२९ बैशाख २०८२, सोमबार

 

नेटवर्किङ बिजनेस : चिकित्सक सुब्बा पक्राउ

नेटवर्किङ बिजनेस गरेको आरोपमा एक डाक्टर पक्राउ परेका छन् । बागलुङको ढोरपाटन नगरपालिका- १ बुर्तिबाङबाट एमबीबीयस डाक्टर बालकुमार सुब्बा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार नेटवर्किङ बिजनेसमार्फत ग्राहक बनाई रकम असुल्दै आएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

सरकारले अवैधानिक मानेको नेटवर्किङ बिजनेस क्राउडको संजाल विस्तार गरि बागलुङको पश्चिम क्षेत्रमा विभिन्न व्यक्तिलाई सदस्य बनाउने र रकम लिने गरेको गोप्य सूचनाको आधारमा उनलाई समातिएको डीएसपी राजेन्द्र रेग्मीले जानकारी दिए ।

सुब्बालाई इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी नेतृत्वको टोली शुक्रबार बजारबाट पक्राउ गरेकाे हाे ।

झापाकाे दमक नगरपालिका घर भएका सुब्बा करिब ५ वर्षदेखि जनरल फिजिसियनको रुपमा गुल्मी र बागलुङका विभिन्न निजि क्लिनिकमा काम गर्दै आइरहेका थिए।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung