२९ बैशाख २०८२, सोमबार

 

डा.गोविन्द केसीको स्वास्थ्यमा समस्या

अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएको छ । केसीका सहयोगी डा. तोसिमा कार्कीका अनुसार डा. केसीको छाति दुख्ने र सास फेर्न गाह्रो हुने समस्या देखिएको छ ।

कार्कीका अनुसार डा केसीलाई अक्सिजन चाहिने भएको छ र अक्सिजन सपोर्टमा राखिएको छ। डा केसीले अन्य अत्यावश्यक तत्व र औषधिहरु भने लिन मानेका छैनन्।

डा केसीले आफ्नो १९औं अनसन सुरु गरेको २१ दिन पुगिसकेको छ। तर, सरकारले वार्ता प्रक्रिया अघि बढाएको छैन।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung