
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले ‘बेस्ट कन्जुमर डिजिटल बैंक इन नेपाल २०२०’ अवार्ड पाएको छ । ग्लोबल फाइनान्स न्युयोर्कले उक्त अवार्ड दिएको हो ।एसिया प्यासिफिक समूहअन्तर्गत स्ट्यान्डर्ड चार्टर्डले यो प्रतिष्ठित पुरस्कार लगातार छैटौं पटक पाएको हो ।
यो अवार्ड डिजिटल ग्राहकहरूलाई प्रदान गर्ने सेवा र आकर्षण गर्न अपनाएको रणनीति, डिजिटल सेवाको प्रयोगमा ग्राहकमाझ पाएको सफलता, डिजिटल ग्राहक संख्यामा वृद्धि, बैंकिङ सुविधाहरूको व्यापक उपलब्धता, डिजिटल पहल र वेबसाइट,मोबाइल डिजाइनबाट
पाएको बैंकले जिकिर गरेको छ ।बैंकले मोबाइल २.० एप र अनलाइन च्यानलहरूमार्फत डिजिटल सेवालाई आक्रामक रूपमा वृद्धि गरिएको जनाएको छ ।