४ जेष्ठ २०८२, आईतवार

 

मन्त्रिपरिषद्को आकस्मिक बैठकले ग-याे यी निर्णय

प्रधानमन्त्रीको सरकारी निवासमा भएको मन्त्रिपरिषद्को आकस्मिक बैठकले कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरेको छ ।

केही महिनादेखि निमित्त कार्यकारी निर्देशकको रुपमा कार्यरत भण्डारीलाई नै सो पदमा नियुक्त गरिएको महिला बालबालिका तथा सामाजिक विकास मन्त्री पार्वत गुरुङले जानकारी दिए । गुरुङका अनुसार नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौता हुने भएको छ।

आज बसेको मन्त्रिपरिषदको बैठकले इजरायलयका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यलाई सम्झौता गर्ने अख्तियार प्रदान गरेको हो ।

सामान्यतया सोमबार र बिहीबार बस्ने मन्त्रिपरिषद्‌को बैठक प्रधानन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ११ बजेका लागि बोलाएका थिए। सत्तारुढ नेकपाको सुझावअनुसार मन्त्रिपरिषद् हेरफेर गर्नुअघि ओलीले बैठक राखेको चर्चा भएपनि मन्त्रिपरिषद्‌मा त्यसबारे कुनै छलफल नभएको मन्त्री गुरुङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung