५ श्रावण २०८३, मंगलवार

 

बागलुङमा यसपालि मकैखेती फस्टायो

यस वर्ष मौसमले साथ दिएपछि बागलुङ जिल्लामा मकै उत्पादन राम्रो भएको छ । कृषक हर्षित बनेका छन् । बागलुङ नगरपालिका–४ कुडुलेलगायत जिल्लाका अधिकांश भागमा यस वर्ष समयमै पानी परेकाले मकै उत्पादन बढेको हो ।

मौसम अनुकूल भएकाले यति बेला कृषकलाई भ्याइनभ्याइ भएको छ । कोरोनाका कारणले गाउँ फर्किएकाहरूसमेत यस वर्ष कृषि कर्ममा लागेकाले पनि मकै उत्पादन वृद्धि भएको देखिन्छ ।

मकै खानाका साथै पशु–आहाराका रूपमा पनि प्रयोग हुने भएकोले बजार माग अत्यधिक रहेको कृषक बताउँछन् । मध्य पहाडी क्षेत्रमा भिरालो जग्गा धेरे हुने भएकाले मकै खेती गर्ने गरिएको छ ।

यसपालि समयमै मल, बीउ र पानी पुगेकाले मकै उत्पादन बढेको कृषि ज्ञान केन्द्रको भनाइ छ । जिल्लामा निर्वाहमुखी रूपमा मकैखेती हुँदै आएकोमा सरकारले कृषि र कृषकलाई दिगो रूपमा टिकाउने नीति ल्याउन सके अहिले भइरहेको परनिर्भरता केही हदसम्म कम गर्न सकिने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung