१ जेष्ठ २०८२, बिहीबार

 

बागलुङमा बिनापासका गाडीलाई प्रवेश निषेध

जिल्ला प्रशासन कार्यालय बागलुङले पासबिनाका सवारीसाधनलाई जिल्ला प्रवेशमा रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले शुक्रबार निकालेको सूचनामा बागलुङबाट अत्यावश्यक कामका लागि मात्र अन्तर जिल्ला सवारी पास जारी हुने र अन्यत्र

जिल्लाबाट बिनापासका सवारी साधनलाई जिल्ला प्रवेश गर्न रोक लगाइएको उल्लेख छ । साथै सवारी पास माग गर्दा गन्तव्य रहेको स्थानीय तहको सहमति र हाल बसिरहेको स्थानीय तहको सिफारिस एवं अत्यावश्यक कार्यको प्रमाणसहित कार्यालयमा निवेदन दिनुपर्ने जनाइएको छ ।

अत्यावश्यक र ढुवानी सेवाको लागि भने पास आवश्यक छैन । देशका विभिन्न स्थानबाट काठमाडौं प्रवेश गर्दा ठूलो संख्यामा यात्रुहरूमा कोरोना भाइरस देखिएकाले गृह मन्त्रालयको निर्देशनबमोजिम सवारी पासमा कडाइ गरिएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung