१ जेष्ठ २०८२, बिहीबार

 

वर्षातले एक घर भत्कियो, एक उच्च जोखिममा

राजेशचन्द्र राजभण्डारी
बागलुङ नगरपालिका–१ रामरेखामा आज बिहान वर्षातका कारण एक घर भत्किएको छ भने एक घर उच्च जोखिममा परेको छ । रामरेखा गंगापथ टोल स्थित बाबुराम सापकोटाको एक घर पूर्ण रुपमा भत्किएको छ भने एक घर उच्च जोखिममा रहेको छ ।

घरमाथिबाट हालै स्तरोन्नती गरिएको मरेपिपल–रामरेखा सडकका कारण घर भत्किएको स्थानीय धर्मदत्त सापकोटाले जानकारी दिनुभयो । घरमा सृजना रेग्मीको परिवार वस्दै आएकी थिएन । उहाँहरु घर भत्किन थालेपछि विहान २ बजे घरबाट निस्कनु भएको थियो ।

घर भत्किदा मानविय क्षति भने भएको छैन । अहिले नेपाल प्रहरी र अर्जुनवाण गणका सेना घटनास्थलमा परिचालन भएका छन् । अहिले नोपल प्रहरी सहित अर्जुनवाण गणका ११ जना सेनाले घरमा पुरिएका सामग्री निकाल्ने र क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको अर्जुनवाण गणका जम्दार अमृत बस्नेतले आदर्श जानकारी दिए  ।

वर्षातका कारण घर भत्किदा भण्डै ८ लाख बराबरको क्षति पुगेको छ । घर पछाडि सडकको मेशीनरी वाल रहेको र वर्षातका कारण सडकको मेशीनरीवालले धकेल्दा घर भत्किएको हो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung