३१ बैशाख २०८२, बुधबार

 

‘छाना विपन्न परिवारको मुख्य आवश्यकता हो’ प्रमुख प्रशासकीय अधिकृत सुवेदी, बेनीका १ सय १० घरमा खर हटाएर जस्ताको छाना

बेनीका १ सय १० घरमा खर हटाएर जस्ताको छाना, छाना विपन्न परिवारको मुख्य आवश्यकता हो प्रमुख प्रशासकिय अधिकृत सुवेदीबेनी नगरपालिकामा १ सय १० वटा घरमा खर हटाएर जस्ताको छाना राखिएको छ । बेनी नगरपालिकाको सहयोगमा घरधनीले खरको सट्टा जस्तापाता राखेका हुन् ।

सबैभन्दा बढी वडा नं ३ मा पर्ने भकिम्लीमा ६१ घरमा जस्ताको छाना राखिएको बेनी नगरपालिकाका प्राविधिक अर्जुन थापाले जानकारी दिए ।सदरमुकाम बेनीबजारबाहेक रत्नेचौर, भकिम्ली, ज्यामरुककोट, सिंगा, पुलाचौर, अर्थुङ्गे, घतान र पात्लेखेतमा खरको छाना विस्थापित गर्ने कार्यक्रम सञ्चालन भएको थियो ।

जस्तापाता खरिद गर्न प्राविधिकले तयार पारेको लगतअनुसार एक घरधनीले ३५ हजार रुपैयाँसम्म अनुदान पाएका छन् । वडा कार्यालयले संकलन गरेको आवेदनका आधारमा छनोट गरिएका घरधनीलाई छानो फेरेपछि अनुदान दिइएको थियो ।

‘खरको छाना विस्थापित गर्ने कार्यक्रमका लागि ७० लाख रुपैयाँ विनियोजन भएकोमा ४१ लाख रुपैयाँ भुक्तानी भएको’ प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिए ।’

‘गत वर्ष छुटेकालाई यस वर्षको कार्यक्रमबाट समेटिने नगरपालिकाले जनाएको छ । आगलागीबाट हुने दुर्घटनाको जोखिम न्यूनीकरणका लागि खरको छाना विस्थापित गर्न नगरवासीलाई शतप्रतिशत अनुदानमा जस्तापाता उपलब्ध गराइएको’ नगरप्रमुख हरिकुमार श्रेष्ठले बताए । खरको छानाको घरमा आगलागीको उच्च जोखिम हुन्छ ।

छानामा जस्तापाता राखेपछि दुर्घटनाको जोखिम घट्नुका साथै बर्सेनि खर, बाँस किनेर छाउनुपर्ने झन्झटबाट नगरवासीले मुक्ति पाएको बेनी नगरपालिका–३ भकिम्लीका रनवीर घर्तीको भनाइ छ ।

छानो फेरिएपछि स्थानीयले सुरक्षित महसुस गरेका छन्। आर्थिक अभावमा गुज्रिएका विपन्न समुदाय खरको छाना विस्थापित गर्ने कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित भएको भकिम्लीका वडाध्यक्ष पदम पुनले बताए ।

‘हामीले अति विपन्न परिवार पहिचान गरी यो खर हटाएर जस्ताको छाना अभियानको सुरु गरेका छौं । यस्ले सर्वसाधारण नागरिकहरुलाई प्रत्यक्ष लाभ मिलेको’ प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवदीले नयाँ विश्वलाई बताए ।

‘भोलिका दिनमा पनि आधारभुत नागरिकलाई राज्यको अनुभुति हुने गरी काम गर्ने लक्ष्य लिएका छौ र सिंगो नगरपालिका परिवार दिगो विकास र सुशासन दिन सक्रिय भएर लागेको’ प्रमुख प्रशासकीय अधिकृत सुवदीले भने ।

खर कुहिएर पानी चुहिने र भित्रै घाम पस्ने समस्या हटेकोमा उनीहरू खुसी भएका छन् । जस्तापाता पाएपछि कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीको फुर्सदमा उनीहरूले आफैँ खर फालेर छाना फेरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung