बागलुङ जिल्लामा सबैभन्दा बढी शेयर सदस्य भएको सिवाईसी सहकारी संस्थाले युवा पुस्तालाई सहकारी संस्थामा आकर्षित गर्ने उदेश्यले धौलागिरि अंचलमै पहिले एटीएम सेवा संचालन गरेको छ ।
एटिएम काउन्टरको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङगानाले उद्घाटन गरेका थिए ।आर्थिकसँगै प्रविधिको विकासमा सहकारीले मारेको फड्को प्रसंसा योग्य रहेको भन्दै ढुङगानाले गरिवि निवारणमा सहकारीको भुमिका महत्वपुर्ण रहेको वताए ।
कोरोना भाइरस कोभिड १९ को कारणले सारा बिश्व आक्रान्त बनिरहेको बेला सहकारी संस्थाले शेयर सदस्यलाई सहकारी मार्फत हुदै आएको आर्थिक काम कारोवार गर्न अझै सहज होस भनेर एटीएम सेवा सुरू गरेको सिवाइसी सहकारी संस्था लिमिटेडका अध्यक्ष चण्डी प्रसाद शर्माले बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य हुमा कुमारी जिसीले सहकारी शेयर सदस्यको भावना अनुसार अगाडि बढ्न सक्नुपर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारी ,जिल्ला सहकारी संघका अध्यक्ष दीपक गौतमले बैंक तथा बित्तिय संस्थाले सहकारीहरूको नकारात्मक प्रचारप्रसार गरिरहेको समयमा बागलुङको सहकारीले बैंकले दिने सेवा सुविधा दिनु सकारात्मक पाटो भएको बताए ।
कार्यक्रममा तरकारी उत्पादक सहकारी संघका अध्यक्ष पार्वती आचार्य ,नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीष , सहकारीका पुर्व सल्लाहकार देवबहादुर श्रेष्ठ लगाएतले वोल्नु भएको थियो ।
सहकारी संस्था लिमिटेड गण्डकी प्रदेशको बागलुङ जिल्लामा मुख्य शाखा सहित ११ वटा सेवा केन्द्र मार्फत सहकारीको काम कारोवार गर्दै सहकारीले शेयर सदस्य र शेयर पुजी रहेको छ ।
सहकारीले गण्डकी प्रदेशका सहकारी मध्य पहिलो पटक आ.व २०७७,०७८ को प्रस्तावित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । पहिलो चरणमा २५१ जना लाई एटीएम कार्ड लिएर कारोवार शुरू गरेका छन् ।
कार्यक्रम सिवाईसी सहकारी संस्थाका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलको अध्यक्षता ,सहसचिव सुवास आचार्यको स्वागत ,सल्लाहकार निर्माण कुमार श्रेष्ठको धन्यवाद मन्तव्य र प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।
संस्थागत पुँजीमा रहको रकम मध्ये १ करोड ५० लाख उद्यम गर्न चाहने युवा तथा फरक क्षमता भएका र अति विपन्न सदस्यहलाई आय आर्जन मुलक कार्यको लागि सहुलियत दरमा ऋण प्रदान गरिने जनाएको छ ।
आर्थिक अवस्था कमजोर भएका जहेन्दार विद्यार्थीहरुलाई सहुलियत दरमा सर्टिफिकेट ऋण उपलब्ध गराइने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
आ.व. २०७७,७८ को अन्तसम्ममा संस्थाको एक्शेस व्रान्डका ८६ वटा सूचकहरुलाई सवल बनाउँदै नेफ्स्कूनको प्राविधिक सहयोगमा एसियाली ऋण महासंघद्वारा विगत ५ वर्षदेखि संचालित एक्शेस व्रान्डका कार्यक्रममा प्रमाणिकरण गरी एसिया स्तरका वा्रन्ड प्राप्त गर्ने लक्ष्य लिइएको छ ।
संस्थाको प्रभावकारी वित्तिय व्यवस्थापन तथा आय वृद्धि गर्न आधार दर, फरकता दर, प्रतिस्पर्धी बजार दरको विश्लेषण गरी ऋणमा न्यूनतम ११ प्रतिशत र अधिकतम १३ प्रसतिशतमा नबढ्ने गरी मूल्य (ब्याज) निर्धारण गरिने जनाएको छ ।
आगामी वर्ष दशवटै स्थानीय पालिकामा सहकारीको सेवा केन्द्र स्थापना हुने बताइएको छ । त्यस्तै सबै सेवा केन्द्रबाट रेमिट्यान्स कारोवार पनि संचालन गर्ने बताइएको छ ।
सदस्यको सन्तुष्टी जाँच गर्न हरेक वर्ष १० प्रतिशत शेयर सदस्यको सन्तुष्टी सर्भे गर्ने लक्ष्य राखिएको छ । शनिवारदेखि सहकारीले एटिएम सेवा पनि थालेको छ । एटिएमबाहेक एसएमएस सेवा, क्युआर कोडमार्फत भुक्तानी सेवा पनि यस अघि नै थालिसकेको थियो ।
सहकारीले ऋणको प्रकारलाई विभाजन गरेको छ । जस अनुसार औद्योगिक ऋण ८ प्रतिशत, व्यापार तथा व्यवसाय ऋण २५ प्रतिशत, कृषि ऋण ३० प्रतिशत, शैक्षिक ऋण ४ प्रतिशत तथा सम्पत्ति खरिद र मर्मत ऋणमा २० प्रतिशत बिनियोजन गरिने बताइएको छ । त्यसबाहेक युवा स्वरोजगार, लघु उद्यम ऋण, कर्मचारी सहुलियत ऋण समेत राखिएको छ ।
सिवाईसीमा असार मसान्तसम्म २० करोड शेयर पूँजी रहेकोमा आगामी वर्ष २४ करोड पु¥याउने लक्ष्य सहित ३ अर्ब ५ करोडको अनुमानित कारोवारको तथ्यांक प्रस्तुत गरिएको थियो ।
सहकारी संग १ अरब २ करोड २६ लाख ७२ हजार ४ सय ६७ रूपैयाँ बचत निक्षेप ऋण लगानी ८४ करोड ३९ लाख ६६ हजार ९० रूपैयाँ सहकारी को कुल सम्पत्ति १ अरब ४३ करोड १९ लाख ८५ हजार २१५ रूपैयाँ रहेको छ सहकारीले जनाएको छ ।



















































































































































































































