१ जेष्ठ २०८२, बिहीबार

 

२०२२ को लागि डिभीकाे फारम खुल्यो, यसरी भर्नुहोस्

सन् २०२२ को डाइभर्सिटी भिसा (डिभी)का लागि फारम खुलेको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार बुधबाररातिदेखि डिभीका लागि फारम खुलेको हो ।

दूतावाका अनुसार नेपाली समय अनुसार राति पौने १० बजेदेखि फारम खुलेको हो । दूतावासले निःशुल्क रुपमा आफैं डिभी भर्न सकिने बताएको छ ।

आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिने छ । फाराम भर्नका लागि अमेरिकी दूतावासको आधिकारीक वेबसाइट मा गएर निर्देशन अनुसार प्रक्रिया पूरा गर्नु पर्नेछ ।

अमेरिकी दूतावासले डीभीको फारम भर्दा कन्सल्टेन्टको सहयोग नलिन आग्रहसमेत गरेको छ । हरेक वर्ष डिभी भरेर नेपाली अमेरिका जाने गरेका छन् ।

आउँदो कात्तिक २० गते राति १०ः४५ बजेभित्र फाराम भर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

याे लिंकमा गएर भर्नुहाेस् :

https://dvprogram.state.gov/

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung