२ जेष्ठ २०८१, बुधबार

 

जैमिनीका बाढीपहिरोपीडितलाई महिला उद्यमीद्वारा ५० हजार र लत्ताकपडा सहयोग

जैमिनी नगरपालिकाका बाढीपहिरोपीडितलाई महिला उद्यमी विकास समिति बागलुङले प्रतिपरिवार ४ हजार रुपैयाँका दरले सहयोग गरेको छ ।

बागलुङ उद्योग वाणिज्य संघ अन्तर्गत रहेको महिला उद्यमीले जैमिनी नगरपालिका–१ कुस्मिसेरा, टुनिबोटका ८ परिवारलाई ३२ हजार सहयोग हस्तान्तरण गरेका थिए ।

उक्त रकम एक कार्यक्रमबीच महिला उद्यमीकी अध्यक्ष भगवती केसी र जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले संयुक्त रूपमा हस्तान्तरण गरे ।

अकल्पनीय क्षति बेहोरेका जैमिनीबासीको पीडामा थोरै भए पनि राहत दिन सकियोस् भनेर रकम संकलन गरिएको महिला उद्यमीकी सचिव जुनु श्रेष्ठले बताइन् ।

जैमिनी नगरपालिका– वडा नं ५ बिनामारे, सिम्लेका २ परिवार र पैयुथन्थापको १४ बाढीपीडित परिवारको लागि बाँकी रकम बागलुृङ उद्योग वाणिज्य संघको प्रतिनिधि विष्णु आचार्यलाई हस्तान्तरण गरिएको छ ।

बाढी प्रभावित परिवारहरुलाई एक लाख बराबरको लत्ताकपडा पनि उपलब्ध गराइएको छ । सहयोग हस्तान्तरण कार्याक्रममा जैमिनी नगरपालिकाका नगरप्रमुख इन्द्रराज पौडेल, महिला उद्यमी विकास समितिकी अध्यक्ष भगवती केसी, नेपाल महिला संघ बागलुङकी अध्यक्ष शकुन्तला शर्माले मन्तव्य व्यक्त गरेका थिइन् ।

महिला उद्यमी विकास समिति बागलुङकी अध्यक्ष भवगती केसीको अध्यक्षतामा भएको कार्याक्रममा स्वागत महिला उद्यमीकी कोषाध्यक्ष विष्णु लम्साल र संचालन सचिव जुनु श्रेष्ठले गरेका थिइन् ।

प्रतिक्रिया दिनुहोस्