
केहीदिन अघि बढेको प्याजको मूल्य पछिल्ला दिनमा घट्दै गएको छ । भारत सरकारले निर्यातमा प्रतिबन्ध लगाएपछि बढेको प्याजको मूल्य सरकारको अनुगमनपछि घट्न थालेको हो ।
भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारीहरूले मनपरी प्याजको मूल्य तोक्न थालेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र काठमाडौं महानगरपालिकाले अनुगमन शुरु गरेको थियो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार भदौ २९ गते औसत थोक मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेकोमो बढ्दै गई प्रतिकिलो १ सय १९ रुपैयाँसम्म पुगेको थियो ।
त्यस्तै खुद्रा व्यापारीहरूले प्रतिकिलो १ सय ६० रुपैयाँसम्म प्याज बिक्रि गरिरहेका थिए । कालीमाटी बजारमा अहिले प्याजको मूल्य घटेर प्रतिकिलो १ सय २ रुपैयाँ पुगेको छ ।