२ जेष्ठ २०८१, बुधबार

 

अधिकारीद्वारा जन्म दिनको खर्च मानव सेवा आश्रमलाई

लायन्स क्लब अफ बागलुङ सिटीको संस्थापक अध्यक्ष रिजन चियर लायन पर्सन पार्वती अधिकारीले आफनो जन्म दिनको खर्च मानव सेवा आश्रमलाई दिएकी छिन । अधिकारीले आफनो जन्म दिन मानव सेवा आश्रम बागलुङमा आश्रय लिएको लक्ष्मी नारायणहरुसँग मनाएकी हुन ।

बागलुङ नगरपालिका वडा नं ३ किनारा टोलमा रहेको आश्रमलाई अधिकारीले खाद्यान्न र नगद सहायोग गरेकी आश्रमको व्यवस्थापक सुमिरा लामाले बताइन । जन्म दिनको उपलक्ष्यमा आश्रमका लक्ष्मी नारायणहरुको सरसफाई र स्वास्थ्य जाँच गरिएको थियो । आश्रमलाई पार्वती अधिकारीले नियमित सहयोग गर्दै आएकी छिन ।

कार्यक्रममा लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ वि १ नेपालका चिफ काउन्सिलर एमजेएफ लायन काजिमान गुरुङ,लायन्स क्लब अफ धौलागिरिको अध्यक्ष लायन जयराम भारी, जोन चियर पर्सन लायन गोपाल पौडेल, रिजन चियर पर्सन लायन पार्वती अधिकारी प्रमुख अतिथि महिला अधिकारकर्मी खड्क कुमारी खड्काले मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा लायन्स क्लब अफ बागलुङ सिटीका

नयाँ सदस्यहरु लक्ष्मी केसी,शकुन्तला थापा, अनिता केसी,सृजना पाण्डे,निर्मला पौडेल,मन शर्मा, नितु खड्का,आकृति भण्डारी,विष्णु खड्का र दुर्गा खड्कालाई रिजन चियर पर्सन लायन पार्वती अधिकारी, लायन्स क्लब अफ बागलुङ सिटीको पूर्वअध्यक्ष पिआरओ लायन कविता बस्नेत र क्लबको अध्यक्ष लायन लक्ष्मी धर्ती श्रेष्ठले स्वागत गरेकी थिइन ।

कार्यक्रम लायन्स क्लब अफ बागलुङ सिटीकी अध्यक्ष लक्ष्मी धर्ती श्रेष्ठको अध्यक्षता,स्वागत क्लबको प्रथम उपाध्याक्ष पुष्पा कुमारी क्षेत्री र संचालन क्लबको सचिव पुष्पा केसीले गरेकी थिइन ।आश्रममा ४० जना बेसहारा नागरिकहरुले आश्रय लिएर बसेका छन ।

प्रतिक्रिया दिनुहोस्