को जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले बनाइएको हात धुने वासिङ टुलको बागलुङ नगरपालिकाका प्रमुख जनक पौडेलले उद्घाटन गरेका हुन् ।नगरपालिकालाई हस्तान्तरण गरिएको हात धुने उपकरणले कोरोना रोकथाममा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको पौडेलले बताए ।

उपकरण बनाउने कार्यलाई सफल बनाउन आर्थिक, भौतिक र नैतिक रूपले सहयोग पुर्‍याउने सम्पूर्णमा धन्यवाद व्यक्त गरिएको थियोे ।

एसोसिएसनले यसअघि खुट्टाले थिच्दा साबुन र पानी आउने धारो निर्माण गरी जिल्ला प्रहरी कार्यालय र धौलागिरि अस्पताललाई हस्तान्तरण गरिसकेको छ । हस्तान्तरण कार्यक्रममा इन्जिनियर गौरव शर्माले उक्त प्रविधिका विषयमा जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung