
लामो प्रतिक्षा पश्चात आज शुरु भएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक असार १२ गतेसम्मका लागि स्थगित भएको छ । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले मात्र आ-आफ्ना विचार राखेको भएपनि एकअर्काको खण्डन हुनेगरि प्रस्तुत भएको एक सहभागीले बताए ।
बैठकले आगमी बैठकका एजेन्डा पारित गरेपनि आपसी मनोमालिन्य अन्त्य गर्न सकेन् । आगामी बैठकमा सरकारको कामको समीक्षा, पार्टी एकता पछिका कार्यप्रगती र बहु प्रतिक्षित अमेरिकी सहयोग परियोजना एमसिसीलगायतका विषयमा छलफल हुन सक्नेछ । बैठकमा प्रधानमन्त्री ओलीले सरकारले विषम परिस्थितीमा पनि राम्रो काम गरेको बताए । विषम परिस्थितिमा काम गर्दा पनि आन्तरिक विपक्षी शक्ती, अन्तर पार्टी अपेक्षाकृत सहयोग पाउन नसकेको बताए । खास गरी उनले बाहिर आलोचना हुने गरेका बिषयमा स्पष्टीकरण दिदै सरकारको बचाउ गरेका थिए ।
बैठकमा अर्का अध्यक्ष दाहालले सरकारका काम प्रभावकारी नभएको भन्दै आलोचना गरे । पार्टीमा पूर्व सहमतिको पालना नभएको भन्दै यही अवस्थामा पार्टी संचालन भैरहे सहयात्राको भविष्य अनिश्चत हुने चेतावानीको शैलीमा प्रस्तुत भएको एक सदस्यले जानकारी गराए ।