३१ बैशाख २०८२, बुधबार

 

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव साउन अन्तिम साता

नेपाली उद्यमी–व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा र नयाँ कार्यसमिति चयनको मिति तय भएको छ ।सोमबार महासंघ कार्यसमिति बैठकले आगामी साउन २६ र २७ गते ५४औं साधारणसभा तथा चुनावको मिति तय गरेको अध्यक्ष भवानी राणाले जानकारी दिइन् ।

आइतबार बसेको महासंघ पदाधिकारी बैठकले साउन अन्तिम साता साधारणसभा गर्ने निर्णय गरेको हो । निर्धारित समयभन्दा ४ महिनापछि महासंघले नयाँ नेतृत्व पाउने भएको छ । कोरोना संक्रमणसँगै चैत २८ र २९ गते गर्ने तयारी गरिएको महासंघको साधारणसभा स्थगन भएको थियो ।

महासंघमा अध्यक्ष पदको चुनाव नहुने व्यवस्था गरिए पनि वरिष्ठ उपाध्यक्षसहित अन्य उपाध्यक्ष र कार्यकारिणीको पदका लागि भने निर्वाचन हुनेछ ।

वरिष्ठ उपाध्यक्षमा हाल महासंघका एसोसिएट उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र जिल्ला नगर उपाध्यक्ष किशोर प्रधानले उम्मेदवारी दिने भएका छन् ।

बैठकले तोकेअनुसार ललितपुरमा रहेको हेरिटेज गार्डेनमा साधारणसभा हुनेछ । महासंघको आगामी साधारणसभापछि अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्नेछन् ।

महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । तर, वरिष्ठ उपाध्यक्ष, जिल्ला नगर उपाध्यक्ष, एसोसियट्स उपाध्यक्ष र वस्तुगत उपाध्यक्षसहित कार्यसमिति सदस्यमा निर्वाचन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung