
तातोपानी नाका फेरि बन्द भएको छ । सामान लोड अनलोड गर्न नेपालबाट पठाइएका २९ जना कर्मचारीमध्ये ३ जनामा कोरोना पुष्टि भएपछि फेरि नाका बन्द भएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।
चीनसँगको सबैभन्दा पुरानो सिन्धुपाल्चोकको तातोपानी नाका असोज १९ गते सञ्चालनमा आएको थियो ।
एक दिन सञ्चालनमा आएको यो नाका फेरि बन्द भएको हो । ‘हामीले २९ जना कर्मचारीको कोरोना परीक्षण नेगेटिभ आएपछि उता पठाएका थियौं । उहाँहरुले पनि पुनः परिक्षण गर्दा तीन जनामा पोजेटिभ देखियो । अहिले नाका बन्द छ । के कसरी खुलाउने छलफल हुँदैछ’ उनले भने ।
कोरोना पोजेटिभ देखिएका तीन जनालाई जिल्लामा आइसोलेसनमा राखिएको छ। उनीहरुको बिहीबार रिर्पोट आएका थियो । अन्य २६ जना पनि क्वारेन्टाइनमा राखिएको छ ।