
ढोरपाटन नगरपालिका–८ र ९ का बाढीपीडितका लागि शुरु गरिएको राहत अभियानमा शुक्रबारसम्म ५४ लाख ५४ हजारबढी रकम संकलन भएको छ ।
विभिन्न सरकारी तथा गैरसरकारी संघसस्था र व्यक्तिहरुको संक्रियतामा जम्मा गरिएको रकम ढोरपाटन नगरपालिकाको दैवी प्रकोप राहत कोषमा जम्मा भएको हो ।
नगरपालिकी उपप्रमुख करमति पुनका अनुसार विभिन्न ठाउँबाट शुक्रबारसाँझसम्म ५४ लाख ५४ हजार ७ सय ३१ रुपैयाँ संकलन भएको छ ।
‘विभिन्न मुलुक र विभिन्न संघसस्थाले रकम संकलन गरी र खातामा जम्मा गर्ने काम भइरहेको छ, उपप्रमुख पुनले भनिन् ‘संकलन भएको रकमबाट बाढी प्रभावितहरुकालागि खर्च हुनेछ ।’
संकलन गरेको राहत रकम दुरुपयोग नहोस् भन्ने उद्देश्यले नगरपालिकाले दैवी प्रकोप राहत कोष स्थापना गरि राहतलाई एकद्वार प्रणालीमार्फत लगिएकोे नगरपालिकाले जानकारी दिएको छ । ‘पीडितका लागि पहिलो चरणमा राहत सामग्री दिइसकेका छौँ, मेयर देवकुमार नेपालीले भने, सडक बाढीले बगाएपछि यातायातको असुविधाले गर्दा ढिला हुन पुगेको हो । आज बेलुकीसम्म अवरुद्ध सडक खुलेपछि भोलि राहत बाँड्छौँ ।’
विभिन्न संघसंस्थाले राहत रकम बाहेक अन्य खाद्यन्न, लत्ताकपडालगायतका जिन्सी सामग्रीसमेत पालिकालाई हस्तान्तरण गरेका छन् ।
कसले कति दिए राहत रकम ?
१.आधुनिक लगुकथा मञ्च, बडिगाड, २१ हजार
२. बडिगाड गाउँपालिका व्यवसायी व्यवस्थापन समिति, २ लाख ३३ हजार दुई सय एक
३. मुसिकोट नगरकार्यापालिका गुल्मी, १ लाख
४. मुसिकोट नगरपालिकाका, धनपति भण्डारीको संक्रियतामा २ लाख ५ हजार
५.मुसिकोट नगरपालिका–५ का, हरिलाल खरेल ५ हजार
६. दलित युवा संजाल बागलुङ, १ लाख ५० हजार
७. साइन डेभलपमेन्ट बैंक, १ लाख ५० हजार
८. लक्ष्मी बैंक, ५० हजार
९. मिर्गेन्द्र सपिङ सेन्टर, २५ हजार ५ सय ५५
१०. गलकोट नगरपालिका–७ बाट, १ लाख ३५ हजार २ सय ४०
११.बोहोराफाँट समाज गलकोट नगरपालिका, २ लाख १० हजार
१२. गलकोट–२, नेकपा वडाकमिटी, १ लाख ३८ हजार
१३. गलकोट–७, नेकपा वडाकमिटी, ३६ हजार
१४. गलकोट–२ रमा कार्की शर्मा, १० हजार
१५. दीपक मनाङ्गे (गण्डकी प्रदेश सांसद), ५० हजार
१६.बडिगाड गाउँपालिकाको कार्यालय, ४ लाख १३ हजार ५ सय
१७. तल्लो लमाई समाज जापान, १ लाख २० हजार ५ सय ५५
१८. ढोरपाटन नगरपालिका–४ मिलन हर्मेल, ५४ हजार ८ सय ५७
१९.कर्मा फ्लाइस् फाउन्डेशन पोखरा, ३० हजार
२०. त्रिवेणी बचत तथा ऋण सहकारी, १ लाख ११ हजार १ सय ११
२१.मुस्लिम समुदाय बुर्तिबाङ, १ लाख
२२.गलकोट नगरपालिका कार्यालय, २ लाख
२३.निसीखोला गाउँपालिकाको कार्यालय, १ लाख ५० हजार
२४. तमानखोला गाउँपालिको कार्यालय, १ लाख ४० हजार
२५. कलाकार दुर्गेश थापा र पल शाह, ५० हजार
२६.ढोरपाटन–२ हाल अमेरिका, यमकुमारी पाण्ड र रुपा गुरुङ, ५८ हजार ४ सय ४०
२७. विश्वकर्मा समाज बागलुङ–म्याग्दी, ६३ हजार
२८.गलकोट नगरपालिकाका कर्मचारी, ५० हजार
२९. बागलुङ– समाज पोखरा, बागलुङ समाज महिला दिदीबहिनी पोखरा, गलकोट समाज पोखरा, बागलुङ समाज सहकारी, १ लाख ७८ हजार ६ सय
३०. स्वतन्त्र महिला दिदीबहिनी, २ लाख ५६ हजार ९ सय ३१ (बुबाआमा गुमाएका बच्चाका लागि कोष )
३१. नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङ, १९ लाख ५८ हजार ७ सय ५६