२ जेष्ठ २०८१, बुधबार

 

महिला संघको स्थापना दिवसमा सर्वसाधारणलाई मास्क वितरण

नेपाल महिला संघ बागलुङले आफ्नो स्थापना दिवसको अवसरमा सर्वसाधारणलाई मास्क वितरण गरेको छ । नेपाली काँग्रेसको भातृ संगठन समेत रहेको संघले आफ्नो ७३ औं स्थापना दिवसको अवसरमा बागलुङ बजारको लोकतान्त्रिक चोकमा एक कार्यक्रम सहित सर्वसाधारणलाई मास्क वितरण गरेको हो ।

देशमा लकडाउन खुकुलो भए पनि कोरोना संक्रमणको जोखिम झनै बढदै गएको र बजारमा सर्वसाधारणको भिडभाड बढ्दै गएको हुँदा जोखिम न्युनिकरणका निम्ती मास्क वितरण गरिएको महिला संघकी केन्द्रीय सदस्य पार्वती आचार्यले जानकारी दिईन । संघले जिल्लाका विभिन्न स्थानीय तहमा पनि विविध कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाएको छ ।

बागलुङ सदमुकाममा भएको कार्यक्रममा बोल्दै नेपाल महिला संघका केन्द्रिय सदस्य पार्वती आचार्यले मुलुकमा राजनीति र सामाजिक परिवर्तनका निम्ती महिला संघको महत्वपुर्ण भुमिका रहेको बताईन ।

उनले नेपाल महिला संघले देशमा लोकतन्त्र र गणतन्त्र प्राप्तीका लागि निकै ठुलो संघर्ष गरेको बताई । उनले देशमा महिला हिंसाका घटनाहरु दिनदिनै बढदै गएको र हिंसा गर्नेलाई कारबाही भन्दा पनि सरकार संरक्षण गर्दै गएको आरोप लगाईन ।

आचार्यले देशमा कोरोना संकटले श्रमिक महिलाहरुको दैनिकीमा कठिनाई परेको हुँदा उनिहरुलाई राज्यले उचित राहतको व्यवस्थापन गर्नुपर्ने बताईन ।

७३ आँै वर्षसम्म आइपुग्दा नेपालको महिला आन्दोलन त्यो पनि लोकतान्त्रिक व्यवस्थासँग जोडिएर आएका विभिन्न खाले संघर्षले इतिहास स्वणिम बनेको छ । नेपाली जनतालाई अधिकार सम्पन्न गराउने उद्देश्यले नेपाली राजनीतिका शिखर व्यक्तित्व  गिरीजा प्रसाद कोईरालाको नेतृत्वमा २००३ सालमा विराटनगरको जुट मिलमा मजदुर आन्दोलन सुरु भएको थियो ।

मजदुरहरुको हकÞहितका साथै न्याय र स्वतन्त्रताका लागी चलाईएको उक्त आन्दोलमा तत्कालिन महिला नेतृ दिव्यादेवी कोईराला, नलिनी उपाध्याय इन्द्रिरा आचार्य, कामिनी गिरी लगाएतका महिला नेताहरु गिरफÞ्तार भएका थिए ।

यसरी नेपालको इतिहासमा प्रजातांत्रिक संघर्षमा पहिलो पटक महिलाहरु गिरफÞ्तारीमा परेका थिए । २००४ सालमा राणा शासनको चरम निरङ्कुशताको समयमा स्व. मंगला देवी सिंहको सक्रियतामा शान्ति निकुंज विद्यालयका शिक्षिका र छात्राहरु काठमाडौँको महेपी भन्ने स्थानमा वनभोज जाने बहाना बनाई महिला भेला गरी भूमीगत रूपमा नेपाल महिला संघको स्थापना गर्ने आधार तयार पारियो ।

कार्यक्रम नेपाल महिला संघ बागलुङका सचिव उषा पौडेलको अध्यक्षता महाधिवेशन प्रतिनिधि सिता शर्माको स्वागत र सचिव भगवती केसीको संचालनमा सम्पन्न भएको थियो ।

महिला संघको स्थापना दिवस सदरमुकाम मात्र केन्द्रित नभएर जिल्लाका केही स्थानिय तहमा महिलाहरुले विविध कार्यक्रम गरी मनाएका छन । जिल्लाको गलकोट नगरपालिका र बडिगाड गाउँपालिकामा महिला संघकै नेतृत्वमा सर्वसाधारणलाई मास्क वितरण तथा सचेतना कार्यक्रम संचालन गरिएको महिला संघका केन्द्रिय सदस्य रेणुका काउचाले बताईन ।

त्यसैगरी काठेखोला गाउँपालिकामा विहुँमा रहेको रामकोट मन्दिरमा सरसफाई तथा बृक्षारोपण गरिएको छ भने बरेङ गाउँपालिकाको बाटाकाचौरमा रहेको मन्दिरमा पनि सरसफाई तथा बृक्षारोपण कार्यक्रम नै गरिएको महिला संघ बागलुङका अध्यक्ष शकुन्तला शर्माले जानकारी दिईन ।

त्यस्तै ढोरपाटन नगरपालिकामा स्व. सांसद ज्ञानकुमारी छन्त्यालको सम्झनामा श्रद्धान्जली सभा तथा महिला हक अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । े

कार्यक्रममा महिलाका हक अधिकार सुनिश्चत गर्दे आफना अधिकारका निम्ती महिलालाई नेतृत्वमा पुग्न सहयोग पुर्याउने, राणासाशनको अन्त्य गर्ने देखि विभिन्न आन्दोलनमा सक्रिय भुमिका खेल्ने स्वर्गिय व्याक्तित्व मंगलादेवि सिंको सम्झना गरीएको थियो ।

कार्यक्रममा स्व. सासद ज्ञानकुमारी छन्त्यालको ३९ औँ दिनको पुण्य तिथीमा उनको सम्झना गर्दे उनले पार्टी तथा नेपाल महिला संघलाई अगाडी बढन्मा पु¥याएको योगदानको कदर गरीएको थियो । कार्यक्रममा सहभागीले दुबै जना सक्रिय महिला नेतृत्व गुमाएकोमा महिला संघ र काँग्रेसलाई अपुरुणीय क्षती भएको बताए ।

कार्यक्रम नेपाल महिला संघ ढोरपाटन नगरकमिटी संयोजक रत्नाकुमारी शेरचनको अध्यक्षता, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी सिँहबहादुर राणा, सोम पौवी (यामु) नेपाली काँग्रेस ढोरपाटन नगर सम्योजक शालिकराम सर्मा, वडा सदस्य असारी बिक, महिला सँघ क्षेत्रिय सभापती लिलमाया पुन, दलित महिला संघ वडा संयोजक पदमकुमारी विश्वकर्मा लगाएतको मत्तव्य व्यक्त गरेका थिए । कार्यक्रम नेपाल महिला संघ केन्द्रिय प्रतिनिधी डिलमाया पौवीको सञ्चालनमा सम्पन्न भएको थियो ।

देशमा कोरोनाकै जोखिम बढ्दो रहेको हुँदा अन्य सभा सम्मेलन भन्दा सचेतना कार्यक्रम नै ठीक हुने हुँदा सवै स्थानिय तहमा विभिन्न सचेतना कार्यक्रम तय गरिएको अध्यक्ष शर्माले बताईन ।

यो बेला अन्य ठुला कार्यक्रम भन्दा पनि सचेतना कार्यक्रम उपयुक्त भएको हुँदा सर्वसाधारणलाई सचेतना फैलाउने उद्देश्यले सवै स्थानिय तहमा कोरोना विरुद्धको अभियान संचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्