
नेपाल सरकारका अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । शुक्रबार खतिवडाले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्माओलीलाई राजीनामा बुझाएका हुन । खतिवडाको भोलिबाट पदावधि सकिँदै थियो ।
संविधानको धारा ४८ को उपधारा १ बमोजिम मन्त्री बनेका उनको शनिवार ६ महिना पुग्दै थियो । खतिवडाको गत फागुनमा राष्ट्रियसभाको दुई वर्ष कार्यकाल सकिएपछि सांसद पद बिहीन भएका थिए । सांसद नभएको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री पदमा रहन नपाउने व्यवस्था संविधानमा छ ।