१ जेष्ठ २०८२, बिहीबार

 

नेकपा स्थायी समितिको बैठक फेरी पनि दुई दिनका लागि स¥यो

नेकपाको आज बस्ने भनिएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक फेरी पनि सरेको छ । शनिवार बसेको बैठकमा चर्काे रुपमा प्रम ओलीको राजीनामाको माग भएपछि स्थगित बैठक पटक-पटक सारिदै आएको छ ।

शुक्रबारसम्मका लागि फेरी बैठक स्थगित गरिएको छ । सोमबार बस्ने भनिएको बैठक आज बुधबारका लागि सारिएको थियो । गतिरोध अन्त्यका लागि दुई अध्यक्ष निरन्तर छलफलमा रहेकाले बैठक स्थगित गरिएको नेकपाका नेता हरिबोल गजुरेलले बताए ।

पार्टी एकताका लागि कार्यकर्ताको दबाब दुई अध्यक्ष मिल्नुपर्ने भन्ने छ । कार्यकर्ताको दबाबमा ओली र प्रचण्ड आइतबारदेखि निरन्तर छलफलमा छन्।

दबाबका कारण तात्कालिन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्रबिचको एकता प्रक्रिया नै धरापमा परेको छ। स्थायी समितिमा प्रचण्ड-नेपाल समूहका करिब ३० स्थायी समिति सदस्यले प्रम ओलीको राजीनामा माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung