२० जेष्ठ २०८३, बुधबार

 

४९ प्रतिशतले बढ्यो वाणिज्य बैंकहरूको निक्षेप

वाणिज्य बैंकहरूको निक्षेप एक वर्षमा ४९ प्रतिशतले बढेको छ । ऋणको वृद्धिदर भने निकै सुस्त छ। ऋण विस्तार जम्मा ४.५१ प्रतिशतले भएको छ । यो अघिल्लो वर्षको निक्षेप र ऋणसँग गरिएको तुलना हो।

राष्ट्र बैंकका अनुसार एक वर्षमा बैंकहरूको कुल निक्षेप ६ खर्ब ८ अर्ब रुपैयाँ संकलन भएको छ। यसमध्ये ५ खर्ब ९८ अर्ब रुपैयाँ स्वदेशी मुद्राको निक्षेप हो। विदेशी मुद्राको निक्षेप वृद्धिदर यसपालि ६८ प्रतिशतले घटेको छ।

ऋण वृद्धिदर साढे ४ प्रतिशत छ। कुल ४ खर्ब ४ अर्ब रुपैयाँ ऋण विस्तार भएको हो। यसमध्ये स्वदेशी मुद्राको ऋण ३ खर्ब ८३ अर्ब रुपैयाँ मात्र विस्तार भएको छ। यो भनेको ४.७९ प्रतिशतको वृद्धि हो ।

गत वर्षको पछिल्लो चार दिनमा ऋण विस्तार र निक्षेप संकलन अस्वाभाविक देखिएको छ। कुल निक्षेप ९८ अर्ब रुपैयाँले बढेको छ। ऋण पनि ६१ अर्ब रुपैयाँले बढेको छ।

बैंकहरूले ब्याज भुक्तानीका लागि थप ऋण प्रवाह गरेकाले कुल ऋण रकम पछिल्लो चार दिनमा ह्वात्तै बढेको हो। निक्षेप भने सरकारी भुक्तानीका कारण बढेको हो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung