
गत भदौ १७ गते ढोरपाटन नगरपालिका ८ र ९ मा आएको बाढी र त्यसले पुर्याएको क्षतिको विवरण लिएर संघीय सांसद देवेन्द्र पौडेल मन्त्रालय पुगेका छन् ।
बुधबार भौतिक मन्त्रालयमा पुगेर बस्ती पुर्नस्थापना र अबरुद्ध सडक सुचारूका लागि पौडेल मन्त्रालय पुगेका हुन् । भौतिक तथा सहरी विकास मन्त्री वसन्त नेम्वाङसँग पुगेका सांसद पौडेलले बस्ती निर्माण र अबरुद्ध सडक सुचारूका विषयमा छलफल गरेको सांसद पौडेलका स्वकीय सचिव राजन पौडेलले जानकारी दिए ।
भेटका क्रममा मन्त्री नेम्वाङले बस्ती निर्माण र सडक सुचारूका लागि सम्बन्धि निकायलाई आवश्यक बजेट बिनियोजन गर्न निर्देशन दिने बताएका छन् ।
सोहि क्रममा सांसद पौडेलले मध्यपहाडी लोक मार्गको बागलुङ बिहु सडक खण्डको काममा ढिलाइ भएकोमा मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।सांसद पौडल भदौ २३ गते बागलुङ आएर बाढीपिडित र बस्ती पुर्नस्थापना र अबरुद्ध सडक खुलाउने विषयमा सरोकारबालासँग छलफल गरेका थिए ।