
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
ओलीलाई भेट्न दाहाल अहिले केहीबेरअघि बालुवाटार पुगेका छन् । पछिल्लोपल्ट मुख्यसचिवसहित राजदूत नियुक्तिमा एकलौटी गरेको भन्दै असन्तुष्टि जनाएका दाहाल ओलीलाई भेट्न पुगेका हुन् ।
मन्त्रिपरिषद पुनर्गठनमा कुरा मिल्न नसकिरहेका बेला बिहीबार सरकारले पार्टीसँग छलफल र परामर्श नै नगरी तीन देशका राजदुत नियुक्तिका लागि सिफरिस र मुख्यसचिव नियुक्त गरेपछि नेताहरुमा फेरि खटपट सुरु भएको छ ।