
बागलुङ नगरपालिकाले सञ्चालन गरेको राहत कोषमा प्रगति बहुउद्देश्यीय सहकारी संस्थाले २५ हजार रुपैयाँ सहयोग गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, संक्रमितको उपचार र लकडाउनका कारण समस्या परेका विपन्नलाई सहयोग गर्न कोषमा सहयोग गरेको संस्थाका अध्यक्ष कृष्णप्रसाद कुमार पौडेलले बताए ।
उक्त रकम संस्थाका अध्यक्ष पौडेल, उपाध्यक्ष तोयानाथ गौतम र सचिव उदयचन्द्र चपाईले नगरप्रमुख जनकराज पौडेललाई प्रदान गरे ।
कोषमा हालसम्म ३१ लाख ४५ हजार ५ सय ३ रुपैयाँ संकलन भएको छ ।
पछिल्लोपटक कोषमा सुमेगा ट्राभल्स काठमाडौंले ४ लाख, रोटरी क्लब अफ बागलुङले २५ हजार र मातृभूमि बहुउद्देश्यीय सहकारी संस्थाले १३ हजार रुपैयाँ सहयोग गरेका छन् ।