२ जेष्ठ २०८२, शुक्रबार

 

नेकपाको स्थायी कमिटी बैठक शुरु

नेकपाको स्थायी कमिटी बैठक शुरु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार पाँचौ दिनको बैठक स्वभाविक रुपमा अघि बढेको उनले जानकारी गराएका छन् ।

हिजोको बैठकमा १७ जना स्थायी कमिटी सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका थिए । त्यसपछि क्रुद्ध बनेका प्रम ओलीले आज विहानै आफ्ना निकटका मन्त्री र स्थायी कमिटी सदस्यलाई बालुवाटार डाकेर विचार विर्मश गरेका थिए ।  विहानै बोलाएको बैठकमा पर्यटन मन्त्री योगेश भट्टराईले प्रधानमन्त्रीलाई एकताका पक्षमा सुझाव पेश गरेको जानकारी गराएका छन् । उनले अहिले नेकपा सामु संकटको अवस्था आएको स्वीकार गर्दै समाधानका लागि वार्ता र संयमता आवश्यक भएको उनले बताए । आजको बैठकमा प्रधानमन्त्री विरुद्धको मोर्चालाई जारी राख्दै थप आक्रमक रुपमा प्रस्तुत हुने गरी विपक्षी समुहका नेताले पनि तयारी गरेको बुझिएको छ ।

(तस्बीर : प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाको ट्वीटरबाट )

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung