
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मनोनित गरेका तीन मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण लिएका छन् । बिहीबार राष्ट्रपति शितल निवास पुगेर नवनियुक्त तीन मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
आज शपथ लिनेहरुमा नव नियुक्त अर्थमन्त्री विष्णु पौडेल, शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठलाई र महिला, बालबालिका तथा जेष्ठ नगारिक मन्त्री लिलानाथ श्रेष्ठ रहेका छन् ।
यसअघिका रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने जिम्मा दिइएको छ भने, महिला मन्त्रालयको जिम्मेवारी पाएका पार्वत गुरुङगलाई सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।