प्रभु बैंकले नायब प्रमुख कार्यकारी अधिकृतमा मणिराम पोखरेललाई नियुक्त गरेको छ । उनी सात वर्षदेखि प्रभु बैंकमा कार्यरत छन् ।
त्यसअघि उनी ८ वर्षसम्म हिमचुली विकास बैंकको प्रमुख कार्यकारी अधिकृत थिए ।
सन् १९९० बाट बैंकिङ करियर सुरु गरेका पोखरेलले सुरुमा नबिल बैंक, नेपाल एसबीआई हुँदै नेपाल क्रेडिट एन्ड कमर्स बैंकमा काम गरेका थिए ।यसै गरी प्रभु बैंकबाट दिनेश थकाली प्रभु क्यापिटलको प्रबन्ध निर्देशकमा लगिएका छन् ।
उक्त क्यापिटलको चुक्ता पुँजी ८१ करोड रुपैयाँ छ । उनलाई सञ्चालक समितिको सदस्य र क्यापिटलको प्रबन्ध निर्देशक दुवै जिम्मेवारी दिइएको छ ।
थकाली चार्टर्ड एकाउन्टेन्ट हुन् । प्रभु बैंक आउनुअघि उनी सांग्रिला विकास बैंकमा थिए ।त्यस्तै महालक्ष्मी विकास बैंकले कामु प्रमुख कार्यकारी अधिकृतमा सागर शर्मालाई नियुक्त गरेको छ। कृष्णराज लामिछानेले राजीनामा गरेपछि साउन २ गतेदेखि उक्त पद रिक्त थियो ।







































































































































































































