७ कार्तिक २०८३, शुक्रबार

 

सिवाईसी सहकारीले दिन थाल्यो बैंकसरह सुविधा

सहकारीले आर्थिक कारोबारहरुलाई डिजिटल प्रणालीमा रुपान्तरण गरी सेयर सदस्यहरुलाइृ सेवा दिन थालेका थालेका छन् ।
बागलुङको सिवाईसी वचत तथा ऋण सहकारीले सेयर सदस्यहरुलाई छिटो, सरल, विश्वसनिय, उच्च स्तरिय सेवा दिने उदेश्यले आधुनिक सूचना प्रविधिमार्फत सेवा दिएकोे हो ।

बंैक तथा वित्तिय संस्थाको प्रतिस्पर्धामा सहकारीे सेवा तथा पहुँच सेयर सदस्यहरुलाई दिने उदेश्यले बागलुङ सदरमुकाममा रहेको सिवाईसी सहकारी संस्थाले मोवाइल मिस्डकल सेवा शुरूवात गरेको छ ।

विश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को कारण संक्रमणको जोखिमबाट सुरक्षित रहि घरमै बसेर आधुनिक मिस्डकल सेवा लिन सक्ने छन ।

शेयर सदस्यहरुले एक मिसकल गर्दा पाँच सेकेण्डभित्र एक सय रुपैयाँ रिचार्ज उपलब्ध हुने सहकारीको अध्यक्ष चण्डी प्रसाद शर्माले नयाँ विश्वलाई बताए । एक जना शेयर सदस्यले एक दिनमा पाँच पटकसम्म उक्त सेवा प्राप्त गर्न सक्ने छन्सहकारीका निवर्तमान सल्लाहकारं वरिष्ठ अधिवक्ता पद्यनाथ शर्माले आफ्नो मोबाइलबाट अफिसियल नम्बर ९८६०५८०६०१ मा मिसकल गरेर मिसकल सेवाको शुभारम्भ गरेका थिए ।

सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले मिसकल बैंकिङ्ग सेवा प्राप्त गर्नको लागि सिवाईसीको मोबाइल बैंकिङ्ग सेवा सुचारु गरेर आफ्नो मोबाइल नम्बर सहकारीमा दर्ता गर्नु पर्ने बताए ।

जिल्लाको ८० प्रतिशत घरधुरीलाई समेट्ने लक्ष्यका साथ अगाडि बढिरहेका सिवाईसी सहकारीले सदस्यहरुका सुविधाका लागि सबै खाले प्रविधि र सेवा दिन सहकारी तत्पर रहेको सहकारीको प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, सिवाइसी सञ्चार उपसमितिका सदस्य तथा पत्रकार महासंघका पूर्वअध्यक्ष राजेशचन्द्र राजभण्डारी, धौलागिरी बहुमुखी क्याम्पसका प्राध्यापक बिप्लव शर्माले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम सिवाइसी सहकारी संस्थाका अध्यक्ष चण्डी प्रसाद शर्माको अध्यक्षता, संस्थाका सचिव जयराम भारी स्वागत र सहकारीका सिइओ कवि न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

सहकारीका शेयर सदस्यहरूलाई आधुनिक बैंकिङ सेवा अन्तर्गत मिस्डकल सेवा संचालन गरेको हो । कोरोना भाइरस कोभिड १९ ले सबै क्षेत्र प्रभावित बनिरहेको बेला सहकारीका शेयर सदस्यको सहजताको लागि नयाँ प्रविधि ल्याएको सहकारीका आईटी प्रमुख राजेश आचार्यले बताए ।

सिवाईसी सहकारीमा कुल सम्पत्ति र पुँजी तथा दायित्व एक अर्व ५७ करोड ७१ लख ७५ हजार आठ सय ९५ रुपैयाँ रहेको छ भने दश हजार दुई सय ३३ जना शेयर सदस्य रहेका छन । सहकारीमा १ हजार ४ सय ७५ जना बाल बचतकर्ता रहेको सहकारीले जनाएको छ ।

बागलुङ बजारमा केन्द्रिय कार्यालय रहेको सहकारीले जिल्लाका दश स्थानबाट सेवा केन्द्रको रुपमा सेवा प्रदान गरिरहेको छ । सहकारीले एटिएम, मोबाइल बैंकिङ्ग, क्यूआर कोड, ट्याबलेट बैंकिङ सेवा संचालन गरिरहेको छ ।

२०६६ चैत्र २६ गते स्थापना भएको सिवाईसी सहकारीले छोटो समयमा सेयर सदस्यहरुलाई धेरै सेवा सुविधा दिन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung