
बागलुङको दक्षिणी बलेवा क्षेत्रलाई लक्षित गरी ग्लोबल आईएमई बैंकले नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालन गरेको छ । बागलुङ नगरपालिका–१४ को नारायणस्थानमा आइतबारदेखि बैंकको ४३औं काउन्टर सञ्चालनमा ल्याइएको हो ।
संघीय सांसद डा सूर्य पाठकले कोरोनाका कारण सामाजिक दुरी कायम गरी काउन्टर उद्घाटन गरे । उनले काउन्टर सञ्चालनसँगै यस क्षेत्रका जनतालाई बैंकिङ कारोबारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता टरेको बताए ।
तत्कालीन ३ गाविसको कार्यक्षेत्रका रूपमा विकास गरिएको काउन्टरबाट निकट भविष्यमा शाखा नै सञ्चालन गर्ने उद्देश्य रहेको ग्लोबल आइएमई बैंक बागलुङ शाखाका प्रबन्धक हेमराज शर्माले बताए । वित्तीय सेवाको पहुँचमा नरहेका स्थानीयलाई सहजताका लागि काउन्टरले सघाउने उनको भनाइ छ ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं बागलुङ जिल्ला इन्चार्ज बलावती शर्मा, कांग्रेस केन्द्रीय सदस्य किरणराज पौडेल, कांग्रेस बागलुङका सभापति दीपेन्द्रबहादुर थापा, बानपा–१२ का वडाध्यक्ष गुरुदत्त पाठक, १३ नम्बर वडाध्यक्ष नारायण शर्मा पौडेल र १४ नम्बर वडाध्यक्ष चक्रबहादुर खत्रीलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम ग्लोबल आइएमई बागलुङ शाखाका शाखा प्रवन्धक शर्माको अध्यक्षता कुश्माका शाखा प्रवन्धक प्रकाश शर्माको स्वागत ग्लोबल आइएमईको विएलबि प्रतिनिधि नारायण श्रेष्ठको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
तस्वीर : ढोरपाटनन्युजबाट