४ जेष्ठ २०८१, शुक्रबार

 

शुक्रबार मात्र कतारबाट ल्याइए २० नेपालीका शव

चैत्र ११ गतेबाट नियमित उडान बन्द भएपछि रोजगारीका लागि खाडी देश गएका केही नागरिकको मृत्यु भएपनि शव नेपालसम्म ल्याउन नसकेकोमा लकडाउन खुलेसँगै शवहरू ल्याउन थालिएको छ ।

शुक्रबार मात्र चार्टड उडान मार्फत कतारबाट २० शव नेपाल आएका छन्। वैदेशिक रोजगार बोर्डका अनुसार विदेशबाट आएका शवको पहिचान र नेपालभित्रै पठाउनु पर्ने जिल्लाको सबै विवरण आउन केही समय लाग्ने छ।

अहिले अनुमानित विवरण आएको र शवको विस्तृत पहिचान र एकिन संख्या आउन केही समय लाग्ने बोर्डले जानकारी गराएको छ । लकडाउनको अवधीमा खाडी मुलुकमा मात्र १ सय भन्दा धेरैको मृत्यु भएको छ । उनीहरुको शव नेपाल पठाउन त्यहाँको सरकार र नेपाली दूतावासले शुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्