१ जेष्ठ २०८२, बिहीबार

 

कालोबजारी हुने सक्ने भन्दै बागलुङ बजार अनुगमन

दशैं तिहार जस्ता ठूला पर्वमा कालो बजारी हुनसक्ने भन्दै बागलुङमा बजार अनुगमन थालिएको छ । चाडपर्व नजिकिएसँगै बजारमा अखाद्य वस्तुको बिक्री वितरण तथा कालो बजारी हुन सक्ने भन्दै बजार अनुगमन गर्न थालिएको हो ।

उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गरेर अनुमनलाई तीव्र पारिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख केदार पौडेलले बताए ।
उनका अनुसार कालोबजारी नियन्त्रण, एकाधिकारको अन्त्य तथा कृतिम अभावको सृजना नहोस भनेर अनुगमन थालिएको छ ।

अनुगमनका क्रममा बागलुङ बजार क्षेत्रभित्र म्याद नाघेका खाद्य पदार्थहरुका बिक्री वितरण हुने गरेको भेटिएको छ । अनुगमनका क्रममा एक दर्जन किराना पसलमा म्याद गुज्रिएका सामान भेटिएको राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताए । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख केदार पौडेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय बागलुङ नगरपालिका घरेलु तथा साना उद्योग विकास कार्यालय, बागलुङ उद्योग वाणिज्य संघ राष्ट्रिय उपभोक्ता मञ्च बागलुङ र पत्रकारको टोलीले बजार अनुगमन गरेको थियो ।

अनुगमन गरेका सबै पसलहरुमा कुनै न कुनै म्याद गुज्रेका सामग्री फेला परेको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धिरेन्द्रराज पन्तले बताए ।

सूचना अधिकारी पन्तका अनुसार अनुगमनका क्रममा अधिकांश पसलहरुमा मूल्य सूचीसमेत नराखिएको पाइएको छ । म्याद नाघेका सामग्री सोही स्थानमा नष्ट गरिएको थियो । पसलेहरुलाई आगामी दिनमा गुणस्तरीय सामग्री मात्र बेचबिखन गर्न आग्रह गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन प्रमुख पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung