३ जेष्ठ २०८२, शनिबार

 

आइएलओद्धारा एनआरएनएलाई ५ करोड १० लाख सहयोग

 

 

संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले गैर आवासिय नेपाली सँघ (एनआरएनए) लाई  नेपाली श्रमिकलाई विदेशबाट स्वदेश अवतरण गराउन ५ करोड १० लाख रुपैयाँ अनुदान सहयोग गर्नै भएको छ । एनआरएनएले शनिवार एक विज्ञप्ति जारी गर्दै उक्त सहयोगका बारेमा जानकारी गराएको छ ।

एनआएनएका अनुसार आइएलओ र गैरआवासीय नेपाली संघबीच मंगलवार सहयोगका बारेमा सहमतिपत्रमा हस्ताक्षर भएको छ । संघका अध्यक्ष कुमार पन्तले कोभिड-१९ बाट प्रभावित मलेसिया, युएई, कतार र साउदी अबर गरि चार देशका नेपालीको सहयोगका लागि आइएलओले उक्त आर्थिक सहयोग गरेको जानकारी गराएका छन् । सो रकम कोभिड १९ ले श्रम बजारमा पारेको प्रभाव अध्ययन गर्न र श्रमिकको हितमा खर्च हुने गैरआवासीय नेपाली संघले जनाएको छ ।

संघका अनुसार कोभिड–१९ ले श्रम बजारमा पारेको प्रभावको अध्ययन गर्न र श्रमिकको हितका लागि सो रकम खर्चिने छ । संघले ती मुलुकमा रहेका नेपालीको सहयोगका लागि नेपाली कुटनीतिक नियोगसंग समन्वय गरि कार्यालय स्थापना गरेर आफ्नो कार्य अघि बढाउने तयारी गरेको छ ।

ती कार्यालयबाट विदेशमा कोरोनाकै कारणले जागिर छोड्न बाध्य पारिएकालाई सुरुमै कानुनी परार्मश दिने तयारी संघले गरेको छ । संघका लागि सहयोगले आत्मबल प्रदान गरेको पन्तले बताए ।

सहयोगको लागि गैरआवासीय नेपाली संघको तर्फबाट संघका उपाध्यक्ष डा. बद्री केसी, महासचिव डा. हेमराज शर्मा, डा.पुरु श्रेष्ठ र एकनाथ खतिवडाले प्रस्तावना  तयार पारेका थिए ।

आइएलओले सो प्रस्तावलाई करिब ५ हप्ता लगाएर अध्ययन गरेपछि आर्थिक सहयोग गर्ने निष्कर्षमा पुगेको थियो । अन्तर्राष्ट्रिय श्रम संगठनले विश्वभर छरिएका श्रमिकको हितमा काम गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung