
मानव सेवा आश्रमलाई नेपाल निजामती कर्मचारी युनियनले खाद्यान्न सहयोग गरेको छ । युनियनको २९ औं स्थापना दिवशको अवसर पारेर शुक्रबार आश्रममा खाद्यान्न सहयोग गरेको युनियनका अध्यक्ष देव शर्मा आचार्यले नयाँ विश्वलाई बताए ।
बागलुङ बजार वडा नं ३ किनारा टोलमा रहका आश्रममा बस्नेहरुलाई सहयोग होस भनेर युनियनले सहयोग उपलब्ध भएको आश्रमकी संचालिका सुमिरा लामाले बताइन ।
संघले आश्रमका लागि दाल, चामल, तेल नुन, लगायतका खाद्य सामाग्री हस्तान्तरण गरिएको थियो । सहयोग हस्तान्तरण कार्याक्रममा निजामती कर्मचारीको ट्रेड युनियन बागलुङका जिल्ला उपाध्यक्ष दुर्गा प्रसाद शर्मा, आश्रमकी संचालक सुमिरा लामा, संघका सचिव आनन्द रिजाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
अहिले आश्रममा ४० जनाले आश्रय लिइरहेका छन् जसमा ७ जना बालबालिका छन ।घरबारविहीन र सडकपेटीमा बसेका व्यक्तिहरूलाई आवाससहितको सुविधा दिने उद्देश्यले २०७३ चैत २१ गतेदेखि मानवसेवा आश्रम सञ्चालनमा आएको हो ।