७ कार्तिक २०८३, शुक्रबार

 

एकता सहकारीका सेयर सदस्यलाई ब्याज र जरिवाना छुट

बागलुङ नगरपालिका–२ आवा रोडस्थित एकता सहकारी संस्था लिमिटेडले आफ्ना सेयर सदस्यलाई ब्याज र जरिवानामा छुट दिने भएको छ ।

संस्थाले लकडाउनले मर्कामा परेका उनीहरूलाई चैत महिनादेखि जरिवानामा सय प्रतिशत र वैशाखदेखि ब्याजमा १० प्रतिशत छुट दिने निर्णय गरेको संस्थाका प्रबन्धक दीपकजंग राजभण्डारीले जानकारी दिए । संस्थाले आफ्ना कर्मचारीको १ लाख रुपैयाँबराबरको कोराना बिमा पनि गरिदिएको छ।

संस्थाले अहिले हप्ताको २ दिन मंगलबार र शुक्रबार आफ्ना सदस्यहरूलाई सेवा प्रदान गर्दै आएको छ । साथै अत्यावश्यक काम परे सदस्यहरूलाई २४ घण्टै सेवा दिने व्यवस्था गरिएको छ। त्यस्तै मोबाइल बैंकिङमार्फत घरमै बसी सेवा लिन सकिने व्यवस्था पनि छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung