३० बैशाख २०८२, मंगलवार

 

तस्बिरको भित्रको समाचार र लोक कथामा आधारित नेकपाको नियती

एउटा लोक कथा छ, एकदेशमा एउटा कौवाले आफ्नो सन्तान बृद्धिका लागि कुनै एक रुखको हाँगामा गुँड लगाएर बच्चा कोरलेछ, कौवाको बच्चा ठुला हुदै गएपछि सर्प त्यही गुँडमा गएर बच्चा खाईदिन लागेछ । कौवाका लागि त्यो अवस्था बडो दर्दनाक र पीडादायी अवस्था थियो । प्रत्येक दिन निरिहता वश बच्चा गुमाउनु परेको अवस्थामा उसले एउटा जुक्ति निकालेछ ।

कुनै महिलाले प्रत्येक विहानीमा नजिकै किनारको नदीमा निर्वस्त्र भएर नुहाउदि रहिछन् । आफ्नो पीडा बीच कौवाले एक दिन ती महिला निर्वस्त्र भएको बेला उनको बहुमुल्य सुनको सिक्री मुखले च्यापेर उडेछ । उक्त दृश्य देखेर ती महिला रोई कराई नदीबाट निस्किएर कौवाको पिछा गर्दै रुखसम्म आई पुगिछन् । नजिकै गाउँलले ती महिला रुखको फेदमा रोइकराई गरेको देखेपछि जम्मा भएछन् र सोधपुछ गरेछन् त्यसपछि ती महिलालले उपस्थित गाउँले समक्ष सम्पूर्ण तथ्य बताइछिन् । गाउँले तथ्य थाह पाएपछि कौवालाई उडाउन लागेछन् । कौवा पनि मुखको सिक्रि सर्प लुकेको प्वालमा झारेर उडेछ । अनि गाउँलले त्यो सिक्रि निकाल्न रुखमा चढ्दा उक्त सिक्रि झरेको प्वालमा सर्प देखेछन् ।

सर्प भएको प्वालबाट सिक्रि निकाल्न सर्प माुर्न एक मात्र विकल्प थियो । त्यही विकल्प अपनाएर गाउँलले ती महिलाको सिक्रि निकालेर उद्धार गरेछन् । ती महिलाको उद्धारसँगै सर्पको पनि उद्धार हुन पुगेछ ।कौवाले सर्प मारिए पछि भएका बाँकी बच्चा हुर्काएछ । यतिवेला नेकपामा कौवा रुपी प्रमले अपनाएको जुक्तिलाई पार्टी, नेतृत्व,मिडिया र विश्लेषलकले आ-आफ्नै तवरबाट बुझिरहेका छन् । तर  पार्टीमा आफुले  गरेको योगदानलाई नेता पुष्प कमल दाहालले (प्रचण्डले) समेट्दैे र आफ्नो योगदान मेटाउने संभावना देखेपछि प्रम ओलीले  विलाप भन्दा पनि कौवा  कै स्वरुपमा जुक्ति अपनाई चर्तुरयाई गरिरहेका छन् । तर पार्टीका बहुमत सहकर्मीले बुझ्ने कसरी ? बिहिबारको स्थायी कमिटी बैठक बसिरहेका बेला प्रम केपी ओलीले गरेको निर्णय र त्यो निर्णय सुन्न आतुर नेताहरुको दृश्य तस्बीरमा कैद हुन पुगेछ । त्यही दृश्य यतिवेला समाचारको स्रोत र सन्र्दभ बन्न पुगेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको जारी बैठक चलिरहँदा बिहिबार प्रम केपी ओली इतरका समुहका नेताहरु जमघट भएको तस्बीर एकाएर शोसल मिडियामा चर्चित हुन पुग्यो । फोटोका बारेमा क्रिया प्रतिक्रिया शुरु भयो । शोसल मिडियमा नेता माधव नेपाल, पुष्प कमल दाहाल, वामदेव खनाल, झलनाथ खनाल लगायतको उपस्थिती थियो । त्यो पनि वालुबाटारमा । उक्त फोटोमा देखिएको दृश्य कुनै भवितव्य पछिको खुलदुली जस्तै थियो । वालुबाटारमा चलेको मनत्री परिषद् बैठक अन्त्य भएको सूचनाको समाचार पछिको अलमल र खुलदुली हुनुपर्छ । जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवंम पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहनु र मन्त्री परिषद्बाट संसदको अन्त्यको निर्णय हुनु स्वभाविक घटना थिएन् ।

बैठकमा रहेका नेताहरुले आफुहरुले भन्दा महत्वपूर्ण र चमत्कारिक निर्णय प्रम ओलीले गरेको भएकाले जानकारी सहितको खुलदुलीका लागि उक्त जमघट गरेको हुनपर्छ। किनकी आफुलाई पार्टीको सर्वेसर्वा मानेर निर्णय गर्ने सुरमा रहेका नेताहरुलाई माथ गर्नेगरी प्रम ओलीले गरेको निर्णय आफैमा रहस्यमयी र तिलस्मी थियो । उनको निर्णयले स्थायी कमिटी बैठकको औचित्य समेत समाप्त गरिदियो अन्त्यतः नेताहरुले पनि बैठक दुई दिनको लागि स्थगित गरे । बिहिबार बालुवाटारमा दुई पटक बसेको बैठक बसेपनि प्रम ओली अनुपस्थित रहे । जानु उनका लागि घातक थियो । किनकी आफ्ना बिरुद्धको जमघटमा गएर आफ्नै विरुद्धको निर्णयमा आफै साक्षी बस्नु उचित थिएन् ।  बालुवाटारमाआफ्नो उपस्थिती  रहँदा रहँदै एक पछि अर्काे निर्णय गरेका प्रम ओलीका कदमले नेकपा नेता दुःखी स्वभाविक थियो ।

प्रम ओली पनि आफ्नै कार्यलयको निवासमा आफ्ना बिरुद्ध निर्णय भैरहँदा मुक दर्शक भएर बस्नु निरिहता हुन्थ्यो । आफ्नो सार्मथ्य देखाउन पनि प्रम ओलीले मन्त्री परिषद्को बैठक डाकेर एकाएक संसद अन्त्य गराउनु र शितल निवास पठाएर अनुमोदित गराउन ढिलो गर्नु हुदैन्थ्यो । उनले गरेको निर्णयले आशंकाको दुनियाँमा अनेकन तरंग निम्ताएको छ । त्यही तरंगको दूनियाँमा यतिवेला नेपालको सत्ता र राजनिती अलमलिएको छ । बिहिबार शोसल मिडियामा चर्चामा रहेको दृश्य पनि त्यही अलमलको थियो भनेर अनुमान लगाउन कठिन छैन् । अलमलिएका नेताहरुले अन्ततः जारी स्थायी कमिटीको बैठक शनिबारसम्मको लागि स्थगित गरे । शनिवारसम्म नयाँ घटना विकास क्रम हुनभन्दा अरु केही हुने छैन् । स्थायी कमिटी बैठकले प्रमको राजीनामा माग्ने आँट गर्न सक्यो भने स्थगित   बैठकले फरक र अनपेक्षित नयाँ गति लिनेछ । अन्यथा त्वम् शरणम्को विकल्प भन्दा अरु केही परिणाम आउने छैन् । निर्वलका बल राम भने जस्तै, पार्टीको जीवन्तताका लागि केपी ओली हुनेछन् ।

बिहिबार बिहान ११ बजे सुरु भएको बैठकमा उपस्थित नभइ प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गए । त्यसपछि संसद अन्त्यको निर्णय गर्नु र राष्ट्रपति विद्यादेवी भण्डारीले सहज रुपमा प्रमको निर्णयलाई सहयोग पुग्ने गरी अनुमोदन गर्नुलाई के बुझ्ने ? देशमा शासन सत्ता र सत्ताधारी दलका बीचमा सहज अवस्था छैन् । निती निर्माण गर्ने नेताहरु समेत एक अर्का विरुद्ध जमघट र कोठे बैठकमा छन् । बैठकले ठोस कुनै परिणाम ल्याउन सकेको छैन् । कार्यकारी अधिकार समपन्न प्रम ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई साथमा लिएर एक पछि अर्काे निर्णय गर्दै अघि बढेका छन् । प्रम ओलीको नियत जे जस्तो भएपनि अभ्यास भने हामीले बनाएको संबिधान र बिधी अनुसार नै छ । त्यसैले उनका सामु रहेका विकल्प र अधिकारको अभ्यास भैरहँदा अवरोध गर्न सक्ने सार्मथ्य अब कसै सामु छैन् । छ, भने त्यो हो नैतिकता । तर नैतिकतालाई तिलाञ्जली दिएर गरिएको राजनैतीक अभ्यासले निम्ताएको यो अवस्थामा राम,राम भन्नु भन्दा अरु कुनै मार्ग पनि देखिदैन् ।

केपी ओलीको राजीनामा फिर्ता लिनु यतिवेला नेकपाका लागि र्निविकल्प उपाय जस्तै भएको छ । तर त्यो मार्ग सहज भने छैन् । पार्टीमा लोकतान्त्रिक अभ्यास तिलाञ्जली हुनेछ । त्यसले निम्ताउने परिणाम अझै भयानक हुन सक्नेछ । त्यसैले नेकपाको नेतृत्व यतिवेला भयावह र अलमलमा छ, भन्दा फरक नपर्ला । तस्बिरमा देखिएको दृश्यभित्रको अन्तर कथा अलमल मात्र नभएर लोकतान्त्रिक अभ्यासको भविष्य बन्धकको अवस्था भनेर बुझयो भने अन्यथा हुने छैन्

(तस्बिर स्रोत : सेतोपाटी डटकम)

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung