३१ बैशाख २०८२, बुधबार

 

बरेङ गाउँपालिकाको आ व २०७७ र ०७८ को बजेट (पूर्णपाठ सहित)

गाउँसभाका आदरणीय अध्यक्षज्यू,
गाउँसभाका सदस्य ज्यूहरु,

ज्ञ। कोभिड(१९ नामको कोरोना भाइरसवाट सिर्जित विश्वव्यापी महामारीले सिर्जना गरेको चुनौतीपूर्ण परिस्थिति र बन्दावन्दी बीच आज नेपालको संविधान वमोजिम गठित स्थानीय सरकारको तर्फबाट आर्थिक वर्ष २०७७र७८ को वजेट यस सम्मानित सभा समक्ष पेश गर्दछु ।

द्द। सर्वप्रथम, संघीय लोकतान्त्रिक गणतन्त्रको उज्यालो युगतर्फ पुर्याउने क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्णमहान शहिदहरुप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।यस क्षणमा वेपत्ता तथा घाइते योद्धाहरु र उहाँहरुको परिवारजन लगायत आम जनसमुदायमा उहाँहरुको अभूतपूर्व योगदान प्रति हार्दिक सम्मान प्रकट गर्दै नमन गर्न चाहन्छु । यसैबीचमा गाउँसभाले गाउँसभा सदस्य, वडा नं। ३ का वडा अध्यक्ष तथा न्यायिक समितिका सदस्य समेत रहनु भएका जनसेवामा प्रतिवद्ध नेता पुर्न वहादुर खनाललाई गुमाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु ।

घ। कोभिड(१९ का कारण विश्वभर संकट पैदा हुनुका साथै उल्लेख्य रुपमा जनधनको क्षति भएको छ । नेपालमा संक्रमण फैलन नदिन गरिएको बन्दाबन्दी बीचमा हाम्रो गाउँपालिकामा भारतवाट आएका नागरिकहरुमा संक्रमण देखिन थालेको छ । यस महामारीका कारण स्वदेश तथा विदेशमा जीवन गुमाउनुहुने नेपालीलगायत विश्वभरका नागरिकहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछु । यस वरेङ गाउँपालिका लगायत नेपालभर र विदेशमा समेत उपचाररत दिदीबहिनी तथा दाजुभाइहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

द्ध। संघ,प्रदेश र स्थानीय तहवीचकोसहकारिता, सहअस्तित्व र समन्वय लाई प्रवर्द्धन गर्दै जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता सुनिश्चित गरी सुलभ र गुणस्तरीय सेवा प्रवाह गरी सिंहदरवार गाउँमै आएको अनुभूति जनतालाई दिनुपर्ने अवसर,दायित्व र चुनौती हामी माझ आएको छ ।

छ। आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा मैले यो वर्ष सम्म हाँसिल भएका उपलव्धिहरु संस्थागत गर्दै जनप्रतिनिधमूलक लोकतान्त्रिक पद्धतिबाट नेपाली नागरिकले खोजेको सेवा, चाहेको विकास र परिकल्पना गरेको समतामूलक समाजको निर्माण गर्ने प्रणालीबाट निर्देशित हुँदै समाजवाद उन्मुख उदीयमान गाउँपालिकाको रुपमा स्थापित गर्न यो बजेट केन्द्रित गरेको छु ।
ट। बजेट तर्जुमा गर्दा मैले मूलतस् नेपालको संविधान रकानूनहरु, नेपाल सरकार तथा प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेट वक्तव्य, विनियोजन विधेयक,२०७७को सिद्धान्त र प्राथमिकता, निर्मित विविध कानुनहरु, गाउँकार्यपालिकाका निर्णयहरु तथा दीगो विकास लक्ष्यलाई मुख्य आधार बनाएको छु ।साथै, विभिन्न क्षेत्रका सरोकारवालाबाट प्राप्त हुन आएका महत्वपूर्ण सुझावलाई समेत बजेट निर्माण गर्दा विशेष ध्यान दिएकोछु ।

ठ। स्थानीय सरकारको आन्तरिक स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट हस्तान्तरित अनुदान तथा राजस्व बाँडफाँडलाई मुल आधार मानी यो बजेट तथा कार्यक्रम तर्जुमा गरेको छु । साथै,यस बजेटमा गाउँपालिकाको आफ्नो क्षेत्राधिकारभित्र कर तथा गैर कर राजस्व परिचालन र व्यवस्थापनलाई प्राथमिकतामा राखेको छु ।

ड। अनुत्पादक तथा अनावश्यक खर्च घटाउने, पुँजीगत बजेटको अंश बढाउने र चालु खर्चमा मितव्ययिता ल्याउने गरी बजेट प्रस्ताव गरेकोछु । साथै कार्यक्रमको छनौट, साधन स्रोतको बाँडफाँड र विनियोजनमा देखिने दोहोरोपनलाई न्यूनीकरण गर्न प्रशासनिक तथा प्राविधिक क्षमता,स्रोत तथा विनियोजनका वीचमा सन्तुलन कायम हुने गरी स्रोत व्यवस्थापन गर्ने व्यवस्था मिलाएकोछु ।

ढ। समाजवादउन्मुख अर्थतन्त्रको निर्माण,परिपूरक कानुन तर्जुमा,भौतिक पूर्वाधारको निर्माण र व्यवस्थापन, आन्तरिक स्रोतको आधारविस्तार,उत्पादनरउत्पादकत्व बृद्धि,आयोजनाको प्राथमिकीकरण,असल शासन प्रवर्द्धन र अन्तरसरकारी समन्वय हाम्रो सरकारको प्रमुख चुनौती रहेका छन् ।
सभाका अध्यक्षज्यू,
सभाका सदस्यज्यूहरु,
ज्ञण्। अव म आगामी आर्थिक वर्ष २०७७र७८ को वजेटका उद्देश्य तथा प्राथमिकता प्रस्तुत गर्ने अनुमति चाहन्छु ।बजेटका उद्देश्यहरु निम्न अनुसार रहेका छन् ।
ज्ञ। कोरोना भाइरस रोगको रोकथाम,नियन्त्रण र उपचारको प्रभावकारी व्यवस्थापन गर्नु,
द्द। संकटग्रस्त अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउनु,
घ। जनसहभागिता,उत्तरदायित्व,पारदर्शिता सुनिश्चित गरी सुलभ र गुणस्तरीय सेवा प्रदान गर्नु,
द्ध। लोकतन्त्रका लाभहरुको समानुपातिक समावेशी र न्यायोचित वितरण गर्नु,
छ। कानुनी राज्य र दिगो विकासको अवधारणाअनुरुप समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई स्थानीय तहदेखि नै सुदृढीकरण गर्नु,
ट। स्थानीय नेतृत्वको विकास गर्दै स्थानीय शासन पद्धतिलाई सुदृढ गर्नु,
ठ। स्थानीय तहमा विधायिकी,कार्यकारिणी र न्यायिक अभ्यासलाई संस्थागत गर्नु ।

ज्ञज्ञ। आगामी आर्थिक वर्षको बजेटमा देहायका क्षेत्रमा लगानीलाई उच्च प्राथमिकता दिएको छु ।
ज्ञ। कोभिड(१९ को महामारीबाट जनताको जीवन रक्षा गरी जनजीवनलाई सुरक्षित र सहज बनाई सुरक्षित राख्न क्वारेन्टिन एवं आइसोलेसन व्यवस्थापन,अत्यावश्यक औषधि,स्वास्थ्य सामग्री एवं उपकरणको उपलब्धता,परिक्षणको दायरा विस्तार र उपचारको व्यवस्था मिलाउने ,
द्द। सडक तथा पुल ९झोलुङ्गे पुल समेत०, सिंचाई, भवन तथा शहरी विकास, उर्जा, लघु तथा साना जलविद्युत , सञ्चार क्षेत्रको विकास मार्फत पूर्वाधार विकास गर्ने,
घ। कृषि,पर्यटन,उद्योग तथा वाणिज्य,सहकारी,वित्तीय क्षेत्रको विकास मार्फत आर्थिक विकास गर्ने,
द्ध। शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, सँस्कृति प्रवर्द्धन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण को विकास मार्फत सामाजिक विकास गर्ने,
छ। वन, वातावरण तथा विपद् व्यवस्थापन गर्ने,
ट। शासकीय सक्षमताको विकास गरी सुशासन र सदाचार प्रवर्द्धन गर्ने ।

सभाका अध्यक्ष महोदय,
सभाका सदस्यज्यूहरु,
अव म चालु आर्थिक वर्ष २०७६र७७ को आय व्ययको यथार्थ स्थिति प्रस्तुत गर्न चाहन्छु ।
ज्ञद्द। चालु आर्थिक वर्षमा रु १९ लाख राजस्व परिचालन हुने अनुमान रहेकोमा चालु आर्थिक वर्षकोअसार मसान्त सम्म अनुमानित आन्तरिक आयको प्रक्षेपण अनुरुप राजस्व संकलन भै सकेको छ । त्यसैगरी चालु आर्थिक वर्षको जेष्ठ मसान्त सम्म नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदान बापत रु ३ करोड ६३ लाख र संघीय राजस्व वाँडफाँडबाट रु २ करोड ८४ लाख ३४ हजार सत्तरी रुपैया आय प्राप्त भएको छ । त्यस्तै प्रदेश वित्तिय समानीकरण अनुदानवापत रु ९० लाख ८५ हजार पाँच सय आय प्राप्त भएको छ । प्रदेश राजस्व बाँडफाँड बाट प्राप्त हुने आय ज्येष्ठ मसान्त सम्म प्राप्त हुन आएको छैन ।
ज्ञघ। चालु आर्थिक वर्षको नेपाल सरकार,सशर्त अनुदान तर्फ रु ७ करोड २७ लाख ८० हजार रुपैया प्राप्त भएको छ। त्यस्तै सामाजिक सुरक्षा भत्ता बापत रु ५ करोड ४० लाख ८१ हजार रुपैया प्राप्त भएको छ ।

ज्ञद्ध। अनुदान तथा राजस्व बाँडफाँडका अतिरिक्त झोलुङ्गे पुल निर्माण तर्फ रु ४० लाख, स्थानीय पूर्वाधार विकास कार्यक्रम तर्फ रु ७४ लाख ९ हजार पाँच सय, प्रधानमन्त्री रोजगार कार्यक्रम तर्फ रु १७ लाख ९३ हजार, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण तर्फ रु ८ लाख २६ हजार, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम कार्यक्रम तर्फ रु २ लाख ७९ हजार दुई सय तिस रुपैंया र गरिव सँग विश्वेश्वर कार्यक्रम तर्फ रु ५ लाख ७५ हजार पाँच सय रुपैयाको सिधै अख्तियारी प्राप्त भएको छ । यस्ता कार्यक्रमको लागि प्राप्त भएको रकमको प्रतिवेदन सिधै नेपाल सरकारमा पठाउने गरी अख्तियारी प्राप्त भएकाले स्थानीय सरकारको बजेट प्रणालीमा समावेश गरिएको छैन ।

ज्ञछ। आर्थिक वर्ष २०७५र७६को राजस्व र व्ययको यथार्थ विवरण ,ज्येष्ठ मसान्त सम्मको आर्थिक वर्ष २०७६र७७ को आय तथा व्यय विवरण तथा संशोधित अनुमान र आर्थिक वर्ष २०७७र७८ को अनुमानित आयव्ययको विवरण अनुसूचीहरुमा उल्लेख गरेको छु ।
सभाध्यक्ष महोदय,
सभाका सदस्य ज्यूहरु,
अब म क्षेत्रगत रुपमा आगामी वर्ष २०७७र७८ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छु ।

स्वास्थ्य
ज्ञट। कोभिड(१९ को रोकथाम,नियन्त्रण र उपचार एवम् भविष्यमा आउन सक्ने विभिन्न महामारीलाई मध्यनजर गरी स्वास्थ्य प्रणालीलाई सवल र सुदृढ तुल्याउन आवश्यक जनशक्ति व्यवस्थापन गर्दै स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास तथा सेवा विस्तारमा जोड दिइनेछ । विपद र त्यसबाट सिर्जित स्वास्थ्य समस्यालाई सम्बोधन गर्न आवश्यक औषधि तथा उपकरणको लागि स्रोत व्यवस्था गरेको छु । उक्त प्रयोजनका लागि कोरोना कोषमा रु ६० लाख विनियोजन गरेको छु ।

ज्ञठ। कोभिड(१९ ले स्वास्थ्य पूर्वाधारको विकास र विस्तारप्रति हामी सबैलाई गम्भीर बनाएको छ । गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवामा आम नागरिकको पहुँच अभिवृद्धि गर्न हुग्दीशिर स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पतालमा स्तरोन्नति गरी सेवा विस्तार गर्न संघीय सरकारसँग आवश्यक समन्वय गरिनेछ । स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाईहरुको पूर्वाधार विकास गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।

ज्ञड। विकासको साध्य र साधन दुवै नागरिक नै भएकाले सवै नागरिकलाई स्वस्थ बनाई उत्पादकत्व अभिवृद्धि गर्न र सवल मानव पुँजी निर्माण गर्न स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिई वजेट विनियोजन गरेको छु । सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा आम नागरिकको पहुँचमा पुर्याउन सामुदायिक स्वास्थ्य इकाई स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न आवश्यक पर्ने रु ६७ लाख ९५ हजार वजेटको व्यवस्था मिलाएको छु ।

ज्ञढ। ूरोग पालेर होइन, फालेर बाचौंू भन्ने मान्यतालाई सार्थक रुप दिन स्वस्थ नागरिक,स्वस्थ समाज, स्वस्थ जीवन र त्यसका लागि स्वस्थ उत्पादन र स्वस्थ उपभोग गर्ने बानी विकास गर्न सामाजिक जागरण ल्याईनेछ । महिला प्रजनन स्वास्थ्य, सरसफाई तथा उपाध्यक्षसँग सँस्थागतसुत्केरी उपहार कार्यक्रमको लागि रु। १ लाख तीस हजार बजेटको व्यवस्था गरेको छु ।

द्दण्। गाउँपालिका भित्रका स्वास्थ्य सेवा प्रदायक संस्थाबाट प्रदान गर्न तोकिएका आधारभूत स्वास्थ्य सेवा भरपर्दो,सर्वसुलभ र गुणस्तरीय बनाउन सामुदायिक औषधि कार्यक्रम तथा बहुक्षेत्रिय पोषण सुधार कार्यक्रमका लागि रु ६ लाख विनियोजन गरेको छु ।
द्दज्ञ। महिला स्वास्थ्य स्वयंसेविकाहरुले गाउँपालिकाको आधारभूत स्वास्थ्य, सरसफाइ तथा पोषणसम्वन्धी क्षेत्रमा गरेको उल्लेखीय कार्यको उच्च मुल्याङ्कन गर्दै उहाँहरुलाई सेवा प्रति उत्प्रेरित गर्न महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य विमा कार्यक्रम सञ्चालनको लागि रु। १ लाख ६० हजार बजेटको प्रवन्ध गरेको छु ।

सडक पूर्वाधार
द्दद्द। भौगोलिक आवद्धता कायम गर्न, कृषि तथा उद्योग व्यवसायको विकास गर्न, जनजीवन सहज गर्न र उच्च आर्थिक वृद्धि हाँसिल गर्न सघाउ पुग्ने गरी सडक पूर्वाधारका लागि आवश्यक बजेट विनियोजन गरेको छु । गाउँपालिका भित्रका गाउँवस्तीमा सहज आवागमनका लागि सल्यान सुखौरा सडक निर्माणका लागि रु १ करोड बजेट प्रवन्ध मिलाएको छु । दुई वा सो भन्दा बढी ठाउँहरुको दुरीलाई कम गर्न यथाशक्य छिटो झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न गर्ने नीति लिएको छु ।

द्दघ। गाउँपालिकाको गौरवको योजनाको रुपमा गाउँपालिका रिङरोड निर्माण आयोजनालाई प्राथमिकतामा राखेको छु । यो गौरवको योजनाको निर्माण कार्य शुरु गर्ने गरी रु ५० लाख विनियोजन गरेको छु ।
खानेपानी
द्दद्ध। आधारभुत खानेपानी नपुगेको गाउँवस्तीमा खानेपानी पुर्याउने कार्यक्रमलाई निरन्तरता दिएको छु । एक घर एक धारा कार्यक्रमलाई समेत अगाडि बढाउने व्यवस्था गरेकोछु ।

ऊर्जा विकास
द्दछ। पेट्रोलियम पदार्थको प्रयोगलाई प्रतिस्थापन गर्न जलविद्युत तथा वैकल्पिक ऊर्जाको उत्पादन र उपभोग बढाउन जोड दिइएको छ । उज्यालो गाउँपालिका बनाउने हाम्रो सरकारको प्रतिवद्धतालाई पूरा गर्न सार्वजनिक,निजी,सहकारी र सामुदायिक क्षेत्रको सह(लगानीमा ऊर्जाको उत्पादन,वितरण र व्यवस्थापनमा जोड दिईनेछ ।
द्दट। बरेङ गाउँपालिका, उज्यालो गाउँपालिका घोषणालाई साकार पार्न आगामी आर्थिक वर्षमा राष्ट्रिय प्रशारण लाइन तत्काल पुर्याउन नसकिने तथा हाल सम्म बत्ती बाल्न आधुनिक उर्जाको पहुँच नपुगेका ठाउँ र घरधुरीको यथार्थ विवरणका आधारमा उपयुक्त कार्ययोजना बनाई अगाडि बढिनेछ ।

शहरी विकास
द्दठ। आधुनिक सभ्यताको मानक नै सुविधायुक्त शहर भएको तथा मुलुकको विकासको स्वरुप शहरी पूर्वाधारबाटै प्रतिविम्वित हुने यथार्थलाई ध्यान दिँदै शहरी विकास तर्फको कार्यक्रम प्रस्ताव गरेको छु । यसका लागि पूर्वाधार सहितको व्यवस्थित शहर र बस्ती विकासका कार्यक्रम सञ्चालन गरिनेछ । आगामी आर्थिक वर्ष नमुनाका रुपमा पूर्वाधार सहितको वस्ती विकास गर्न बरेङ बजार बृहत सुधार योजनाका लागि रु ३ करोड ४४ लाख पचास हजार रुपैया बजेटको व्यवस्था मिलाएको छु ।
द्दड। गाउँपालिकाको केन्द्रमा प्रशासनिक भवन निर्माण लगायतका कार्यहरुलाई तिव्रता दिन आवश्यक विस्तृत आयोजना प्रतिवेदन तयार गरी नेपाल सरकार तथा प्रदेश सरकारसँगको साझेदारीमा व्यवस्थापन गर्न रु। २ करोड समपूरक कोषको व्यवस्था मिलाएको छु ।

पर्यटन
द्दढ। गाउँपालिका भित्रका ऐतिहासिक, साँस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाहरुको पहिचान, संरक्षण, प्रवर्द्धन एवं प्रचार प्रसार मार्फत स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधारको रुपमा पर्यावरण अनुकूल पर्यटन उद्योगको विकास गर्न पर्यटकलाई अतिथिको रुपमा सम्मान गर्ने अतिथिदेवो भवस् अभियानलाई थप प्रभावकारी गराईनेछ ।
घण्। उच्च आर्थिक वृद्धि, उत्पादन रोजगारी र आयको वितरणलाई तत्काल टेवा पुर्याउने प्रतिस्पर्धी क्षेत्रको रुपमा सम्भावना बोकेको पर्यटन क्षेत्रको विकासलाई मैले जोड दिएको छु । बरेङ गाउँपालिकालाई आकर्षक,मनोरम र साहसिक पर्यटकीय गन्तव्यको रुपमा पहिचान स्थापित गराउने गाउँपालिका भित्रको ऐतिहासिक महत्व, पुरातात्विक वस्तु,कला, सँस्कृतिको संरक्षण तथा पर्यटनको प्रवर्धन गर्न गाउँपालिका अन्तर्गत पर्ने सत्यवती मन्दिर र कालीलेक सिद्धथान मन्दिरलाई साँस्कृतिक र कौडे डाँडा, भैँसीखोला झरना, भित्रिवन देउराली र भातेपोखरालाई पर्यटकीय क्षेत्र लगायतको व्यापक प्रचारप्रसार गरी पर्यटन महोत्सव तथा व्यवस्थापन गर्न समेतका लागि रु ५ लाख विनियोजन गरेको छु । गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रहरुको विस्तृत योजना प्रतिवेदन तयार गर्न समेत आवश्यक वजेट मिलाएको छु ।साथै गाउँपालिका भित्र सञ्चालित होमस्टेको प्रवर्द्धन कार्यक्रम गरिनेछ ।

कृषि, भूमि व्यवस्था, सहकारी र सिंचाइ
घज्ञ। नागरिकको खाद्यअधिकार सुरक्षित गर्दै गरिवीको अन्त्य गर्न, ठुलो संख्यामा रहेका कृषक परिवारको आयस्तर बृद्दि गर्न तथा सवल अर्थतन्त्रको निर्माण गर्न कृषिको आधुनिकीकरण,विशिष्टीकरण र व्यवसायीकरण जरुरी छ । यसका लागि मेरो किसान मेरो अन्नदाता भन्ने अभियानका साथ उन्नत बीउविजन,मलखादको व्यवस्था तथा सिचाईको प्रवन्ध गर्दै उन्नत खेती र उच्च मूल्यका बालीको विकास गर्न रु ७२ लाख ४५ हजार वजेटको व्यवस्था गरेकोछु ।
घद्द। अर्गानिक कृषि उपजको उत्पादन र उपभोग बढाउन विषादी रहित खाद्यान्न उत्पादन र उपभोग गर्ने संस्कृतिको विकास गर्न कृषक तथा उपभोक्तालाई उत्प्रेरित गर्न प्रांगारिक खेती गर्न समेत वजेट विनियोजन गरेको छु ।
घघ। ूउत्पादन किसानको जिम्मा हो,बजार र मुल्य सरकारको जिम्मा होूभन्ने नाराका साथ कम्तिमा दुईवटा कृषि उपज संकलन केन्द्र निर्माण गर्न रु १० लाख बजेट विनियोजन गरेको छु । किसानले उत्पादन गरेको कृषि उत्पादनको बजारीकरण उचित मूल्य र खेर जान नदिने नीति अवलम्बन गरी कार्यान्वयन गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु ।
घद्ध। गाउँपालिका भित्र रहेको खेतियोग्य भूमिको एकिकृत विवरण तयार गरी चक्लावन्दी खेती गर्न तथा संघीय सरकारको भूमि( बैंकको स्थापना र संचालन गर्ने नीति अनुरुप भूमि बैंकको स्थापना गर्न र लगानीमा ऋण सहजीकरण गर्नका लागि रु ६ लाख बजेटको ब्यवस्था गरेकोछु ।
घछ। स्वदेशी श्रम,स्वदेशमै पसिनाको नीतिअनुसार “हात हातमा कृषि सामग्रीःगाउँ गाउँमा रोजगारी” अभियानका साथ कोभिड(१९ महामारीको कारण देश भित्रै रोजगारी गुमाएका र विश्वका विभिन्न भागबाट रोजगारी गुमाइ स्वदेश फर्किएका वा फर्कन चाहने बरेङबासी नागरिकहरुको व्यवस्थित तथ्यांक तयार गरी उनीहरुको रुची र उपयुक्तताको छनौट अद्यावधिक गर्न र कार्यक्रमको तर्जुमा गर्न ूकोभिड बिशेष कृषि कार्यक्रमू सञ्चालन गर्न रु १० लाख बजेट विनियोजन गरेको छु ।
घट। ूजहाँ खेती,त्यहाँ सिँचाइू को नारा सहित विद्यमान सिंचाइ प्रणालीहरुलाई पुनर्स्थापना तथा सुदृढीकरण गर्दैं सिंचाइको पहुँच नपुगेका स्थानहरुमा साना सिंचाइ निर्माणको लागी आवश्यक वजेट मिलाएको छु ।
घठ। कृषकलाई ब्याज अनुदान र सहुलियत कर्जा,कृषि सामग्री,विउरबेर्ना,कृषि विमा र न्यूनतम् समर्थन मूल्यको व्यवस्था गरिनेछ । यस क्षेत्रको विकासको लागि सहकारी,सामुदायिक र निजी फार्मलाई प्रोत्साहन गरिनेछ ।
सहकारी
घड। सहकारी क्षेत्रको नियमन र पुँजी परिचालनको माध्यमबाट सहकारी क्षेत्रलाई वित्तिय उत्प्रेरकका रुपमा विकास गरी स्थानीय अर्थतन्त्रको महत्वपूर्ण स्तम्भको रुपमा विकास गर्ने व्यवस्था मिलाएकोछु ।गाउँपालिका भित्रका सहकारी संस्थाको क्षमता अभिवृद्धि गर्न एक सहकारी एक उत्पादन कार्यक्रमका लागि रु ५ लाख बजेट विनियोजन गरेको छु ।
वन,वातावरण र विपद व्यवस्थापन
घढ। जनसाधारणमा वातावरणीय स्वच्छता सम्वन्धी चेतना बढाई भौतिक विकासबाट वातावरणमा पर्न सक्ने जोखिमलाई न्यूनीकरण गर्दै वन, वन्यजन्तु, पंक्षी, वनस्पति तथा जैविक विविधताको संरक्षण, सम्बर्द्धन र दिगो उपयोग सम्वन्धी कार्यक्रमका लागि वजेट विनियोजन गरेको छु ।
द्धण्। प्राकृतिक प्रकोपको मर्मलाई जुधेर हैन, बुझेर काम गरेमा मात्र विपदको नियन्त्रण तथा न्यूनीकरणमा ठूलो सहयोग पुग्ने हुँदा यसका लागि छुट्टै विपद व्यवस्थापन कोषमा रु १० लाख वजेट विनीयोजन गरेको छु ।
शिक्षा,युवा,खेलकुद तथा प्रविधि
द्धज्ञ। कोभिड(१९ को कारणले विद्यार्थीहरुको पठनपाठनमा पर्न गएको प्रभावलाई ध्यानमा राखी रेडियो, टेलिभिजन, अनलाइन तथा अफलाइनको माध्यमबाट सिकाइ सहजीकरणका लागि सामग्री उत्पादन तथा प्रशारण गर्न आवश्यक बजेटको व्यवस्था मिलाएको छु ।
द्धद्द। आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दा मैले सामाजिक रुपान्तरण र आर्थिक विकासको आधारशिला रहेको शिक्षाको विकासमा सर्वोपरी जोड दिएको छु । शिक्षालाई प्राविधिक, व्यवसायिक तथा रोजगारमूलक बनाउँदै सक्षम,नैतिक एवं राष्ट्रिय हितप्रति समर्पित जनशक्ति निर्माण गर्न सर्वोदय मावि र पुरुषोदय माविलाई विशेष अनुदानको लागि वजेट मिलाएको छु ।
द्धघ। सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार निर्माण,मर्मत सम्भार,सञ्चालन र व्यवस्थापन गर्न आवश्यक वजेट विनियोजन गरेको छु । सामुदायिक विद्यालयमा शैक्षिक सुशासन कायम गर्न “गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रमका” लागि रु १० लाख वजेट विनियोजन गरेको छु । विद्यालयको शैक्षिक तथा पुर्वाधार विकास योजनाका लागि रु १ करोड ३७ लाख ८७ हजार वजेट विनियोजन गरेको छु । सार्वजनिक विद्यालयहरु विपद्को बेलाका जनआश्रयस्थल बन्ने गरेको यथार्थतालाई मनन गरी पूर्वाधारमा सुधार गरिनेछ ।
द्धद्ध। आगामी आर्थिक वर्ष मा अन्तर(माध्यमिक विद्यालय राष्ट्रपति रनिङशिल्ड प्रतियोगता संचालनको लागि रु। १ लाख, आधारभूत तहको परीक्षा सञ्चालन, अनुगमन तथा व्यवस्थापन समेतका लागि रु ६ लाख बजेट विनियोजन गरेको छु ।साथै प्रारम्भिक वाल विकास केन्द्रका सहयोगी कार्यकर्ता र सामुदायिक विद्यालयहरुमा कार्यरत कार्यालय सहयोगीहरुमा राष्ट्रसेवा प्रति उत्प्रेरित गराउन आवश्यक व्यवस्था गरिनेछ ।
द्धछ। विपन्न विद्यार्थी शैक्षिक सामाग्री वितरण, लोकसेवा तयारी कक्षा संचालन तथा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन गरेको छु । विद्यालयमा खुद भर्नादर,टिकाउदर तथा लैगिक सुचकमा उल्लेखनीय सुधार गर्न विद्यालय सुधार योजना तथा गाउँ शिक्षा सुधार योजना निर्माण गर्न समेतका लागि रु। ९१ लाख ७० हजार वजेट विनियोजन गरेको छु ।
द्धट। सामुदायक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न विद्यालयको शिक्षक तथा कर्मचारी दरवन्दी, विद्यार्थी संख्या समेतलाई आधार लिई प्राथमिक विद्यालयलाई हाम्रो सरकारले नयाँ अभ्यासका रुपमा गाउँपालिका शिक्षकको व्यवस्था गर्न आवश्यक वजेट रु १२ लाख ५० हजार बजेटको व्यवस्था गरेको छु ।
द्धठ। सूचना,संचार र प्रविधिको विकास मार्फत विधुतीय शासनको दिशामा अगाडि बढ्न आवश्यक पर्ने बजेटको प्रवन्ध गरेको छु । गाउँपालिकाका नै फ्रि वाईफाईयुक्त गराउन नमुनाका रुपमा कार्यान्वयन गर्न बरेङ वजारमा वाईफाई जडान गर्न योजनाका लागि रु ५ लाख बजेट विनियोजन गरेको छु ।
द्धड। सुशासनका लागि संचारको महत्वप्रति गाउँपालिका सचेत छ । गाउँपालिकाबाट सम्पादन भएका कार्यहरु आम नागरिक समक्ष पुर्याउन रेडियो कार्यक्रम सञ्चालनका लागि रकम विनियोजन गरेको छु । पत्रकारसम्वद्ध संस्थाहरुको सुदृढीकरणमा जोड दिनुका साथै गाउँपालिका र जिल्ला भित्र कार्यरत उत्कृष्ट संचार माध्यम र संचारकर्मीलाई सम्मान गरिनेछ । सामुदायिक विहानी रडियोको संस्थागत क्षमता विकासका लागि रु ३ लाख वजेटको व्यवस्था मिलाएको छु ।

सामाजिक संरक्षण र नागरिक संरक्षण
द्धढ। आर्थिक र सामाजिक रुपमा जोखिममा रहेका नागरिकलाई सुरक्षा प्रदान गर्न तथा सभ्य र लोककल्याणकारी शासन व्यवस्था मार्फत मर्यादित जीवन र सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा आवश्यक भएकाले यसलाई स्थानीय सरकारले समेत विशेष चासोका साथ लिनेछ ।
छण्। आधारभूत सामाजिक संरक्षणका सेवा सुविधाहरुमा सवै नागरिकहरुको पहुँचबाट सवल समाज निर्माण गर्न सामाजिक सुरक्षा भत्ता पाईरहेका विपन्न नागरिकलाई सम्मान तथा वस्तुगत सहायता वितरण, सुकुम्वासी व्यवस्थापन लगायतका कार्यक्रम संचालन गरी हाम्रो सरकारको जनतामाझ वलियो उपस्थिति देखाउन नमुनाका रुपमा “गाउँपालिका अध्यक्ष सामाजिक संरक्षण,सुरक्षा तथा वचाउ रक्क्ए”कार्यक्रमका लागि रु ७ लाख विनियोजन गरेको छु ।
छज्ञ। गाउँपालिकामा जेष्ठ नागरिहरुको अनुहारमा मुस्कान छर्ने सोच सहित ूउमेर सत्तरी कार्यक्रमू संचालन गर्न र बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकका लागि विशेष कार्यक्रम संचालन गर्न लक्षित वर्ग उत्थान कार्यक्रम सञ्चालन गर्न रु ५ लाख वजेट विनियोजन गरेको छु ।
संस्कृति
छद्द। स्वस्थ र सभ्य संस्कृतिको विकास गरी समाजिक सु(सम्वन्धमा आधारित समाजको निर्माण गर्न धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सवै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गरिनेछ ।
छघ। गाउँपालिका भित्र रहेका प्राचीनकला,साहित्य र संस्कृति विशिष्ट पहिचानका रुपमा रहेका छन । यसर्थ सामाजिक र सांस्कृतिक रुपले हाम्रो समाज जीवित संग्रहालय हो । त्यसैले संस्कृतिको साझा सुन्दर फुलवारीको रुपमा रहेको हाम्रो समाजको तस्विर झल्काउन र अन्तर संस्कृतिको सम्मान गर्न गाउँपालिका केन्द्रमा सांस्कृतिक संग्राहालय स्थापना गरिनेछ ।जहाँ बाट सवैभाषी, धर्म, भूगोल र जनजातिका मानिसले आफ्नोपन र सहायताको अनुभूति समेत गर्न सक्नेछन ।
छद्ध। आफ्नो नागरिकताको राज्य वा भूमि भन्दा अर्को राज्य तथा भूमिमा आश्रय खोज्ने हाम्रो नेपाली संस्कृति र प्रवृत्तिलाई अन्त्य गर्न एकिकृत वस्ती विकासको अवधारणा लिईनेछ ।
सुशासन र सार्वजनिक सेवा प्रवाह
छछ। शासकीय स्वच्छता र सुशासन प्रवर्द्धनलाई प्राथमिकतामा राखी सवै क्षेत्रमा सदाचार पद्धति अवलम्वन गरिनेछ ।
छट। सार्वजनिक प्रशासनको कार्य संस्कृतिमा आमूल परिवर्तन गरी संघीय शासन प्रणाली अनुरुपको सोच र कार्य शैलीको विकास गरिनेछ । सार्वजनिक पदाधिकारीहरुको जवाफदेहिता सुनिश्चित गरिनेछ ।
छठ। कोभिड(१९ को संक्रमण जोखिमको विद्यमान अवस्थामा कार्यस्थलमा खटिने स्वास्थ्यकर्मी लगायत सबै राष्ट्रसेवकको योगदानको उच्च मूल्यांकन गरी कोरोना रोकथाम र उपचारको लागि अग्रपंक्तिमा रही काम गर्ने राष्ट्रसेवकहरुलाई प्रोत्साहन गर्न आवश्यक रकम विनियोजन गरेको छु ।
छड। आगामी आर्थिक वर्षको लागि अस्थायी, करार लगायत गाउँपालिकामा कार्यरत सबै राष्ट्रसेवकहरुको रु १ लाख सम्मको निःशुल्क कोरोना उपचार बीमा गर्ने व्यवस्था मिलाएको छु ।
छढ। कर्मचारी तथा शिक्षकहरुको गाउँपालिका भित्र सरुवा,पुरस्कार,सजाय,वृत्ति विकास र क्षमता अभिवृद्धिको अवसरलाई कार्यसम्पादनमा आधारित बनाइनेछ ।
टण्। आगामी आर्थिक वर्षबाट कार्यान्वयनमा आउने गरी कर्मचारी कल्याण कोष स्थापना गरी वजेटको सुनिश्चितता गर्दै लगिनेछ ।आगामी आर्थिक वर्षका लागि कर्मचारी प्रोत्साहन तथा पुरस्कारका र कर्मचारी कल्याण कोषका लागि वजेट विनियोजन गरेको छु ।
टज्ञ। आगामी आर्थिक वर्ष २०७७र७८देखि वजेट तयारी, लेखाङकन लेखांकन तथा प्रतिवेदन जस्ता कार्य स्थानीय संञ्चित कोष व्यवस्थापन प्रणाली क्ग्त्च्ब्शुत्रको पूर्णरुपमा लागू गरी हाम्रो सरकारको आर्थिक कार्यप्रणाली र प्रशासनिक कामकारवाहीमा सुशासन कायम गरिनेछ ।
टद्द। कोभिड(१९ को कारणले राजस्व र अन्य स्रोतमा परेको चापको कारणले सीमित स्रोतको उच्चतम र मितव्ययी तवरले उपयोग गर्नुपर्ने भएको छ । यस सन्दर्भमा अनावश्यक प्रशासनिक खर्च नियन्त्रण,अत्यावश्यक वाहेकका तालिम गोष्ठी,बैठक भत्ता र बैठकमा प्रयोग हुने खाजा वा खाना जस्ता विषयहरुको खर्च न्यूनीकरण गरी सार्वजनिक खर्चलाई व्यवस्थित र मितव्ययी वनाउने नीति लिइनेछ ।
टघ। बजेट सरकारको वार्षिक नीति मात्र होइन जनताको आशा र भरोसाको दस्तावेज पनि हो । स्रोत व्यवस्थापन र यसमा हुने खर्चको माग आफैमा चुनौतीपूर्ण विषय पनि हो । यो जटिल परिस्थितिमा तयार हुने बजेटमा अंकित विनियोजनको अंकलाई विवेकपूर्ण र औचित्यपूर्ण वनाउने दायित्व हामी सवैको हो । एक ठाउँमा हुने अध्याधिक माग वा खर्च नगर्ने प्रवृत्तिले अर्को अत्यावश्यक क्षेत्र स्रोतको अभावले ग्रस्त हुन जान्छ । यी विषयमा सवैबाट थप सहयोगको अपेक्षा गरेको छु ।
टद्ध। आगामी आर्थिक वर्ष २०७७र७८ मा विभिन्न विषय क्षेत्रगत आर्थिक,सामाजिक,पूर्वाधार,वन,वातावरण तथा विपद व्यवस्थापन,सुशासन तथा संस्थागत विकासमा अनुमानित विनियोजन भएको वजेट अनुसूचीमा समावेश गरेको छु ।
सभाका अध्यक्ष महोदय,
गाउँसभाका सदस्यज्यूहरु,
अव म बजेटमा उल्लिखित क्षेत्रगत नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न आवश्यक पर्ने बजेट विनियोजन र स्रोत अनुमान प्रस्तुत गर्न चाहन्छु ।
टछ। आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न जम्मा रु ३४ करोड ९८ लाख ७० हजार रुपैंया खर्च हुने अनुमान गरेकोछु । कुल विनियोजन मध्ये चालुतर्फ रु २० करोड ५ लाख ९० हजार अर्थात् ५७।३३ प्रतिशत र पुँजीगततर्फ रु १४ करोड ९२ लाख ८० हजार अर्थात् ४२।६७ प्रतिशत रहेको छ ।
टट। आगामी आर्थिक वर्षको व्यय अनुमानको विवरण ९उपशिर्षकगत तथा खर्च शीर्षकगत समेत० गाउँपालिकाको विनियोजन विधेयक,२०७६ संगै पेश गरेको छु । त्यस विवरणमा पदाधिकारी र कर्मचारी तलव भत्ता,पानी तथा विजुली महसुल,घर भाडा,करार सेवा शुल्क,सवै कार्यक्रम खर्च,‍औषधि व्यवस्थापन खर्च,राहत उद्धार खर्च, शैक्षिक संस्थालाई अनुदान जस्ता प्रशासनिक प्रकृतिका चालु खर्चको लागि चालु खर्च शिर्षकमा रु ४ करोड ५ लाख ६० हजार रुपैंया विनियोजन गरिएको छ जुन कुल बजेटको ११।५७प्रतिशत हुन आउँछ । आगामी वर्षको वजेटमा सामाजिक सुरक्षा भत्ता समावेश गरिएको छैन ।
टठ। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु ७ करोड ५६ लाख,संघीय विभाज्य कोषबाट प्राप्त हुने राजश्व वाँडफाँड रु ५ करोड ५५ लाख ९८ हजार १३ सय ,सशर्त अनुदान रु १५ करोड ३८ लाख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु १ करोड २० लाख १२ हजार, प्रदेश राजश्व वाँडफाँड रु २२ लाख ३९ हजार, आन्तरिक राजस्वबाट प्राप्त हुने रु २० लाख, नेपाल सरकारबाट प्राप्त समपुरक अनुदान रु १ करोड ७२ लाख, नेपाल सरकार बाट प्राप्त हुने बिशेष अनुदान रु १ करोड २० लाख, प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान रु ४० लाख र समपुरक अनुदान रु। ५० लाख व्यहोर्दा रु १ करोड ३ लाख ५५ हजार ८ सय ७० न्यून हुनेछ । सो न्यून पूर्ति गर्न चालु आर्थिक वर्षको असार मसान्तसम्म खर्च भई बाँकी रहने अनुमानित नगद मौज्दात १ करोड ३ लाख ५५ हजार ८ सय ७० उपयोग गरिनेछ ।

सभाका अध्यक्ष महोदय,
सभाका सदस्यज्यूहरु,
अव म आर्थिक वर्ष २०७७र७८ को लागि राजस्वका नीति प्रस्तुत गर्न चाहन्छु,
टड। स्थानीय सरकारको क्षेत्रभित्रका करको आधार फराकिलो पार्दै आन्तरिक राजस्व वृद्धि गर्न कर तथा गैरकर राजस्वको अधिकतम परिचालन गर्ने नीति लिएकोछु ।
टढ। कर तथा गैरकर राजस्व संकलनलाई प्रभावकारी बनाउन कानुनी तथा संस्थागत सुधार गरिनेछ ।कर तथा गैरकरका दरलाई प्रगतिशील बनाई राजस्व परिचालन गर्ने व्यवस्था मिलाएको छु ।
ठण्। आर्थिक रुपले विपन्न,अशक्त र असहाय अवस्थामा रहेका नागरिक मैत्री कर प्रणाली विकसित गरिनेछ ।

ठज्ञ। गाउँपालिका क्षेत्रभित्रका फरक क्षमता भएकाहरुको परिचयपत्र सम्वन्धी,आर्थिक रुपमा विपन्नहरुको निशुल्क उपचार सम्वन्धी तथा प्राकृतिक प्रकोप सम्वन्धी सिफारिश दस्तुर छुट गरिनेछ ।

ठद्द। जन्म, मुत्यु तथा अन्य व्यक्तिगत घटना सम्वन्धी ऐन,२०३३ बमोजिम नै बढीमा रु ५० सेवा शुल्क लिने व्यवस्था मिलाएको छु ।
ठघ। रोडा, ढुङ्गा, गिटी, बालुवा, चुनढुङ्गा लगायतका दहत्तर, बहत्तर शुल्क,विज्ञापन कर र मनोरञ्जन कर स्थानीय तहबाट संकलन गरी ग(४(२बाँडफाँड खातामा जम्मा गरी ६० प्रतिशत स्थानीय तहमा राखी ४० प्रतिशत प्रदेश सञ्चित कोषमा जम्मा हुने कानुनी व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ । रोडा,ढुङ्गा,गिटी,बालुवा,चुनढुङ्गा लगायतका दहत्तर बहत्तर शुल्क,विज्ञापन कर र मनोरञ्जन कर आदिको दर तथा दायरा विज्ञ समूहबाट अध्ययन गराई राजस्व संकलनलाई थप प्रभावकारी बनाइनेछ ।
ठद्ध। गाउँपालिका भित्रका व्यापारिक र व्यावसायिक प्रकृतिका मनोरञ्जनका महोत्सव,उत्सव तथा मेला आदिमा मनोरञ्जन करको व्यवस्था मिलाईनेछ ।
ठछ। गाउँपालिका भित्रमा घर नक्सा पास प्रक्रियालाई वि।सं।२०७७ साल श्रावण १ देखि लागू गरिनेछ ।
ठट। गाउँपालिका क्षेत्रभित्र व्यापार,व्यवसाय वा सेवामा पुँजीगत लगानी र आर्थिक कारोवारको आधारमा व्यवसाय दर्ता गर्न प्रोत्साहित गरी व्यवसाय करको दायरामा लिइनेछ ।
ठठ। कर सम्वन्धी प्रस्ताव आर्थिक विधेयक,२०७६ यसै साथ प्रस्तुत गरेको छु । कर सम्वन्धी प्रस्ताव सम्वत २०७७ साल साउन १ गतेबाट लागू हुने व्यवस्था मिलाएकोछु ।

सभाका अध्यक्ष महोदय,
सभाका सदस्यज्यहरु,
ठड। अन्त्यमा,कोभिड(१९ महामारी विरुद्धको हाम्रो संघर्ष पूर्णत कहिले अन्त्य हुन्छ भन्ने कुरा अहिले नै एकिन गर्न कठिन छ । तर,हामी सबैको सामुहिक प्रयासवाट यसलाई छोटो समयमा नै नियन्त्रण गर्न सफल हुने विश्वास मैले लिएको छु । जीवन रहे सुख र खुसी पुनःस्थापित गर्न सकिन्छ । समृद्धिको यात्रालाई पुनःजोड्न र गतिशील बनाउन सकिन्छ । यतिवेला हामी सबैको ध्यान कोभिड(१९ का विरुद्धको संघर्षमा केन्द्रित छ । कोभिड(१९ महामारीका कारणले उत्पन्न हुनसक्ने खाद्य संकट आउन नदिन,रोजगारी गुमाउन पुगेकाहरुको जीविकोपार्जनको आधार तयार गर्न तथा रोग नियन्त्रणसंगै अर्थतन्त्रलाई गतिशील बनाउने उद्देश्यअनूरुप नै यो बजेट,योजना तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

ठढ। यो बजेटको कार्यान्वयनमा नागरिक सहभागितालाई नागरिकको अधिकारको रुपमा स्थापित गरी स्वशासन र जनताद्वारा शासनको चरितार्थ गरी जनताप्रति पूर्ण जिम्मेवारपूर्वक भूमिका निर्वाह गर्ने कार्यमा हाम्रो सरकार पूर्ण प्रतिवद्ध छ ।

डण्। यो बजेट तर्जुमाका लागि मार्गदर्शन गर्नुहुने गाउँपालिका अध्यक्ष,गाउँसभाका सदस्यहरु,विभिन्न राजनीतिक दल,राष्ट्रसेवक कर्मचारी,निजी क्षेत्र,सहकारी क्षेत्र र नागरिक समाजका व्यक्तित्वहरु तथा पत्रकार जगतबाट प्राप्त सुझाव,सहयोग र सल्लाहप्रति हार्दिक आभार प्रकट गर्दछु ।

डज्ञ। अन्त्यमा,समृद्ध गाउँपालिका निर्माण गर्ने अभिभारा र कोभिड १९ ले सिर्जना गरेको चुनौतीहरु वीच आएको यो बजेटको सफल कार्यान्वयनमा विगतमा जस्तै सबै पक्षको अपनत्व र पूर्ण सहयोग प्राप्त हुने विश्वास लिएको छु ।साथै,मुलुक भित्र र वाहिर रहनु भएका सवै नेपालीलाई “समृद्ध बरेङ,सुखी बरेङवासी” निर्माणको हाम्रो सरकारको महान यात्रामा सहभागी हुन आब्हान गर्दछु ।

धन्यवाद१

डिल कुमारी पुन
बरेङ गाउँपालिका

गाउँसभाका सभाध्यक्ष महोदय,
सभाका सदस्यहरु,
उपस्थित गाउँपालिकाकाउपाध्यक्षज्यू,गाउँकार्यपालिकाका सदस्यज्यूहरु,गाउँसभाकासदस्यज्यूहरु, प्रमुख अथिति ज्यू,प्रमुख प्रशासकीय अधिकृत,गाउँपालिकाका कर्मचारीहरु,पत्रकारज्यूहरु एवं उपस्थित सम्पूर्णमहानुभावहरु,

ज्ञ। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई स्थानीय तह देखि नै सुदृढीकरण गरी गाउँपालिकाको समृद्धि र विकास तर्फ अगाडि बढिरहेकै समयमा कोभिड(१९ नामको कोरोना भाइरसवाट सिर्जित विश्वव्यापी महामारीले निम्त्याएको चुनौतीपूर्ण परिस्थिति र बन्दावन्दी बीच आज नेपालको संविधान वमोजिम गठित स्थानीय सरकारको प्रमुखको रुपमा वरेङ गाउँपालिकाको आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रम यस गरिमामय सभा समक्ष प्रस्तुत गर्दैछु ।
द्द। यस चुनौतीपूर्ण घडीमा गाउँसभालाई सम्वोधन गरिरहँदा म राष्ट्रलाई निरङ्कुश सामन्ती शासनप्रणालीको अँध्यारो युगबाट जनताका प्रतिनिधिमार्फत राज्य सञ्चालन गर्ने संघीय लोकतान्त्रिक गणतन्त्रको उज्यालो युगमा पुर्याउने क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । राष्ट्रियता,लोकतन्त्र र जनजीविकाको आन्दोलनमा अगुवाइ गर्नुहुने सम्पूर्ण अग्रजहरुको योगदानको उच्च सम्मानसहित स्मरण गर्न चाहन्छु ।
घ। यसैबीचमा गाउँसभाले गाउँसभा सदस्य,वडा नं।३ का वडा अध्यक्ष तथा न्यायिक समितिको सदस्य समेत रहनु भएका जनसेवामा प्रतिवद्ध नेता पुर्न बहादुर खनाललाई गुमाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु ।

द्ध। कोभिड(१९ का कारण विश्वभर संकट पैदा हुनुका साथै उल्लेख्य रुपमा जनधनको क्षति भएको छ । नेपालमा संक्रमण फैलन नदिन गरिएको बन्दाबन्दीको बीचमा हाम्रो गाउँपालिकामा भारतवाट आएका नागरिकहरुमा संक्रमण देखिन थालेको छ । यस महामारीका कारण स्वदेश तथा विदेशमा जीवन गुमाउनुहुने नेपालीलगायत विश्वभरका नागरिकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछु । यस वरेङ गाउँपालिका लगायत नेपालभर र विदेशमा समेत उपचाररत दिदीबहिनी तथा दाजुभाइहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
छ। कोभिड(१९९कोरोना भाइरस० रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा स्वैच्छिक रुपमा आर्थिक, स्वास्थ्य सामग्री तथा जिन्सी सामान सहयोग गर्नु हुने सम्पूर्ण व्यक्ति,बैंक तथा वित्तीय संस्था, सरकारी,गैर सरकारी संस्था एवम् सम्पूर्ण महानुभावहरुप्रति हार्दिक धन्यवाद दिन चाहन्छु ।

ट। संकटको यस घडीमा एकजुट भई महामारीको रोकथाम,नियन्त्रण र उपचारको कार्यमा अग्रपंक्तिमा अहोरात्र खटिनु हुने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, शिक्षक,सरसफाइकर्मी,सवारी चालक लगायत सबैको योगदानको उच्च प्रशंसा गर्दछु । जोखिमपूर्ण यस परिस्थितिमा आ(आफ्नो तहबाट खटिनु हुने जनप्रतिनिधि,राजनीतिक दल,सञ्चारकर्मी,व्यवसायी,निजी क्षेत्र,नागरिक समाज लगायत सबै व्यक्ति तथा संघसंस्थालाई धन्यवाद व्यक्त गर्दछु । हामीले जित्नै पर्ने यो रोग विरुद्दको लडाईमा सबैको थप ऐक्यवद्धता,सहकार्य,धैर्यता र आत्मविश्वासको आवश्यकता रहको छ । ूजीवन रहे जीवन सुधार्न र सिँगार्न सकिन्छू भन्ने मान्यतालाई आत्मसात गर्दै यस महामारी विरुद्धको अभियानमा धैर्यतापूर्वक जुट्न सबैलाई आह्वान गर्दछु ।
ठ। ऐतिहासिक प्रमाण,लिखत,दस्तावेज र नक्सा समेतका आधारमा मित्रराष्ट्र भारतसँगको सीमा सम्वन्धमा विगत लामो समयदेखि बाँकि रहेको र समय समयमा उठिरहेको विषय लिम्पियाधुरा,लिपुलेक र कालापानी क्षेत्रको नेपालको भूमिलाई समावेश गरी नेपालको नक्सा जारी, संविधान संशोधन गरीनिशाना छाप समेत परिमार्जन गरेकोमा सम्माननीय प्रधानमन्त्रीज्यू र नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
ड। लोकतन्त्रको आधारस्तम्भको रुपमा एवं जनताले महसुस गर्न सक्ने र भेट्न सक्ने सरकारको रुपमा रहेको स्थानीय सरकारसँग जनताको विकास प्रतिको उच्च आकांक्षालाई समयोचित सम्वोधन गर्दै समग्र गाउँपालिका समृद्धितर्फ तिव्र गतिको यात्रा तय गर्नु पर्ने अवस्थामा हामी स्थानीय सरकार रहेका छौँ ।यस विचमा स्थानीय सरकारको स्वरुपलाई संविधान प्रदत्त व्यापक क्षेत्राधिकार भएको वलियो स्थानीय सरकारको रुपमा रुपान्तरण गर्ने प्रक्रियालाई सँगसंगै र सावधानीपूर्वक अघि बढाउनु परेको छ । यस्तो जटिल र चुनौतिपूर्ण मोडमा लोकतन्त्रको संस्थागत विकास गर्न सदा सजग र संवेदनशील रहि हाम्रो सरकार काम गर्दैछ,नतिजा ल्याउँदैछ र अघि बढ्दैछ ।

ढ। सिमित स्रोत र साधनको अधिकतम परिचालन गरी गाउँपालिकाको समष्टिगत विकास गर्ने स्पष्ट दृष्टिकोण,गन्तव्य र लक्ष्य सहित तीव्र गतिमा अगाडि बढिरहेको अवस्थामा कोभिड(१९ को संक्रमणको सामना गर्नु पर्दा गाउँपालिकाको सेवाप्रवाह,विकास निर्माण लगायतका समग्र गतिविधि प्रभावित भएका छन् ।यस विषम परिस्थितिमा वरेङ गाउँपालिकाले कोरोना भाइरस रोगथाम तथा नियन्त्रण कार्यमा हाँसिल गरेका केही महत्वपूर्ण उपलव्धिहरु सम्मानित सभा समक्ष प्रस्तुत गर्न चाहन्छु ।
ज्ञण्। मिति २०७६ चैत्र १० गते बरेङ गाउँपालिकाको आयोजनामा सम्पूर्ण जनप्रतिनिधि र सरोकारवालाहरुको बीचमा एक दिने महामारी नियन्त्रण तथा विपद् व्यवस्थापन सम्बन्धी गोष्ठी सम्पन्न भई टोलस्तरीय सचेनता तथा निगरानी समिति देखि उच्चस्तरीय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समितिलगायतका संस्थागत संयन्त्रहरु हाल कोरोना विरुद्धको अभियानमा क्रियाशिल रहदैं आएका छन् ।
ज्ञज्ञ। मिति २०७६ चैत्र १८ गते गाउँपालिका अध्यक्ष बाट गाउँबासीका नाममा करिव ३० मिनेट कोरोना भाइरस न्यूनिकरण,रोकथाम तथा व्यवस्थापनका विषयमा सामुदायिक रेडियो विहानी ८९ मेगाहर्ज बाट प्रत्यक्ष प्रसारण हुने गरी विशेष सम्वोधन,गर्भवती र सुत्केरी महिलाहरुका लागि पोषण प्याकेज,कोरोना विमा, दीर्घरोगीहरुका लागि निःशुल्क औषधि वितरण,अत्यावश्यक तथा आवश्यकीयऔषधि र स्वास्थ्य सामाग्रीको प्रवन्धको सुनिश्चितता मार्फत स्थानिय सरकारको अनुभूति दिने गरी अभिभावकीय भूमिका निर्वाह गर्दै आएका छौं ।

ज्ञद्द। दैनिक ज्यालादारी,गुजारा व्यवसाय,अति सिमान्तकृत परिवारर सडक जीवन व्यतीत परिवार गरी परिवारलाई ४ भागमा विभक्त गरी राहत सम्बन्धी मापदण्डका आधारमा हालसम्म २४६ घर परिवारलाई राहत वितरण गरिसकिएको छ ।

ज्ञघ। क्भ्भ् रेडियो तयारी विशेष कार्यक्रम,हेलो अभिभावक कार्यक्रम,घर(घरमा शिक्षक, बालकक्षा देखि कक्षा ३ सम्मका विद्यार्थीहरुलाई अतिरिक्त सिकाई सामाग्रीहरु र कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई गाउँपालिकाको सहजिकरणमा विद्यार्थीको हात( हातमा पाठ्यपुस्तक वितरण लगायतका कार्यक्रम मार्फत शैक्षिक गतिविधिलाई निरन्तर क्रियाशील राख्दै अगाडी बढिएको छ ।

ज्ञद्ध। स्थानीय स्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण,प्रवर्दन र स्तरीकरण गर्न विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम, कोचिङ कक्षा सञ्चालन, पालिकास्तरीय शैक्षिक उपलव्धि मापन परीक्षा,राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता,पालिकास्तरीय अतिरिक्त क्रियाकलाप लगायतका शैक्षिक गतिविधि सञ्चालन गरिएको छ । आधारभूत तहको परीक्षा सञ्चालन,अनुमगन र व्यवस्थापन गर्न छुट्टै कार्यविधि निर्माण गरि कक्षा आठको परिक्षा मर्यादित एवं व्यवस्थित रुपमा सम्पन्न गरिएको छ । प्रारम्भिक वाल विकास केन्द्रबाटै विद्यालयको शैक्षिक सुधार गर्न कक्षाकोठा व्यवस्थापनलाई विशेष जोड दिईएको छ ।

ज्ञछ। सामुदायिक रेडियो विहानी ८९ मेगाहर्जको सहकार्यमा ऋइख्क्ष्म्(१९ विशेष रेडियो कार्यक्रम,सन्देशमूलक सूचना एवं शिक्षकहरुको नेतृत्वमा गठित टोलस्तरीय निगरानी तथा सचेतना समिति लगायतका संयन्त्रमार्फत कोरोना रोग सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यलाई उच्च प्राथमिकता दिईएको छ ।

ज्ञट। प्रकोप विपद् व्यवस्थापन कोषको स्थापना गरिएकोले विभिन्न व्यक्ति एवं निकायबाट उल्लेखनीय रुपमा योगदान स्वरुप सहयोग प्राप्त भएको छ । साथै टोलस्तरीय निगरानी तथा सचेतना समितिको विशेष अग्रसरतामा क्वारेन्टिन स्थापना,सञ्चालन तथा व्यवस्थापनको कार्य प्रसंशनीय नै छ । हाल सम्म भारत लगायतका मुलुकबाट आएका २१४ जना नागरिकहरु मध्ये ७४ जनाको च्म्त्,१४६ जनाकोएऋच् स्वाव संकलन गरिएकोमा ४३ जनाको रिपोर्ट प्राप्त भएको जसमा ८ जनाको कोरोना संक्रमण पुष्टि भएकालेधौलागिरी क्याम्पसको आइसोलेशन कक्षमा पठाइएको र संक्रमण पुष्टि नभएका २३ जनालाई आ(आफ्नो घरमा बिदाई गरिएको छ ।

ज्ञठ। स्थानीय सरकार स्थापना पश्चातको तीन वर्षको अवधिमा चार वटा नीति तथा कार्यक्रमहरुको माध्यमबाट संविधान तथा कानुनप्रदत्त अधिकार बमोजिमका कार्य जिम्मेवारीहरु व्यवस्थित र नतिजाउन्मुख रुपमा सम्पादन गरी वरेङ गाउँपालिका खोजिने,देखिने र भेटिने सरकारको रुपमा स्थापित हुन सफल भएको छ । ूसमृद्ध नेपाल सुखी नेपालीूको राष्ट्रिय सोचलाई आत्मसात गर्दै ूसमृद्ध बरेङ,सुखीबरेङबासीू को दीर्घकालिन सोच प्राप्त गर्न आर्थिक,सामाजिक र साँस्कृतिक विकासका लक्ष्य सहित नीति र कार्यक्रम व्यवस्थित रुपमा अघि बढाइएका बेला हामी महामारीका कारणले उत्पन्न परिस्थितिको सामाना गर्न बाध्य भएका छौं ।

ज्ञड। नेपालको संविधानले परिकल्पना गरेको तीन तहको सरकार,त्यसका अधिकार क्षेत्र र संघ,प्रदेश र स्थानीय सरकारबिचको सहकार्य,समन्वय र सह(अस्तित्व समेतको मर्म अनुसार नेपाल सरकार र प्रदेश सरकारले प्रस्तुत गरेको दिगो विकासको लक्ष्य प्राप्तिसहितको नीति तथा कार्यक्रम समेतलाई हृदयङ्गम गरी हाम्रो स्थानीय सरकार सञ्चालनको तीन वर्षको अनुभव र गाउँसभा मार्फत पारित ऐन, नियम तथा कार्यविधि समेतका आधारमा आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रम तय गरिएको छ ।

गाउँसभाका सदस्यज्यूहरु,
ज्ञढ। स्थानीय सरकारले जनभावना,जनआकांक्षा र आवश्यकताका आधारमा स्थानीय नागरिकको जीवनस्तरमा सुधार गर्न दृढ संकल्पका साथ अगाडि बढिरहेको छ । भौतिक संरचना पर्याप्त नहुनु,कर्मचारी र अन्य स्रोतसाधनको कमी हुनु तथा संघ,प्रदेश र स्थानीय तहवीच आयोजनाको वर्गीकरण समयमा नहुनु जस्ता अनेकौं प्रतिकूलताका बाबजुद स्थानीय सरकारले हाँसिल गरेका केही महत्वपूर्ण उपलव्धिहरु यस गरिमामय सभा समक्ष प्रस्तुत गर्न चाहन्छु ।
द्दण्। नेपालको सन्दर्भमा स्थानीय सरकार नवीनतम् प्रयोग भएकाले स्थानीय सरकारको सुशासन,विकास र समृद्धिको लागि स्थानीय सरकार सञ्चालनका क्रममा स्थानीय तहलाई प्राप्त अधिकार क्षेत्रभित्रका विषयमा ४० वटा महत्वपूर्ण ऐन,नियम,निर्देशिका, कार्यविधि र मापदण्ड जारी गरी कार्यान्वयनमा आएका छन् । यसबाट स्थानीय सरकारलाई संविधान एवं कानुन वमोजिम प्रदत्त विधायिकी अधिकारको संस्थागत हुंदै गएको र गाउँपालिकामा कानुनी र कार्यविधिगत आधार तयार भई काम कारवाहीमा थप सहजता आएको छ ।

द्दज्ञ। स्थानीय तहमा न्यायिक अभ्यासलाई संस्थागत गर्न नेपालको संविधान र कानुन वमोजिम न्यायिक समिति गठन भई न्यायिक समिति समक्ष दर्ता भएका जम्मा ६ वटा विवादहरुलाईआपसी छलफल र मेलमिलापको माध्यमबाट समाधान गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा ४७ ले व्यवस्था गरेको न्यायिक समितिको अधिकार क्षेत्रको मेलमिलापको माध्यमबाट विवाद समाधान गर्न प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गरी उक्त केन्द्रको समन्वयकर्ता समेत तोकिएको छ । न्यायिक समितिबाट सूचिकृत गरेको मेलमिलापकर्ताबाट गरिने मेलमिलापको कार्यलाई प्रभावकारी बनाउन मेलमिलापकर्ता र समन्वयकर्ताहरुका लागि तीन दिने अनुशिक्षण कार्यक्रम सम्पन्न गरिसकिएको छ ।

द्दद्द। गाउँपालिका भित्रको ऐतिहासिक महत्व,पुरातात्विक वस्तु,कला,संस्कृतिको संरक्षण तथा पर्यटनको प्रवर्धन गर्न गाउँपालिका अन्तर्गत पर्ने सत्यवती मन्दिर र कालीलेक सिद्धथान मन्दिरलाई साँस्कृतिक र कौडे डाँडा, भैँसीखोला झरना,भित्रिवन देउराली र भातेपोखरालाई पर्यटकीय क्षेत्रको रुपमा घोषणा गरिएको छ ।
द्दघ। ढुंगा,गिट्टी,बालुवा,माटोआदि प्राकृतिक एवं नदीजन्य वस्तुको विक्री तथा निकासी शुल्क दस्तुर संकलन गर्न गाउँपालिका क्षेत्रभित्रका वगरहरुको प्रारम्भिक वातावरणीय परीक्षण गरी सो सम्बन्धी आय ठेक्का समेत सम्झौता गरी स्थानीय कर संकलन गरिनुका साथै व्यवसाय दर्ता,होमस्टे दर्ता लगायत नयाँ आन्तरिक स्रोतको दायरा फराकिलो बनाई चालु आर्थिक वर्ष ०७६र७७ मा अनुमानित आन्तरिक आय प्राप्त हुने संशोधित अनुमान छ ।

द्दद्ध। यस संकटको घडीमा समेत गाउँपालिकाले सहभागितामूलक योजना तर्जुमा प्रकृयामार्फत चालु आर्थिक वर्ष ०७६र७७ मा स्थानीयस्तरको विकासका लागि १५९ वटा वार्षिक योजना बनाई कार्यान्वयन गर्दै गर्दा जेष्ठ मसान्त सम्म उपभोक्ता समिति मार्फत कार्यान्वयनमा भएका पूँजिगत प्रकृतिका योजनाहरुको प्रगति करिव ८५ प्रतिशत पुगेको छ । त्यस्तै संस्थागत सुशासन र सेवा प्रवाह सँग जोडिएका योजना तथा कार्यक्रम करिव सम्पन्न भै सकेको अवस्था छ । यसवाट जनप्रतिनिधिहरुको भूमिका नीति निर्माण र विकास निर्माणको अगुवाइ,अनुगमन एवं जनताको सुख दुसखमा साथ दिने गरी हाम्रो सरकार सशक्त हुँदै गइहेको छ ।

द्दछ। हाम्रो सरकारले आफ्नो कार्य सञ्चालन गर्दा लागत न्यूनीकरण,स्रोत साधनको अधिकतम उपयोगको लागि नेपाल सरकार तथा प्रदेश सरकार सँग साझेदारी एवं संयुक्त व्यवस्थापनमा बृहत पूर्वाधार निर्माण लगायतका कार्य गर्दै आएको छ । जस्तै पेरिवाङ(वरेङ सडक निर्माणमा नेपाल सरकार र वरेङ(नाम्दुक सडक निर्माणमा स्थानीय पूर्वाधार कार्यक्रमसँग साझेदारी गरी समन्वय,सहकारीता र सहअस्तित्वको सिद्धान्तलाई स्विकार गरेका छौँ ।

द्दट। नयाँ संरचना,कर्मचारी अभाव,भौगोलिक कठिनाई,कानुनी अस्पष्टता र अन्यौलताका बावजूद पनि सार्वजनिक सेवा प्रवाह र सुशासनलाई पहिलो प्राथमिकता दिंदै जनताको सुख दुसखमा अभिभावकत्व ग्रहण गर्दै वडाहरुमा घुम्ती सेवा मार्फत गाउँ गाउँमास्थानिय सरकारको अनुभूति गराउन हाम्रो सरकार सदा प्रयत्नशील छ ।

द्दठ। प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्न पाउने संवैधानिक अधिकारलाई प्रत्याभूत गर्न यस स्थानीय सरकालेस्वास्थ्यकर्मी लगायतको सुविधा सहित ३ वटा ठाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरी स्वास्थ्य सेवा प्रवाह गरिएको छ । त्यसैगरी अपाङगता भएका नागरिकहरुको सेवाको लागि सवै वडाहरुमा चिकित्सक सहितको टोली मार्फत स्वास्थ्य परीक्षण गरिएको छ । साथै स्वास्थ्य सम्वन्धी विविध कार्यक्रम जस्तै उमेर सत्तरी कार्यक्रम मार्फत जेष्ठ नागरिकको घरघर सम्म स्वास्थ्य सेवा विस्तार गरी नागरिकको मौलिक हकप्रति हाम्रो सरकार प्रतिवद्ध छ ।

द्दड। पूरानो चिकित्सा आयुर्वेद प्रति जागरण ल्याउन सवै वडामा आयुर्वेद कार्यक्रम सहित आर्थिक रुपले विपन्न,अशक्त र असहाय अवस्थामा रहेका,असहाय एकल महिला,अपाङ्गता भएका,वालवालिका,आफ्नो हेरचाह आफैँ गर्न नसक्ने नागरिकलाई नागरिक सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । यस्ता कार्यक्रमलाई आगामी दिनमा थप सुदृढ बनाई निरन्तरतादिईनेछ ।

द्दढ। बरेङ गाउँपालिकावडा नं। १ मासामुहिक भैँसीपालन, वडा नं। २ मा अलैंची खेति तथा पुरुषोदय माध्यमिक विद्यालयमा सञ्चालित प्राविधिक धार तर्फको कृषि विषयको शिक्षा,वडा नं।३ माफलफुल खेति,वडा नं।४ मा बाख्रापालन र वडा नं।५ मा आलु खेति गरिसकिएकोमा सवै क्षेत्रबाट सकारात्मक प्रयत्न भएका छन ।

घण्। कर्मचारी समायोजन एवं व्यवस्थापन पश्चात भएको कर्मचारीको पूर्ति संगै कर्मचारीहरुको उच्च कार्यसम्पादन एवं लगनशिलताका कारण सेवा प्रवाहमा चुस्तता आएको छ । अझै विश्वव्यापी महामारी कोभिड¬(१९ ले सिर्जना गरेको विषम परिस्थितिले मुलुक बन्दाबन्दीको अवस्थामा रहँदा पनि राष्ट्रसेवक कर्मचारीहरु नियमित रुपमा कार्यालयमा उपस्थित भइ उच्च मनोबलका साथ सेवा प्रवाह गरी स्थानीय सरकारका प्रतिफलहरुलाई नागरिक समक्ष पुर्याउन भएको सकारात्मक भूमिकाको सदा सर्वदा स्मरण गरिनेछ । नवप्रवर्तन र सृजनशील कार्य गर्ने सबै तहका राष्ट्रसेवकहरुलाई उत्प्रेरित गर्न बजेटमा आवश्यक व्यवस्था गरिनेछ ।

घज्ञ। गाउँपालिका भित्रका नागरिकहरुको आवास सुधार कार्यक्रम सञ्चालन गर्न सो सम्वन्धी छुट्टै कार्यविधि निर्माण गरी गाउँपालिका भित्र रहेका सुकुम्बासी,घरवारविहिनर खरको छानो भएका तथा शौचालय विहिन परिवारका लागि रंगिन जस्तापाताको व्यवस्थापन गर्नआपूर्तिकर्ता सँग खरिद सम्झौता भई सकिएकोमा कोरोना भाइरस रोगको महामारीको कारणबाट आपूर्ति हुन नसकेकाले आवश्यक समन्वय गरी छिट्टै व्यवस्थापन गरिनेछ ।

घद्द। गाउँकार्यपालिकाको कार्यालय र सो अन्तर्गतका कार्यालय तथा आधारभूत र माध्यमिक विद्यालयहरुमा विधुतीय हाँजिरी जडान गरी विधुतीय शासनको अभ्यास गरिएको छ । त्यस्तै गाउँपालिकाको कार्यालयको सुरक्षाका लागि सिसि क्यामेरा जडान गरिएको छ । पत्रकारिता कार्यक्रम मार्फत सञ्चार जगतको विकास र विस्तार सम्बन्धी आधारभूत पत्रकारिता तालिम सम्पन्न गरिसकिएको छ । यस्ता कार्यक्रम मार्फत स्थानीय सरकारको सुचनाको सही प्रवाहीकरण गर्ने अपेक्षा लिईएको छ । त्यस्तै सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत हाम्रो सरकारको सेवा प्रवाह प्रतिको आम नागरिकको धारणा बुझ्ने कार्य समेत गरिरहेका छौँ ।

घघ। अनुदानमा आधारित विविध कृषिजन्य सामाग्री वितरण गरी कृषिमा आधुनिकीकरण गर्न खोजिएको छ । बरेङ गाउँपालिकाले मासु,अण्डा र दुधमा आत्मनिर्भर कार्यक्रमलाई अनुदानमा आधारित बनाई भकारो सुधार,पशु आहार र पशु स्वास्थ्य कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ ।

घद्ध। हाम्रो सरकारले गाउँपालिका भित्रका असाध्य रोग लागेका विपन्न नागरिकको स्वास्थ्य उपचारार्थ आर्थिक सहायता समेत तत्कालै सम्वोधन गरी स्थानीय सरकारको अनुभूति दिने प्रयास गर्दै आएको छ ।
घछ। असल बुहारी सम्मान,असल राष्ट्रसेवक सम्मान, वडा नं। ५ का वडा अध्यक्षलाई समयमै कार्यसम्पादन गरेकोमागाउँकार्यपालिकाबाट गरेको सम्मान, आमा समूहका पदाधिकारीहरुका लागि नेतृत्वसिप विकास,उदघोषण तथा पत्रकारिता तालिम,सुत्केरी महिलालाई रातो भाले,पोसिलो झोला वितरण,घर(घरमा अपाङगता परिचयपत्र वितरण,सामुदायिक वन साझेदारी लगायतका असल एवं सृजनशिल कार्यक्रम मार्फत समन्यायिक,समतामूलक र समृद्ध समाजको निर्माण गर्न हाम्रो सरकार दृढ सङ्कल्पित छ ।

घट। यस वर्षका हाम्रा उपलव्धिहरु उत्साहवर्धक छन् । हाम्रो स्थानीय सरकारले लिएका नीतिहरुको कार्यान्वयनबाट स्थानीय नेतृत्वको विकास र स्थानीय शासन पद्धति सुदृढ हुने प्रशस्त आधारहरु तयार भएका छन् ।हरेक दिन एक कदम अगाडि बढ्ने हाम्रो सरकारको दृष्टिकोण र शैलीका कारण सम्पूर्ण वरेङवासी नागरिकमा उत्साहको सञ्चार भएको छ ।

गाउँसभाका सदस्यज्यूहरु,
घठ। अब म गाउँपालिकाको आर्थिक वर्ष २०७७र७८ का लागि प्रस्तावित नीति तथा कार्यक्रम तर्फ यहाँहरुको ध्यानाकर्षण गराउन चाहन्छु ।
घड। यस प्रस्तावित नीति तथा कार्यक्रमले मानवीय क्षमता विकास,पूर्वाधार निर्माण,उद्धमशीलता र रोजगारी वृद्धि,स्थानीय नेतृत्व विकास,दिगो विकास,प्रभावकारी सेवा प्रवाहर कानुनी शासनको प्रत्याभूतिलाई प्राथमिकतामा राख्दै समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने तर्फ केन्द्रित छन् ।

घढ। झुले जस्ता जोखिमयुक्त बस्ती पहिचान गरी सुगम यातायातको व्यवस्थासहितको एकीकृत सामूहिक आवासको व्यवस्थापन गरिनेछ । साथै सुकुम्वासी तथा विपन्न नागरिकको पहिचान र अभिलेख व्यवस्थापनलाई व्यवस्थित गरी सुकुम्वासी तथा विपिन्न नागरिक सम्वन्धी जीविकोपार्जन र वसोवासको व्यवस्थापनका लागि उचित प्रवन्ध गरिनेछ।साथै यसका लागि गाउँपालिका अध्यक्ष सुकुम्वासी व्यवस्थापन तथा आवास सुधार कार्यक्रमसञ्चालनमा ल्याईनेछ ।

द्धण्। गाउँपालिकाको कार्य सम्पादनलाई छिटोछरितो, प्रविधिमैत्री, पारदर्शी र गुणस्तरीयता कायम गर्दै सूचना तथा प्रविधिको अधिकतम उपयोग मार्फत शासन प्रणालीलाई स्थानीय तहबाट नै सुदृढिकरण गरिने नीति अवलम्वन गरिनेछ ।

द्धज्ञ। कोभिड(१९ रोकथाममा नेपाल सरकारले गरेको लकडाउनलाई मध्येनजर गरी इन्टरनेटको पहुँच बिद्यार्थीसम्म पुर्याई वेवसाइट, मोबाइल एप, सामाजिक संजाल, रेडियो, भिडियो, अडियो तथा अन्य भिडियो कन्फेरेन्सिङ टुल मार्फत शिक्षण सिकाई क्रियाकलाप अघि बढाइनेछ ।

द्धद्द। नेपाल सरकारको योजना अनुसारयसपालिकामाजडान हुदैगरेकोफाइबर इन्टरनेटसेवालाईसम्पूर्णवडाकार्यालय, स्वास्थ्यसंस्थातथाबिद्यालयहरुमा जडानकार्यसम्पन्नगरिनेछ साथै इमेल इन्टरनेट मार्फत पत्रहरु, सूचना तथा जानकारीहरु आदानप्रदान गरिनेछ ।

द्धघ। हालगाउँपालिका, वडा, स्वास्थ्यसंस्था, मा।वि। तहमाप्रयोगमाल्याइएकोविधुतीयहाजिरीप्रणालीलाइक्रमशस् प्राथमिकबिद्यालयहरुमा समेतविस्तार गरिनेछ।

द्धद्ध। यस पालिका स्थित व्यस्तबजारतथा महत्वपूर्ण स्थानहरुमा निगरानी तथा सुरक्षा व्यवस्थापन गर्नका लागि सडक बत्तिसंगैसि।सि। क्यामेरा जडान गरिनेछ साथै यस्ता ठाउँहरुमा ँचभभ ध्ष्(ँष् श्यलभ बनाइनेछ।

द्धछ। गाउँपालिकाबाट कार्यन्वयन हुने योजना, कार्यक्रममा वित्तीय जोखिम न्यूनीकरणका लागि निर्माण र खरिद प्रक्रियालाई बढी पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन बार्षिक खरिद योजना बनाई भ्(द्यष्ममष्लन लाई प्रभावकारी रुपमा कार्यन्वयन गरिनेछ।
द्धट। प्रविधिकोप्रयोग तथा सूचनामा पंहुच अभिवृद्धि गर्न गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरुलाई सूचना प्रविधिसंग सम्बन्धित तालिम तथा कार्यशाला संचालन गरिनेछ ।
द्धठ। व्यक्तिगत घटनादर्ता तथासामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीलाईवडा स्तरबाट कार्यन्वयनमा ल्याइने र उक्त प्रणाली प्रयोगका लागि वडा सचिवहरुलाई आवश्यक तालिम संचालन गरिनेछ ।

द्धड। घरघरमा स्नातक,टोलटोलमा प्राविधिक,वडावडामा स्वास्थ्यकेन्द्र,वस्ती वस्तीमा ज्येष्ठ नागरिक क्लव र पर्ती जमिनमा सार्वजनिक उद्धानका साथै स्थानीय सरकारको सेवा प्रवाहलाई सूचना प्रविधिसहितको सेवा सँग जोड्न प्रत्येक विद्यालय तथा वडा कार्यालयलाई सूचना प्रविधियुक्त बनाई सूचना प्रविधिमा आधारित स्मार्ट गाउँपालिका बनाइनेछ ।
द्धढ। आयोजनाहरुको दोहोरोपनाको अन्त्यका लागि संघीय र प्रदेश सरकारसंग समन्वय र सहकार्यको नीति अवलम्वन गरिनेछ । अत्यावश्यक बाहेकका नयाँ आयोजना नथप्ने र कार्यान्वयनमा रहेका तथा अधुरा आयोजनाहरुलाई सम्पन्न गर्न बजेट व्यवस्थापनसँगै आयोजना बैंक तयारी गरी सञ्चालनमा ल्याइनेछ ।

छण्। विकासमा निश्चित उद्देश्य हाँसिल गर्न अपनाईने रणनीति,समय,क्रियाकलापहरु र साधन श्रोतको संयोजन गरी योजनावद्ध विकासको सुरुवात गर्न हाम्रो सरकारको आवधिक योजना तर्जुमाको कार्य अविलम्ब सुरुवात गरिनेछ ।

छज्ञ। गाउँपालिकाबाट नक्सापास नगरी भौतिक संरचना तथा घर निर्माण गर्ने र स्वीकृत मापदण्ड विपरित निर्माण कार्य गरिएका संरचनालाई विशेष व्यवस्थासहित कानुनी दायरामा ल्याइ त्यस्ता कार्य गर्नेलाई निरुत्साहित गरिनेछ ।गाउँपालिकाले तोकेको सडकको अधिकार क्षेत्रभित्र बनेका संरचना जुनसुकै वखत हटाईनेछ ।

छद्द। गाउँपालिका भित्र विगतदेखि सञ्चालित क्रमागत योजनाहरुलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइनेछ भने पूर्वाधार निर्माणको कार्यलाई व्यवस्थित गर्न मर्मत सम्भार कोष स्थापना गरी आवश्यक कार्यविधि बनाई व्यवस्थित बनाउँदै लगिनेछ । आगामी आर्थिक वर्षबाट हेभि मेशिनरी उपकरणहरुका माध्यमको प्रयोग मार्फत कार्यान्वयन हुने योजना तथा कार्यक्रम उपभोक्ता समिति मार्फत गरिने कार्यलाई क्रमशःनिरुत्साहित गरिदैं लगिनेछ । उपभोक्ता समितिले हेभि मेशिनरी उपकरणहरुको प्रयोग गरी कार्यान्वयन हुने गरी कार्यालयसँग योजना कार्यान्वयनको सम्झौता भएमा आगामी आर्थिक वर्षबाट नियमानुसार वहाल कर कट्टी गरी भुक्तानी दिने प्रणालीको अवलम्वन गरिनेछ ।
छघ। विगतबाट पाठ सिक्दै आगामी आर्थिक वर्षमा टुक्रे योजना तथा कार्यक्रम पूर्णत निरुत्साहित गर्दै एक वार्ड एक गौरवको योजना सञ्चालन गरिनेछ ।असारे विकासलाई आगामी वर्ष अन्त्य गर्न योजना सम्झौताका कार्यलाई श्रावण महिनाबाट शुरु गरिनेछ । साथै गौरवका योजना र मेशिनरी उपकरणको आवश्यकता पर्ने योजनालाई यथासम्भव ठेक्का प्रकृयामार्फत गरिनेछ ।
छद्ध। झोलुङगे पुल मार्फत छरिएर रहेका वस्ती विचको दुरी कम गरी सामाजिक आदानप्रदान तथा प्रशासनिक सुगमताका लागि झोलुङगे पुल निर्माणमा नेपाल सरकार तथा प्रदेश सरकार सँग आवश्यक सहलगानी तथा समन्वय गरिनेछ । साथै आर्थिक वर्ष २०७७र७८ का लागि झोलुङगे पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत कार्यान्वयन हुने भन्डारखोला, घट्टघाट, झुडीघाट, काउलेघाट, मजुवाफेदी झोलुङगे पुलको निर्माण कार्यलाई शिघ्र कार्यान्वयन गरिनेछ ।

छछ। जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धि गरी विकास र सेवा प्रवाहमा गुणस्तर कायम गर्न तालिम,प्रशिक्षण र अभिमुखीकरणका साथै भ्रमण अवलोकन गराईनेछ ।त्यसै गरी गाउँपालिका अध्यक्षले वडाध्यक्षसँग,प्रमुख प्रशासकीय अधिकृतले शाखा प्रमुखर वडा सचिवसँग तथा शिक्षा अधिकृतले विद्यालयका प्रधानाध्यापक सँग मापन योग्य सूचकहरुसहित कार्यसम्पादन सम्झौता गरी सम्बन्धीत पदाधिकारीहरुलाई नतिजा प्रति थप जवाफदेही बनाईनेछ ।
छट। गाउँपालिकाको भौगोलिक क्षेत्रभित्र सञ्चालन हुने सहकारी संस्थाको दर्ता,अनुमति,नियमन र व्यवस्थापनलाई प्रभावकारी बनाउदै स्थानीय सहकारी संस्थाको क्षमता अभिवृद्धि गरी सहकारी संस्थाको प्रवर्द्धन,परिचालन र विकास गरिनेछ।सहकारी सम्वन्धी स्थानीय तथ्यांक व्यवस्थापन र अध्ययन तथा अनुसन्धान गरी दैनिक उपभोग्य वस्तु,कृषि,वन,मत्स्य तथा पशुजन्य पदार्थ उत्पादन र विक्री वितरण गर्ने सहकारीलाई विशेष अनुदानको व्यवस्था गरिनुका साथै प्रमुख वस्तीहरुमा सुपथ मूल्यमा सहकारी पसल सञ्चालन गर्न प्रोत्साहन गरिनेछ ।
गाउँसभाका सदस्यज्यूहरु,
छठ। बैंक तथा वित्तीय संस्थाहरु सँगको सहकार्यमा एक वडा, एक सहकारीको नीति मार्फत समृद्धिको यात्राको नारालाई सार्थक पारिनेछ । सबै नागरिकहरुमा बैँक तथा वित्तीय साक्षरता अभिवृद्धि गर्न सघन रुपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिनेछ ।
छड। जनसांख्यिक,प्राकृतिक,आर्थिक,सामाजिक,सांस्कृतिक,भौतिक पूर्वाधार,रोजगारीको अवस्था,कुल गार्हस्थ्य उत्पादन,प्रतिव्यक्ति आय, मानव विकास तथा लैँगिक सशक्तीकरण सूचकांक,राजस्व तथा आयव्यय समेतको तथ्यांक संकलन र प्रशोधन गरी नवीनतम प्रविधियुक्त र राष्ट्रिय तथा स्थानीय सूचना प्रणालीमा आवद्धता र पार्श्वचित्र तथा स्रोत नक्साको अद्यावधिक अभिलेखन गरिनेछ ।

छढ। सार्वजनिक तथा सरकारी सम्पत्तिको अभिलेख राखी संरक्षण र सदुपयोग गरिनेछ ।यसका लागि गाउँपालिकामा गठित सार्वजनिक तथा सरकारी जग्गा संरक्षण समितिलाई थप क्रियाशिल बनाईनेछ ।वि।सं। २०७६(२०७८ लाई सार्वजनिक सम्पत्ति जग्गा संरक्षण वर्ष निरन्तरता दिन अभियानका रुपमा अगाडि बढाइनेछ ।

टण्। ूसमृद्द गाउँपालिका निर्माणको आधार,सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधारू भन्ने नारालाई सार्थक तुल्याउन र अभिभावक तथा विद्यार्थीहरुको रोजाइ र सिकाइको केन्द्र बनाउन सामुदायिक विद्यालयमा सुरक्षित घेराबार,खेलमैदान,शुद्ध पिउने पानी तथा स्वच्छ हरित विद्यालय निर्माण,सामुदायिक विद्यालय र सामुदायिक क्याम्पसहरुको सुदृढीकरण गर्ने कार्यलाई थप प्रभावकारी वनाउन ूगाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम ूसञ्चालन गरिनेछ ।

टज्ञ। भौगोलिक अवस्था,जनसङ्ख्या तथा आवश्यकताको आधारमा प्रारम्भिक बालविकास तथा शिक्षा ९बढीमा ५ वटा०को लागी सञ्चालन अनुमती दिई बालविकास सहजकर्ताको व्यवस्थापन गरिने छ। बालविकास सहजकर्तालाइ बालमनोविज्ञान सम्बन्धी तालिम दिई सक्षम बनाउने, बालशिक्षालाइ सुविधासम्पन्न साथै अनिवार्य गरिने छ।

टद्द। भौगोलिकता,विद्यार्थी सङ्ख्या तथा आवश्यकताका आधारमा विद्यालय समायोजन गरिने, कक्षा थपर घट गरिने तथा गाभिएका वा बन्द भएका विद्यालयहरुको सम्पत्ती आवश्यकताको आधारमा अन्य विद्यालयमा समायोजन गरिने छ।

टघ। सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीहरुको दरबन्दी मिलान,व्यवस्थापन,पुनर्वितरण एवं दरबन्दी सिर्जना विद्यालयको आवश्यकता तथा तह र शिक्षकको योग्यता एवं दक्षताको आधारमा गरिने छ ।

टद्ध। विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नको लागि एक विद्यालय एक पुस्तकालय, सघन विद्यालय अनुगमन, शैक्षिक सामग्री तथा पाठ्यसामग्री वितरण, स्थानीय शैक्षिक सामग्री प्रदशनी कार्यक्रम, प्राध्यापकहरु द्वारा नमूना कक्षा शिक्षण, शिक्षकहरुलाई स्थलगत रुपमा कम्प्युटर तालिम कार्यक्रम संचालन गरिनेछ ।

टछ। सामुदायिक विद्यालयका शिक्षक,कर्मचारी, राष्ट्रसेवक कर्मचारी,जनप्रतिनिधि तथा राज्यको स्रोतबाट पारिश्रमिक लिने सम्पूर्ण पदाधिकारीहरुका छोराछोरीहरुलाई सामूदायिक विद्यालयमा भर्ना गर्ने नीति अनिवार्य गरिने छ । साथै बरेङ गाउँ शिक्षा ऐन २०७७ जारी गरी कार्यान्वयनमा ल्याइने छ ।

टट। गाउँपालिका भित्रका न्युनतम योग्यता पुगेका शिक्षित जनशक्तिहरुको लगत संकलन गरी आवश्यकताका आधारमा विद्यालयमा स्वयंसेवा गर्न उत्प्रेरित गरिनेछ साथै अन्तर विद्यालय शिक्षण कार्यक्रम संचालन गरिनेछ ।

टठ। विद्यार्थी, शिक्षक तथा विद्यालयलाई प्रोत्साहन गर्नको लागि एक शिक्षक एक झोला कार्यक्रम, नमूना विद्यालय छनोट गरी पुरस्कृत गरिने कार्यक्रम, उत्कृष्ट शिक्षक तथा विद्यार्थी सम्मान कार्यक्रम, विद्यालयको पहलमा एक विद्यार्थी एक हटकेस तथा सबै छात्राहरुलाई स्यानिटरि प्याडको व्यवस्था गरिनेछ ।

टड। रेडियो शिक्षा तथा अभिभावक शिक्षा, सामुदायिक विद्यालय सत्यापन, अतिरिक्त कक्षा संचालन, लोकसेवा तयारी कक्षा, राष्ट्रसेवक कर्मचारी विद्यालयमा जस्ता कार्यक्रमहरु संचालन गरिनेछ । साथै राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता थप व्यवस्थित एवं प्रभावकारी रूपमा सञ्चालन गरिने छ ।

टढ। कक्षा ११ र १२ मा विज्ञान विषय संचालन गरेका विद्यालयहरुलाई विज्ञान सामग्री व्यवस्थापन अनुदान तथा प्राविधिकधार संचालित विद्यालयहरुलाई प्रोत्साहन अनुदान प्रदान गरिनेछ ।

ठण्। शिक्षक दरवन्दी मिलान तथा व्यवस्थापन पश्चात शून्य दरबन्दी भएका सामुदायिक आधारभूत र माध्यमिक विद्यालयहरुलाई दिंदै आएको निजी शिक्षक अनुदान कटौती गरी आगामी आर्थिक वर्ष देखि प्राथमिक विद्यालयमा शिक्षक आवश्यकताका आधारमा ूप्राथमिक शिक्षक व्यवस्थापन कार्यक्रमूसञ्चालन गरिने छ ।

ठज्ञ। गाउँपालिका भित्रका सवै वालवालिकालाई आधारभूत तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षा उपलव्ध गराइ साक्षर गाउँपालिका बनाउने नीति अवलम्वन गरिने छ । सवै विद्यालयलाई वालमैत्री बनाउनुका साथै सवैका लागि शिक्षा अभियान सञ्चालन गरी १ वडा १ प्राविधिक शिक्षालय निर्माणका लागि सम्भाव्यता अध्ययन गरिनेछ । हाल कार्यान्वयनमा रहेको विद्यालय सुशासन तथा कर्मचारी व्यवस्थापन कार्यविधिको प्रभावकारी कार्यान्वयन गरी विद्यार्थी सिकाइ उपलव्धिको परीक्षण र व्यवस्थापन समेत गरी विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि मार्फत हरेक विद्यालयलाई स्मार्ट विद्यालय बनाईनेछ । साथै सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार निर्माण,मर्मत सम्भार,सञ्चालन र व्यवस्थापनलाई विशेष जोड दिईनेछ ।

ठद्द। विद्यालयतह देखि नै राष्ट्रियता,गाउँपालिकाको मौलिक कला,संस्कृति र ज्ञानको सम्मान,संरक्षण र संवर्धन गर्ने तथा नैतिक शिक्षामा बल पुग्ने प्रकृतिका विषयहरुको स्थानीय पाठ्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न पाठ्यक्रम तथा पाठयसामग्री विकास निर्देशिका कार्यान्वयनमा ल्याईनेछ ।

ठघ। ूबरेङ गाउँपालिकाको इच्छा,छोरी बुहारीलाई उच्च शिक्षाू भन्ने सोच र ूगाउँपालिकाको एउटै सन्देश,बालविवाह मुक्त हाम्रो सरकारू भन्ने लक्ष्यलाई सार्थक तुल्याउन ूउज्यालो बाल वचत कार्यक्रमूलाई प्रभावकारी बनाईने छ ।

ठद्ध। सामुदायिक विद्यालयहरुमा स्वास्थ्य सेवा,बाल स्वास्थ्य प्रवर्धन,प्रजनन् तथा यौन स्वास्थ्य परामर्श जस्ता सेवा प्रवाह गर्न साप्ताहिक रुपमा विद्यार्थी स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिनेछ । यस गाउँपालिका भित्रका नागरिकहरुको स्वास्थ्य विमा, नसर्ने रोगको समयमै पहिचान र रोकथाम गरी नागरिकको जनधनको रक्षा गर्न “गाउँपालिका अध्यक्ष जनता स्वास्थ्य परीक्षण कार्यक्रम” वडास्तरसम्म सञ्चालन गरिनेछ ।क्यान्सर रोग लगायत जटिल प्रकृतिका रोगहरु लागेका विपन्न नागरिकहरुलाई प्रदान गर्दै आएको आर्थिक सहायतालाई निरन्तरता दिइनेछ ।

ठछ। विपन्न विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रमलाई प्रदेश तथा नेपाल सरकारको कार्यक्रमसँग तादम्यता मिलाई प्रभावकारी रुपमा लागू गरिनेछ ।

ठट। गाउँपालिकाले हाल लिदै आएको कर, राजस्व, शुल्क आदिलाई थप व्यवस्थित र नियमन गरिनेछ । हाम्रो गाउँपालिका हाम्रो कर, समृद्ध बनाउने हाम्रै रहर भन्ने नारालाई साकार पार्न असल करदातालाई सम्मान र तोकिएको समयमै कर तिर्ने करदातालाई विशेष छुटको व्यवस्था गरिनेछ । स्थानीय भाडादर निर्धारण गरी भरपर्दो र सस्तो यातायात प्रणालीको विकास गरिनेछ ।
ठठ। गाउँपालिकाको क्षेत्रभित्र व्यापार,व्यवसाय वा सेवामा पूँजीगत लगानी र आर्थिक कारोवारको आधारमा व्यवसाय कर लगाइदै आएकोमा यसलाई थप व्यवस्थित गर्न साना तथा ठूला व्यवसायलाई अनिवार्य रुपमा दर्ता एवं नवीकरण हुनुपर्ने व्यवस्था गरिनेछ । गाउँपालिका भित्रका वस्तीहरुमा स्थानीय उत्पादन विक्रीको बजार व्यवस्थापन तथा ढुवानीको उचित व्यवस्था गरिनेछ ।
ठड। महामारीबाट प्रभावित पर्यटन,कृषि,उद्योग,यातायात,निर्माण लगायतका क्षेत्रलाई जीवन्त राख्न एउटा छुट्टै व्यवसाय जीवन रक्षा कार्यक्रम संचालन गरिनेछ । सो कार्यक्रमबाट उद्यमशीलता विकास,क्षमता अभिवृद्धि,स्वरोजगार र रोजगार वृद्धि लगायतका क्षेत्रगत विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।

ठढ। विवाद समाधानको लागि मेलमिलाप तथा मध्यस्थता सेवालाई न्यायिक समिति मार्फत थप प्रभावकारी बनाईनेछ । वडामा स्थापना गरिएका मेलमिलाप केन्द्रलाई मेलमिलाप मार्फत विवाद समाधान गरी शान्ति स्थापना गर्ने केन्द्रको रुपमा विकसित गरिनेछ ।

डण्। आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जनजाती, मधेशी, थारु, मुस्लिम, पिछडावर्ग, अल्पसंख्यक, सीमान्तकृत, अपांगता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रुपले विपन्न समुदायहरुको लागि बिशेष व्यवस्था गरिनेछ ।
डज्ञ। कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव नहुने नीतिको प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।

डद्द। ज्येष्ठ नागरिक,एकल महिला,अपांगता भएका व्यक्ति, विधवा,वालवालिका लगायतलाई नेपाल सरकारबाट सामाजिक सुरक्षा भत्ता प्रत्याभूत गरिदै आएकोमा हाम्रो सरकारले आर्थिक र सामाजिक रुपमा जोखिममा रहेका नागरिकहरुलाई सुरक्षा प्रदान गर्न तथा सभ्य र लोककल्याणकारी राज्य व्यवस्थाका लागि “गाउँपालिका सामाजिक सुरक्षा,संरक्षण तथा बचाउ ९क्क्ए०”कार्यक्रम सञ्चालन गरिनेछ । सामाजिक सुरक्षा भत्ता वैकिङ प्रणालीमा आवद्ध भएकोमा टोल(टोल मा बैंक मार्फत भत्ता वितरण गर्न सम्बन्धीत वित्तीय संस्था सँग आवश्यक समन्वय एवं सहजीकरण गरिनेछ ।

डघ। गाउँपालिका भित्रका नागरिकहरुलाई सफा र स्वच्छ पिउनेपानी उपलव्ध गराउन जनता सँगको सहलगानीमा खानेपानी आयोजनाहरु सञ्चालन गरिनेछ । पानीका मुहानहरुको संरक्षण एवं आवश्यक अन्य केही ठाउँमा लिफ्ट प्रविधिको पूर्वाधारहरु तयार गरिनेछ । हाल कार्यान्वयनमा रहेको झुले खानेपानी आयोजना, अर्लाङतुङ खानेपानी र सुखौरा खानेपानी योजना आयोजनालाई पूर्णता दिन निरन्तरता दिईनेछ ।

डद्ध। समृद्धि र विकास निर्माणको आधार, महिलाको क्षमताको विकास नारालाई कार्यान्वयन गर्दै गाउँपालिका क्षेत्रभित्र महिला सशक्तिकरणका साथै उद्धमशिलताको विकास गर्न उपाध्यक्षसँगमहिला सशक्तीकरण कार्यक्रमसञ्चालन गरिनेछ ।

डछ। स्थानीय स्तरमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना,पूर्व सुचना प्रणाली, खोज तथा उद्धार,राहत सामग्रीको पूर्वभण्डारण,स्थानीय तटबन्ध,नदी र पहिरोको नियन्त्रण,विपद जोखिम क्षेत्रको नक्सांकन तथा बस्तीहरुको पहिचान र स्थानान्तरण गरिनेछ । विपद् व्यवस्थापनका लागि वडारवडामा गठित विपद् व्यवस्थापन समितिलाई थप क्रियाशील बनाउदै युवा परिचालनका लागि वडाअध्यक्ष सँग युवा स्वरोजगार कार्यक्रम यथाशीध्र सञ्चालन गरिनेछ ।

डट। रोजगारमूलक कार्यक्रमका माध्यम मार्फत गरिवी न्यूनिकरण गर्न “एक घर एक महिला रोजगार”कार्यक्रम सञ्चालन गरिनेछ । गाउँपालिकालाई खाद्यान्न तथा तरकारी विउविजनमा आत्मनिर्भर बनाउन विशेष कार्यक्रम अभियानका साथ सञ्चालन गरिनेछ ।

डठ। कोभिड(१९ को सङ्क्रमणबाट रोजगारी र उत्पादनमा परेको नकारात्मक प्रभावलाई न्यून गरी दिगो उत्पादकत्व,भरपर्दो वितरण सञ्जाल र उद्धमशीलताको विकास गर्न गाउँपालिकाबाट दिइदै आएको अनुदानलाई प्रभावकारी बनाउन बैंकिङ पद्दतिमार्फत न्यून ब्याज दरमा ऋण उपलब्ध गराउने व्यवस्था गरिने छ । यसरी ऋण उपलब्ध गराउने वा ब्याज अनुदान दिने विषय कार्यविधि तर्जुमा गरी व्यवस्थित गरिने छ ।

डड। ूसमृद्धिका लागि युवाको क्रियाशिलता,हातमा सीप र दिमागमा उद्दमशीलताू भन्ने सोचको कार्यान्वयनका लागि युवाहरुको नेतृत्व विकास,व्यवसायिक सीप अभिवृद्धि,रोजगार,स्वरोजगार एवम् उद्दमशीलता प्रवर्धन जस्ता युवा सशक्तिकरणका कार्यक्रमको व्यवस्था गरिने छ ।

डढ। गाउँपालिकामा बसोबास गर्ने सबै नागरिकको खाद्य सुरक्षाको प्रत्याभूत गरिने छ । ूकोही भोकै पर्दैन,भोकले कोही मर्दैनूभन्ने प्रतिबद्धता पुरा गर्न सबै तहका सरकारबीच सहकार्य गरी बहु(आयमिक कृषि उत्पादनमा जोड दिदै गाउँपालिकालाई ूखाद्यान्नमा आत्मनिर्भर स्थानीय तहू घोषणा गर्ने कार्यक्रम अघि बढाइनेछ ।

ढण्। गाउँपालिका भित्रका खेतीयोग्य जमिन तथा बाँझो जमिनमा आवश्यक सिँचाइको व्यवस्था गरी कृषि उत्पादन बढाईनेछ । पशुपालन तथा कृषि कार्यका लागि दीर्घकालीन योजना तयारी गरी कृषि सडक तथा स्थानीय स्तरका सिँचाइ प्रणालीको निर्माण गरिनेछ । कृषि लगायत विकासका पक्षहरुमा व्यापक छलफल तथा स्थानीय सरकारका कामकारवाहीमा एकरुपता एबं सामन्जस्यता कायम गर्न निकट भविष्यमा नै हाम्रो सरकारको आयोजनामा जिल्ला भित्रका अन्तर स्थानीय सरकारका विचमा वृहत्त अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ ।

ढज्ञ। ूबाँझो जमिनको प्रयोग,उत्पादनमा सहयोगू भन्ने सोचलाई आत्मसात गर्दै बाँझिदै गएको खेतीयोग्य जमिनलाई कृषि उत्पादनका लागि उपयोगमा ल्याउन विशेष प्याकेजसहितको प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने छ ।वडा मार्फत बाँझो जमिनको लगत सङ्कलन गरी भूमि बैंकको स्थापना गरिने छ ।

ढद्द। ूस्थानीय सरकारको पहिलो प्राथमिकता,कृषकको घरदैलोमा प्राविधिक सेवाूभन्ने सोचलाई कार्यान्वयन गर्न प्राविधिक जनशक्तिको व्यवस्था मिलाइने छ ।

ढघ। कृषि उद्दमशीलता अभिवृद्धि गर्न बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा कृषकलाई सहुलियत ब्याजदरमा कृषि ऋण उपलब्ध गराउने व्यवस्था मिलाइनेछ । नेपाल सरकारसँगको सहकार्यमा बाली तथा पशुपंक्षी बिमा कार्यक्रम सञ्चालन गर्न बिमा कम्पनीसँगको समन्वयलाई प्रभावकारी बनाइनेछ ।

ढद्ध। कृषि तथा पशुपक्षी विकास सम्बन्धी सेवाको पहुँच विस्तार गरिनेछ । कृषि व्यवसाय गर्न चाहने कृषकलाई बीउबिजन,कृषि औजार,प्रविधि र तालिम दिइनेछ ।

ढछ। गाउँपालिका भित्र रहेका बाँझो जग्गाको लगत संकलन गरी उपयोग गर्न भूमि बैंकको स्थापना गरिनेछ । सहकारी,सामूहिक,करार तथा व्यावसायिक खेती गर्न प्रोत्साहन गरिनेछ । कृषि भूमिको प्रभावकारी व्यवस्थापनको लागि जग्गा एकीकरण तथा चक्लाबन्दी कार्यक्रम सञ्चालन गरिनेछ ।

ढट। विदेशबाट फर्किएका वा स्वदेशमा रहेका तथा कृषि सम्बन्धी अनुभव,ज्ञान र सीप बटुलेका कृषि र पशुपन्छी विषयमा अध्ययन पुरा गरी वेरोजगार रहेका युवाहरुलाई कृषि पेसामा आबद्द गरी उत्पादनमा जोड्न विशेष रोजगार,आयमूलक ूकोभिङ विशेष कृषि कार्यक्रमू र ूउद्दमीको हात,गाउँपालिकाको साथ कार्यक्रमू को थालनी गरिने छ ।
ढठ। कृषि उत्पादन र बजारीकरणमा देखिएको असन्तुलन,कृषि उत्पादनको उचित मूल्य नपाउने गुनासो,उपभोक्ता र उत्पादकबीचको मूल्यमा हुने अन्तरलाई न्यूनीकरण गर्न र किसानलाई कृषि पेसाबाट न्यूनतम बचतको सुनिश्चितता गराउन कृषि क्षेत्रको मूख्य बालीहरुको न्यूनतम समर्थन मूल्य कायम गरी विक्री नभएका कृषि उपजहरुको छिमेकी स्थानीय सरकार,प्रदेश सरकार तथा सङ्घीय सरकारको समन्वय र सहकार्यमा खरिद एवम् भण्डारण गर्ने व्यवस्था मिलाइने छ ।

ढड। ूस्वदेशी श्रम,स्वदेशमै पसिनाू को नीति अनुरुप कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका कार्यक्रम अघि बढाईनेछ । कृषि प्राविधिक सेवा तथा उत्पादन सामग्रीहरुको उपलब्धता सुनिश्चित गरिनेछ । हालको अनुदान दिने प्रक्रियालाई थप विश्वसनीय,प्रभावकारी र पहुँचमा बृद्धि हुनेगरी परिष्कृत गरिनेछ ।

ढढ। कृषि पेशालाई सम्मानजनक पेशाका रुपमा विकास गर्न र कृषकहरुलाई सामाजिक सम्मान प्रदान गर्ने व्यवस्थाका लागि उत्कृष्ट कृषकहरुलाई पुरस्कृत गर्ने कार्यलाई निरन्तरता दिईनेछ । कृषक क्षमता अभिबृद्धिका लागि तालिम कार्यक्रमलाई परिमार्जन गरी उद्दमशिलता विकास गर्न मागमा आधारित पूर्ण व्यवहारिक तालिम संचालन गरिनेछ ।
ज्ञण्ण्। समुदायको सहभागितामा वन तथा जैविक विविधताको दिगो संरक्षण गर्दै वन पैदावारको उचित सदुपयोग र व्यवस्थापन गरिने छ । वनको जमिन खाली नराखिने नीति लिइने छ । यसका लागि सामुदायिक वनसंगको सहकार्यका क्षेत्रहरु पहिचान गरी उत्पादनका लागि वनमा लगानी भन्ने सोचका साथ ूसामुदायिक वन साझेदारी कार्यक्रमू लाई थप प्रभावकारी वनाईनेछ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung